काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई सञ्चालकले पदबाट राजीनामा दिएका छन् ।
संस्थाका सञ्चालक मञ्जु न्यौपाने र सबिना रानाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।
न्यौपानेले कात्तिक १५ गते र रानाले कात्तिक ३० गते राजीनामा दिएका थिए । उनीहरूको राजीनामा मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको १९२औँ बैठकले स्वीकृत गरेको हो ।
न्यौपाने सर्वसाधारण समूहबाट सञ्चालकमा प्रतिनिधित्व गर्दै आएकी थिइन् भने राना स्वतन्त्र सञ्चालक थिइन् ।
संस्थाले दुवै सञ्चालकको राजीनामा स्वीकृत भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ ।