काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सरिता थापा नियुक्त भएकी छन् ।
संस्थाको सञ्चालक समितिको मंसिर १ गते बसेको ११६औँ बैठकले थापालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
महिला उपकार मञ्चको प्रतिनिधिका रूपमा थापालाई सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ । उनको नियुक्ति मंसिर ५ गतेदेखि लागू हुनेछ ।
संस्थाले उक्त नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराएको छ ।