नेष्डो समृद्ध लघुवित्तले लाभांश नबाँड्ने, वित्तीय विवरण राष्ट्र बैंक पठाउने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको ८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भई प्राप्त प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनको प्रत्युत्तरसमेत लेखापरीक्षकसमक्ष पेस भइसकेको अवस्थामा वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू स्वीकृत गरेको जनाएको छ ।

स्वीकृत वित्तीय विवरणहरू संस्थाको आठौँ वार्षिक साधारणसभामा प्रस्तुत गर्न तथा प्रकाशन गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेस गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

Share News