साधनाको दोस्रो वार्षिक साधारणबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौँ । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले एक कित्ता बरावर एक दशमलव शुन्य पाँच कित्ता (१ः१.०५) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्तापूँजी १० करोड चार लाख पचास हजार पुग्नेछ । साधारण सभामावित्तीय संस्थाको अध्यक्ष कुष्णबहादुर थापाले वित्तीय क्षेत्रमादिनानुदिन परिवेश बदलिँदो छ, केहि दिनअधिमात्रै नेपाल राष्ट्र बैकवाट प्राप्त परिपत्रमा उल्लेख भए अनुसार लघुवित्त वित्तीय संस्थाहरु एक प्रदेश वा राष्ट्रियस्तरमा सञ्चालन गर्नु पर्ने प्रावधान रहेको र यस वित्तीय संस्थाको भविष्यको योजनापनि विगतको ब्यवस्था अनुसार १० जिल्ला वा प्रदेशमा मात्र सीमित नरही राष्ट्रियस्तरको संस्थातर्फ अगाडि बढ्ने सोच रहेको बताए ।
शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ, नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रह अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । यस्तै, राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । रासस
५ लाखको बीमासहित एभरेष्ट बैंकले ल्यायो दुई बचत योजना, कर्मचारी र रोजगारदाता दुवै लाभान्वित
काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो । उक्त सेवाको लागि बैंकले द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरी एमओयूमा हस्ताक्षर गरेको छ । लाजीम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा ५ लाख रुपैयाँ बराबरको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाखको बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ । एभरेष्ट बैंकले आँफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने बैंकले जनाएकाे छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बाह्य सन्जाल मार्फत बैंकिङ् सेवाहरु दिँदै आएको छ ।