नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले वित्तिय संस्थाहरु आफनो अस्तित्वका लागि न्यायोचित मुनाफाका साथै समाज र देशको आर्थिक सामाजिक विकासका लागि इन्स्योरेन्ससंग बैकको सहकार्यबाट दुबै संस्था र समग्र देश लाभान्वित हुने अपेक्षा गरेका छन् । सो अवसरमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दुर्गम स्थानमा समेत कृषि वीमामार्फत सर्वसाधारण किसानको आर्थिक हीत रक्षामा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको अग्रणी बैकसंग सहकार्य गर्न पाउंदा शिखर इन्स्योरेन्स गौरवान्वित भएको बताए । धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी, संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनी उप प्रवन्धक अन्जन ढकाल लगायतको उपस्थिति थियो ।
नेपाल रेमिटसँग कामना सेवाको विप्रेषण कारोबार सम्झौता
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनलप्रा. लि.बीच सोमबार विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा.लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुखसुवास भट्टराई र नेपाल रेमिट इटरनेशनलप्रा. लिको तर्फबाट कार्यकारी निर्देशकश्री सुमित मित्तलले हस्ताक्षर गरेका छन् । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनवीमा सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवनबीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्रीगर्ने तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता हो । सेवाविकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमाबजारमा नौलो र योजनाहरु प्रस्तुत गरेको छ ।