शेयरधनीलाई २०% नगद लाभांस दिने सनराइज क्यापिटलको घोषणा
काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडको आठौँ बार्षिक साधारण सभा पुस २८ गते सम्पन्न भएको छ । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आब २०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आब २०७५/०७६ को लेखा परीक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको साधारण सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिति कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आब २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले सातै प्रदेशमा खोल्यो प्रादेशिक कार्यालय, कुन प्रदेशको कार्यालय कहाँ ?
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो । प्रदेश नं.१को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा तोकिएको स्थापना भएको छ । त्यस्तै, गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ । बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय मार्फत सेवा दिइरहेको छ । साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तीय सेवालाई फराकिलो पारेको बैंकले जनाएको छ ।
नेपाल एसबिआइमा सञ्चालक परिवर्तन, संचय कोषको प्रतिनिधित्व गौतमले गर्ने
काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गौतमलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।