कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम: विज्ञानको एउटा विषय छाड्नै पर्ने
काठमाडौं । कक्षा ११ र १२ नयाँ पाठ्यक्रमले अन्योलत बढाउँदै गएको छ । यसभन्दा अगाडिको विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले बायोलोजी, फिजिक्स, केमेस्ट्री र एउटा गणित अध्ययन गर्दै आएका थिए । नयाँ आएको पाठ्यक्रममा बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडेर गणित पढ्नु पर्ने छ । यसअघि नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध शुरु भएको थियो । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको थियो । जनस्तरको विरोधको सामाना गरिरहेको पाठ्यक्रम विकास केन्द्रले सर्वाजनिक गरेको नयाँ पाठ्यक्रमबाट विज्ञानको एउटा विषय अध्ययन गर्नै नसकिने बनाइएको विज्ञहरु बताउछन् । नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय विद्यार्थीहरुले पढ्न नपाउने नयाँ पाठ्यक्रम आएको छ । देशले प्रविधिलाई प्रथामीक्ता दिएर जानु पर्ने ठाउँमा एउटा विषय पढ्नै नपाउने गरेर आएको पाठ्यक्रमले विद्यार्थी र देशको प्रविधिमाथि नै प्रहार गरेको बताए । प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महशुस गरेको बताए । ‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौं, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धकार हुन्छ ।’ उनले भने- ‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्तर्गतमा जोड दिएका छन्, जसले गर्दा उनीहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन ।यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दीमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्यलाई ध्यानाकर्षण गराउँदा पनि बेव्यवस्था गरेको काफ्लेको भनाइ छ ।’ पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विषय घटायर गणित विषय राखेको बताए । ५ वटा विषयको ठाउँका ७ वटा विषय हुन जाने बताए । विज्ञान विषयबाट गणित हटाउन पहल गर्दागदै विज्ञानकै एउटा विषय गायब विज्ञान विषयबाट गणित विषय हटाउने भने पछि, त्यसको विरोध भएको थियो । विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन, गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो भन्दै विराध भएको थियो । तर बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडनु पर्ने भएको छ । पहिले विज्ञानमा गणित चहिन्छ भन्नेहरु अब विज्ञान नै अपुरो हुने बताउछन् ।
एमबीबीएस पढ्न नेपालमाभन्दा विदेशमा ५० प्रतिशत सस्तो: पुष्पराज भट्टराई
काठमाडौं । सन् २००८ मा स्थापना भएको मिसन डाक्टर ११ वर्ष शैक्षिक परामर्शको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ । विशेष गरेर मेडिकल शिक्षालाई प्राथमिकतामा राखेको मिसन डाक्टरले काम गर्दै आएको छ । नेपालबाट बर्सौनि हजारौं विद्यार्थी मेडिकल शिक्षा हाँसिल गर्न बाहिर जाने गरेका छन् । विदेशमा मेडिकल शिक्षा हाँसिल गर्न अध्यन गर्न जान कति लाग्छ, त्यहाँ भाषाको समस्या कति हुन्छ, नेपाल फर्किएर ति विद्यार्थीहरुले के गरिरहेको छन् भन्ने सबैको चाँसोको विषय हो । त्यही विषयलाई मध्यनजर गर्दै प्रस्तुत छ विकासन्युजले मिसन डाक्टरका प्रबन्ध निर्देशक पुष्पराज भट्टराईसँग गरिएको कुराकानी : कुन उद्देश्यका साथ मिसन डाक्टरको स्थापना भएको हो ? मेरो पहिलो स्थापना गरेको संस्था मिसन युएसए हो । मिसन डाक्टर, मिसन युएसए र मिसन अष्ट्रेलिया सिस्टर अर्गनाईजेसन रहेको छ । मेरो ११ वर्षको शैक्षिक परामर्श क्षेत्रमा लागिँरहँदाको अनुभवले मेरो उदेश्य हेर्न हो भने मैले बेलायत गएर पढेर र करिब ३० भन्दा बढि देश घुमेर आईरहेको परिपक्षमा मैले जानेमन भनेकने विदेश गएर पढेर राम्रो ज्ञान लिने र नेपाल आएर कर्म गर्नुपर्छ भन्ने हो । मैले हाल जे गरिरहेको त्यहीँ सोच बनाएर मैले यो संस्था खोलेको हुँ । मिसन डाक्टरले कुन कुन देशलाई प्राथमिकतामा राखेको छ ? हाम्रो नाम हाम्रो अरु भन्दा फरक छ र त्यसैले पनि धेरै जनाले हामीलाई मेडिकल क्षेत्रमा मात्र काम गर्नुहुन्छ भन्ने बुझ्नुहुन्छ तर हाम्रो डाक्टर भनेको मेडिकल पनि हुन सक्छ र पिएच डि डाक्टर पनि हुनसक्छ । मेरो उदेश्य भनेको सबै विद्यार्थीलाई डाक्टर बनाउनु हो चाहे त्यो मेडिकल होस् अथवा पिएच डि होस् । अष्ट्रेलिया यदि कोही विद्यार्थी पढ्न जान्छ भने उसले ब्याचलर, मास्टर्स, पिएचडि गर्नै पर्छ । मेडिकल क्षेत्रमा कोही ब्याच्लर पुरा गर्न बित्तिकै डाक्टरहरु हुन्छ तर उनीहरुको पनि अगाडी पढुनुपर्न हुन्छ । मेरो उदेश्य भनेको विद्यार्थीलाई कुनै पनि क्षेत्रमा पोख्त बनाउनु हो । यद्यापी हाम्रो फोकस भनेको मेडिकल नै रहेको छ जसमा बांग्लादेश, चिन, रसिया, युक्रेन तपाईले पठाएका विद्यार्थीहरु हाल के गरिरहेका छन् ? मेलै पठाएका धेरै विद्यार्थीहरु मेरो रेकर्डमा हेर्न हो भने धेरै नेपाल फर्केर आएका छन् । मैले अघि पनि भने हाम्रो फोकस भनेको मेडिकल क्षेत्र हो । नपालबाट जति पनि मेडिकल पढुनको लागि बाहिर जान्छन् ९५ प्रतिशत नेपालमै फर्केर आएर सेवा दिईरहेका छन् । नेपाल सरकारले कन्सल्टेन्सीहरुले बाहिर मात्र विद्यार्थीहरु पढुन पठाए भन्दा त्यसको हामी जस्ता कन्सलटेन्सीले ठुयाक्कै उल्टो गरेका छौं । मिसन डाक्टरले ब्रेन ड्रेन भन्दा पनि ब्रेन गेनको काम गरिरहेको छ । विदेश पढ्न गएकाले केही मात्रमा पैसा खर्च गरे होलान् तर उनीहरुले त्यसको दोब्बर यहाँ आएर सेवा दिएका छन् । मेडिकल डाक्टर पढ्नको लागि विदेश जान के कस्तो मापदण्ड रहेको छ ? मेडिकल डाक्टर पढ्नको लागि विद्यार्थीहरुले नेपाल सरकारको केही मापदण्डहरु पुरा गर्नु पर्न हुन्छ । बांग्लादेश जानको लागि विद्यार्थीको एक वर्ष भन्दा बढि ग्याप हुनु हुँदैन । बायोलोजी, फिजिक्स र केमेस्ट्रीमा कम्तिमा पनि ६० अंक ल्याएको हुनुपर्छ । समग्रमा हेर्न हो भने बांग्लादेश बाहेक अन्य देशमा ग्यापले खासै फरक पार्दैन । यस्तै उमेर ३० वर्ष भन्दा कम, शैक्षिक योग्यता ५० प्रतिशत हुनपर्छ र नेपाल सरकारले लिएको प्रवेश परिक्षामा पास गरेको हुनुपर्छ । शुल्कहरु कति लाग्छन् ? नेपालको परिपक्षमा मेडिकल अध्यनको लागि बाहिरको शुल्क उपभोग गर्न सकिने छ । जसले जे भने पनि यर्थाथमा नेपालमा सबैभन्दा सस्ता मेडिकल कलेजमा पनि ७०–८० लाख लिने गरेको छ । देख्न र लुकाउने दाँत फरक हुन्छ भने जस्तै यहाँका मेडिकल कलेजहरुले विद्यार्थी भर्ना भएपछि होस्टेलको शुल्क, मेडिकल सामाग्रीको शुल्क जोडेको छैनौं भन्दै लाखौं बढि असुल्छन् । तर चिनमा जाने हो भने खान, बस्न र ६ वर्षको सम्पुर्ण खर्च जोड्दा विद्यार्थीहरु ३० लाखमा पढाई पुरा गरेका छन् । बांग्लादेशमा ४० देखि ५० लाखको रेन्ज रहेको छ । फिलिपिन्स, युक्रेनमा ४० देखि ५०, रसिया ३० लाख रहेको छ। यसरी हेर्न हो भने नेपालको आधा खर्चमा विदेशमा पढेर आउन सकिन्छ । गुणस्तरको कुरा गर्न हो भने बाहिरको शिक्षा नेपालको भन्दा कम छैन । विदेश गएर मेडिकल शिक्षा हाँसिल गरेका विद्यार्थीहरु धेरै यहाँको मेडिकल काउन्सिलको परिक्षामा फेल भएको सुनिन्छ, खास कुरा के हो ? बाहिर गएपछि अलि बढि स्वोतन्त्रता पाउने हँदा केही विद्यार्थीहरु यहाँ आएर परिक्षा पास गरेका छैनन् तर जो डाक्टर बन्ने चाहना राखेर पढेर आएका छन् उनीहरुले राम्रो गरेका छन् । चिन जस्ता देशहरु जाँदा विद्यार्थीहरुलाई भाषाको समस्या कतिको हुन्छ ? भाषाको समस्या जुनै पनि राष्ट्रमा हुने गरेको छ । भाषागत समस्या दुई तरिकाले हुन्छ । कुनै पनि विद्यार्थी अर्को देश जान्छ भने उसले त्यो देशको भाषा सिक्नैपर्छ । उदाहरणको लागि एक अमेरिकी नागरिक नेपालमा आएर नेपालको मेडिकल कलेजमा पढ्छ भने उसले नेपाली भाषा सिक्नै पर्छ । शिक्षकले अंग्रजीमा पढाए र परिक्षा अंग्रजीमा लिए पनि उसले ईन्टर्न गर्न समयमा सबै नेपालीले त अंग्रेजी बोल्दैनन् । त्यही कुरा हाम्रा नेपाली विद्यार्थीलाई पनि लागु हुन्छ । छात्रवृत्तिको व्यवस्था के–कस्तो रहेको छ ? ब्याचलरमा धेरै छात्रवृत्ति छैनन् । कहि कतै थारैमा मात्र छात्रवृत्तिको व्यवस्था रहेको छ । पहिला पहिला पुर्ण रुपमा छात्रवृत्ति पाएर विद्यार्थीहरु पढुन जान्थिए तर शहिले त्यस्तो छैन । मास्टर्सको हकमा भने चिनमा धेरै विद्यार्थीहरु गईरहेका छन् र उनीहरुलाई हामी सहयोग गरिरहका छौं । कुन देशमा बढि गएका छन् ? यहाँबाट सबैभन्दा धेरै विद्यार्थीहरु बांग्लादेश , चिन र बेलायत गएका छन् । बेलायतमा म आफैं अध्यन गरेर आएको हुँदा पनि यसमा पनि हामीले धेरै विद्यार्थी पठाएका छौं । यस्तै अमेरिका, अष्ट्रेलिया र अन्य धेरै युरोपका देशहरुमा पनि हामीले विद्यार्थीहरु पठाएका छौं । मिसन डाक्टरले विद्यार्थीहरुलाई कस्तो सेवा प्रदान गर्छ ? हामीले मिसन डाक्टर मार्फत विश्वका कुनै पनि ठाउँमा मेडिकल शिक्षा अध्यनको बारेमा पुर्ण रुपमा केही पनि नछुटाई पनि जानकारी दिन्छौं । हामी टोफल, आईएल्टिएसका भाषा परिक्षाहरु पनि संचालन गछौं ।
खारेजीकाे अवस्थामा पुगेकाे विद्यालय दिवा खाजा कार्यक्रमले बदल्यो
काठमाडाैं । निकै बाक्लो जनघनत्व भएको ठहिटी क्षेत्रमा रहेको एक सार्वजनिक विद्यालय झण्डैझण्डै खारेजीमा पुग्न लागेको यथार्थ सायद कमलाई मात्र थाहा होला । काठमाडौँको केन्द्र, बाक्लो बसोबास, नजिकै अन्य कुनै सार्वजनिक विद्यालय नभएको स्थानमा रहेर पनि ठहिटीस्थित शान्ति शिक्षा विद्या मन्दिर बन्द हुने अवस्थामा थियो । शिक्षक थिए तर विद्यार्थी थिएनन् । पूर्वाधार थियो तर संरक्षण थिएन । विद्यालयको गुणस्तर अभिवृद्धिमा न स्थानीयको चासो थियो, न विद्यालय जोगाउनुपर्छ भन्ने नै । शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको विद्यालयप्रति कुनै सदासयता थिएन । कतिपय स्थानीय आफ्ना बालबच्चा उक्त विद्यालयमा नपढ्ने भएकाले हेयको दृष्टिले हेर्दथे त कतिपयले अन्य प्रयोजनका लागि विद्यालयका संरचना प्रयोग कष्टसमेत गर्थे । राणाकालमा बनाइएको विद्यालयको पूर्वाधार अत्यन्त जीर्ण थियो । विद्यालयमा खासै विद्यार्थी थिएनन् । शिक्षक कार्यालय आउने हाजिर गर्ने घर जाने प्रवृत्ति मौलाएको थियो । विद्यालयलाई साच्चैको ‘विद्या मन्दिर’ बनाउनेभन्दा पनि आफ्नो अनुकूल प्रयोग गर्ने धेरै थिए । अनियमिता व्याप्त थियो । बाहिरबाट आएका व्यक्तिका सन्तति अध्ययन गर्ने भएकाले स्थानीयको चासो पनि थिएन । शिक्षक, कर्मचारीको जागिरे मानसिकता थियो । विद्यालय बनाउनुपर्छ, विद्यार्थी बढाउनुपर्छ भन्ने कोहीलाई थिएन । विद्यार्थी सङ्ख्या अन्यन्त न्यून भएपछि केही ‘अल्छी’ शिक्षकको जागिर खाने थलो बनेको थियो विद्यालय । पर्याप्त विद्यार्थी नभएपछि सरकार पनि सो विद्यालय खारेजी गर्ने कि त मर्जमा लैजाने विषयमा बहसमा थियो । विद्यालय खारेजी वा मर्जरभन्दा पनि विद्यालय बनाउने व्यक्तिको खोजीमा धेरैको ध्यान केन्द्रित थियो । उक्त विद्यालयलाई बनाउन तम्सिने कोही थिएन । लामो अनुभव हासिल गरेका शिक्षक पनि शान्ति शिक्षा भनेपछि ‘पछि’ हट्थे, आँट गर्ने कोही थिएन । युवा पुस्ताले नै सार्वजनिक विद्यालयको सुधार नगरे कसले गर्छ भन्ने मान्यताका साथ सुदामप्रसाद गौतमले सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । दिन रात नभनी विद्यालयको शैक्षिक गुणस्तर बढाउन उनी खटिए । दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको, अत्यन्त कमजोर भौतिक पूर्वाधार, स्थानीयको उतिसाह्रो सहयोग नहुनु उनका लागि निकै ठूलो चुनौती थियो । प्रअको जिम्मेवारी सम्हाल्लेलगत्तै गौतमले ती सबै समस्याको समाधान खोज्न थाले । विद्यालयमाथि बढेको चुनौती समाधान गर्न तथा साधनस्रोतको खोजी गर्न अघि बढे । विशेषतः दिनभरी काम गर्ने, बिहान बेलुका छाक टार्ने अभिभावकका विद्यार्थीको उपस्थिति बाक्लो थियो । उनीहरु कहिले विद्यालय आउँदै नआउने त कहिले भोकै आउने, पढ्दापढ्दै निदाउने, पढ्नमा कहिल्यै पनि ध्यान नदिने र नतिजा पनि राम्रो नआउने अवस्था थियो । विद्यालयको शैक्षिक गुणस्तर बढाउनु त छँदै थियो । विद्यार्थी सङ्ख्या पनि बढाउनु उहाँका लागि चुनौतिको पर्खाल थियो । बर्षेनी घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न तथा भोकै आउने विद्यार्थीबाट ‘नतिजा’ खोज्न प्रअ गौतमले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरे । सीमित स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने कुनै उपाय थिएन् । अनि सुरु भयो दाताको खोजी । निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गर्न उनी आफैँले अवधारणापत्र तयार पारी नेपालका लागि इजरायली दूतावासमा पेश गरे । नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यमा सहयोग गर्न तयार देखियो । लगत्तै इजरायली दूतावासले केही सहयोग गर्यो । अनि दुई वर्षदेखि विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम शुरु गरियो । अहिले इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनले दिवा खाना कार्यक्रमका लागि सहयोग गरिरहेका छन् । दिवा खाना कार्यक्रमसँगै विद्यार्थीको उपस्थिति बाक्लो हुँदै गयो । पेटभर खाएपछि विद्यार्थीले पनि मन लगाएर पढ्न थाले । “अहिले विद्यार्थीको उपस्थिति पनि बढेको छ”, प्रअ गौतमले भने, “विद्यार्थी सङ्ख्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको छ ।” दुई वर्षअघि ७०/८० को विद्यार्थी सङ्ख्या अहिले बढेर ३ सय नाघेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम पनि निरन्तर अघि बढेका छन् । कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुने थालेको छ । विद्यालय पोशाक निःशुल्क गरिएको छ । यसवर्षदेखि १० कक्षासम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी भइरहेको छ । निरन्तर विद्यालयको सुधार देखेर विद्यार्थी पनि उत्साहित छन् । कक्षा ५ मा पढ्दै आएका मोहम्मद रजा अहिले विद्यालयको अवस्था निकै राम्रो भएको र पढ्न मन लाग्ने वातावरण बनेको बताउँछन् । विद्यालयमा पूर्वाधार विकासले तीव्र रुप लिएको प्रधानाध्यापक गौतम बताउँछन् । “पूराना संरचना भत्काएर नयाँ बनाउँदै छौँ”, उनले भने, “एसियाली विकास बैङ्कको सहयोगमा नयाँ भवन बन्दैछ । यस्तै नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सूचना प्रविधि ‘आइटी’ को व्यवस्था गर्दैछौँ ।” दूतावासद्वारा खाद्यान्न हस्तान्तरण यसैबीच, काठमाडौँस्थित इजरायली दूतावासले दिवा खाना कार्यक्रमका लागि विद्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले खाद्यान्न हस्तान्तरण गरे । सो अवसरमा उनले नेपालको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा इजरायलले सहयोग गर्दै आएको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यले गुणस्तरीय शिक्षाका लागि इजरायली सहयोगको सरहाना गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले विद्यार्थी तथा अभिभावक निजी शिक्षातर्फ आकर्षित भइरहेको अवस्थामा शान्ति शिक्षाको शैक्षिक गुणस्तरले नयाँ आशाको सञ्चार गरेको बताए । उनले व्यवहारिक, व्यावसायिक तथा प्राविधिक शिक्षा दिन सुझाव दिए । काठमाडौँ महानगरपालिकाका शिक्षा शाखा प्रमुख मोतिराज खनालले दिवा खाना कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुगेको उल्लेख गर्दै शान्ति शिक्षा नमूना विद्यालयका रुपमा विकास हुने विश्वास गर्नुभयो । कार्यक्रममा विद्यार्थीले नेपाली कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । रासस