सर्भेयरका दुःखः कमजोरी गर्ने बिमक, बिमित र एजेन्ट, दोष पाउने हामी
बीमा समितिबाट लाइसेन्स लिएका सर्भेयरको संख्या अहिले ५ सय छ । त्यसमध्ये सक्रिय सर्भेयर १ सय ५० जना छन् । दाबी परेको अवस्थामा सर्भेयर एक्सनमा आउँछन् । तर सर्भेयरलाई एकदमै गाह्रो छ । सर्भेयरलाई जताजततै दोष लाग्ने गर्दै आएको छ । तर वास्तविकता त्यस्तो होइन । मैले यही पेशा गरेको लामो समय भइसक्यो । गुनासो हाम्रा पनि थुप्रै गुनासाहरु छन् । जस्तो कि सर्भेयरको लाइसेन्स बीमा समितिले दिन्छ । यसको नवीकरण हरेक वर्ष गर्नुपर्छ । अरु देशमा यस्तो व्यवस्था छैन । जस्तो कि भारतमा ५ वर्षमा, पाकिस्तानमा ३ वर्षमा नवीकरण गर्दा हुन्छ । हाम्रोमा बर्सेनि गर्नु पर्ने व्यवस्था छ । नेपालमा नवीकरण शुल्क पनि महंगो छ । यस्तो शुल्क घटाउन आवश्यक छ । कोरोना महामारीको बेलामा हामीलाई काम गर्न निकै मुस्किल छ । किनकि अहिले फिल्डमा जान गाह्र्रो छ । एकातिर सरकारले बीमा अत्यावश्यक भन्छ, अर्कोतिर प्रहरीले पनि सर्भेयरलाई छेक्ने गरको छ । सर्भेयरलाई परिपचयपत्रको आधारमा आवागमन गर्न पाउने व्यवस्था गर्नु उचित हुन्छ । गलत बुझाइको सिकार दाबी भनेको जतिको क्षति भयो त्यति पाइन्छ भन्ने गलत बुझाई छ । बीमामा सम्पत्तीको हकमा जुन सम्पत्तीको बीमा गरेको छ, त्यो सम्पत्ती तोकिए मात्रै दाबी पाईन्छ । पोलिसीमा लेखेअनुसार बीमाले दाबी दिने हो । यो कुरा सर्भेयरले बुझायर बस्ने कुरा त होइन । तर, पनि हामीले प्रयास गर्छौं । धेरै त असन्तुष्ट नै रहनु हुन्छ । सर्भेयरले पाउने दाबी रकम कम दियो भन्ने आरोप लगाउँछन् । बीमाले जति पनि दिन्छ भन्ने सोचाइका कारणले हो । तर जहिले पनि जाहाँ पनि सम्झौता अनुसार बीमाले दिने हो । मानौ, तपाईलाई धनगढी जानु छ भने धनगढीसम्मकै भाडा दिनुपर्छ । यदि तपाईले आदि पैसा तिर्नुभयो भने त नारायणघाटतिरै तपाई झर्नु परिहाल्छ नि । बीमा पनि यस्तै हो । तर, यहाँ हुन्छ के भने नारायणघाटको भाडा तिर्नु भएको बिमितले त्यही पैसामा धनगढी जान पाउनुपर्यो भन्नु हुन्छ । अनि त बीमा पोलिसीको सम्झौता मिल्दैन, त्यस्तो बेलामा पूरै दोष जति सर्भेयरलाई आउँछ । यसरी हामीलाई सर्भेयरले पैसा दिएन भन्ने थुप्रै हुन सक्छन् । अहिले त उद्योगको बीमा बैकले आफै गर्न थालेका छन् । कच्चा पदार्थ, उत्पादन हुँदाको अवस्था तथा नयाँ प्रोडक्ट बन्दा केही करोड भएपनि बीमा त त्यही ५०, ६० लाखकै हुन्छ । यस्तो अवस्थामा ५०, ६० लाख नै दिदाँ पनि कम्पनीहरुले हामी बर्बाद भएको बेलामा, ठूलो क्षति भएको अवस्थामा पैसा किन कम आयो भनेर सबै सर्भेयरको टाउकोमा थोपरिदिन्छन् । तर पाउँनु पर्ने पैसा घटेको होइन भनेर चेतना फैल्याउन जरुरी छ । सर्भेयरलाई दोष दिँदा बीना प्रमाण सहजै दोष दिने चलन छ । बीमा कम्पनीहरुले खटाएपछि मात्र सर्भेयर फिल्डमा जाने हो । सोही कारण बीमा कम्पनीले खबर नगरी सर्भेयर काममा जान सक्दैनन् । त्यसरी काममा जाँने क्रममा नै सर्भेयरलाई सूचना छिटो आएको हुँदैन । अनि जानाजानी सर्भेयर ढिला गएको भन्ने कति पनि जायज होइन । अब थाहाँ पाउने नै ढिलो भएपछि सर्भेयर कसरी चाँडो पुग्छन् ? । दोष दिनु नै समाधान त होइन । यो सबैले बुझ्न जरुरी छ । यस्तै, रिपोर्ट बुझाएपछि मात्र सर्भेयरले पारिश्रमिक पाउँछन् । यस्तो अवस्थामा रिपोर्ट नबुझाउदा, ढिला गर्दा वा प्रमाण लुकाउदा सर्भेयरलाई केही फाइदा छ्रैन । क्षेत्र विशेषको छुट्टाछुट्टै सर्भेयर हुन्न अहिले क्षेत्र विषेशको छुट्टा छुट्टै सर्भेयर चाहियो भन्ने गरेको सुनिन्छ । यो त साँघुरो मानसकिताबाट आएको र बेकारको कुरा जस्तो मलाई लागेको छ । विभिन्न किसिमका सर्भेयर चाहियो भने पहिला विभिन्न विधाका इन्जिनियर चाहिन्छ । अनि विभिन्न विधामा काम गर्न तयार सर्भेयर चाहियो । त्यसरी भिन्न किसिमका विषयगत विधा अनुसारका सर्भेयर राख्दा एउटा विधाका सर्भेयरले वर्षमा जम्मा ४÷५ वटा केस पाउँछन् । बाँकी सर्भेयरको काम झिगा धपाएर बस्ने जस्तै हुन्छ । केही केस पाएका सर्भेयरले पनि आफ्नो जिबिका चलाउन सक्दैनन् । भन्नु र गुर्नमा धेरै अन्तर हुन्छ । नेपालका सर्भेयरलाई धेरै गाह्रो छ । तर, छिमेकी राष्ट्र भारतमै हेर्ने हो भने सर्भेयरहरुलाई यस्तो किसिमको गाह्रो छैन । नेपालमा सबैभन्दा धेरै दाबी मोटर बीमामा पर्छ । यसरी विशेष क्षेत्रकोे सर्भेयर खटाउदा अटोमोवाइलको इन्जिनियर पढेको सर्भेयर मात्र मोटर बीमामा चाहिन्छ । त्यस्ता सर्भेयरको संख्या हालसम्म जम्मा ३ जना मात्र रहेको छ । अब मोटरकोे दाबी दिनमा १० ठाउँमा पर्न सक्छ । डोटी, ताप्लेजुङ, धनुषा, रसुवामा पर्दा एकैजना मान्छे जानसक्ने सम्भावना हुुदैन । यस्तो विशेष क्षेत्रको सर्भेयर खटाउदा ३ जना फिल्डमा जान्छन् १ सय ४७ जना बेरोजगार हुन्छन् । विकृति पनि छन् केही सर्भेयरहरुले अस्पतालकोे एम्बुलेन्ससँगको साठगाठ गर्ने, अस्पतालबाट लम्ब्याएर बिल बढाउने पनि हुन सक्छन् । चाहिने कुरामा सबैको ध्यान नजादा यस्ता गतिविधि मौलाउनु स्वभाविक पनि हो । तर बिचौलियाको हर्कतमा सर्भेयरलाई मुछ्ने परिपाटी पनि कायमै छ । सबै काम सर्भेयर, इन्जिनियरको मात्रै हुदैन । घटनामा वकिल, आर्थिक सर्भेक्षण गर्ने विभिन्न व्यक्तिहरु संलग्न हुन्छन् । प्रहरीले दिएको रिपोर्ट पनि सर्भेयरले राम्रोसँग फलो गर्नुपर्छ । कहिले काही त्यसमा पनि पनि फरक परेको हुन्छ । सर्भेयर एक बौद्धिक, ज्ञाता र राम्रो अनुसन्धानकर्ता हुन जरुरी छ । कहिले वर्षातको कारण फिल्ड जाने बाटो रोकिन्छ । फेरि अन्य विभिन्न पक्षको कमजोरीका कारण पनि सर्भेयरले काम गर्न सकिरहेका हुदैनन् । तर दोष भने सहजै सर्भेयरलाई दिनु जायज होइन् । आफ्नै लेभल सर्भेयरको पनि लेभल (स्तर) हुन्छ । क्षतिको आधारमा सिनियर वा जुनियर सर्भेयर फिल्डमा खटिन्छन् । सर्भेयरले काममा ढिला पुग्दा बीमा कम्पनीले अर्को सर्भेयर खटाउन सक्छन् । सोही कारण सर्भेयर छिट्टै जाने प्रयासमा हुन्छन् । अर्को, सर्भेयरले विवरण ढिला दियोपनि भन्ने गरिन्छ । यसका के हुन्छ भने घटना घट्दैमा रिपोर्ट तयार हुदैन । कुनै एकपक्षले केही प्रमाण तलमाथि गरेमा रिपोर्ट बिग्रिन्छ । सही रिपोर्ट निकाल्न सर्भेयर हरदम खटिन्छन् । हतारमा रिर्पोट गलत भए सिधै दोष सर्भेयरलाई हुन्छ । यो त सामान्य हो । तर कुरा के हो भने सही नतिजा खोजेको सर्भेयरले पाउने भनेको आरोप, शंका र गाली मात्र हो । त्यसै कारण पहिले सबैले सर्भेयर भनेको के हो, र यसमा पनि केही चुनौति छन् भन्ने बुझ्न आवश्यक छ । पहिले दाबी पर्छ । दाबी अनुसारको घटना, प्रहरीको मुचुल्का चाहिन्छ । आगलागी हो भने वारुणयन्त्र गएको हो कि होइन हेर्नुपर्छ । विदेशबाट पठाएको सामानमा भन्सार कति तिर्यो भने हेर्न आवश्यक हुन्छ । बिमितले यस्ता डकुमेन्ट दियो भने मात्र रिर्पोट निस्किन्छ । आगलागीको हकमा रिपोर्ट निस्किन लामो समय लाग्छ । सबैभन्दा पहिला आवश्यक कागजात तयार हुन नेपालमा ६ महिना लाग्ने गर्छ । सबैभन्दा पहिला भ्याट अफिसमा दाखिला गर्न पर्यो । अन्य आवश्यक ठाउँमा जाने काम बिमितको हो । सबै ठाउँमा सर्भेयर जाने होइन, जान मिल्दैन । बीमा कम्पनीले आफ्नो दाबी भुक्तानी ढिला हुँदा केही कारण भेटेनन् भने सर्भेयरले ढिला गर्छ भन्ने साह्रै सजिलो र पुरानो जवाफ हो । नयाँलाई सुझाव यो क्षेत्र देख्दा जति राम्रो छ, भित्र अलि त्यस्तो छैन । अब यस क्षेत्र रोज्नेले यसका परिस्थितिसँग जुध्दै केही नयाँ बाटो बनाउँछु भनेर आउने हो । अलि अलि मानसिक तनाव ह्यान्डल गर्न सकिदैन भने सर्भेयर पेशा नरोज्न मेरो अनुरोध छ । अबको सर्भेयर पेशा गतिलो पेशा, दोष रहित पेशा हो भन्ने सबैले बुझ्नु पर्छ । (बीमा सर्भेयर संघ नेपालका अध्यक्ष जोशीसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)
भ्रष्टाचार नियन्त्रणमा रक्षक नै भक्षक
नेपालमा परापूर्व कालदेखि नै कुनै न कुनै स्वरुपमा भ्रष्टाचार हुने गरेको थियो भन्ने कुरा पृथ्वी नारायण शाहको ‘घुस लिन्या र घुस दिन्या देशका महान शत्रु हुन्’ भन्ने भनाइबाट पुष्टि हुन्छ । तर पछिल्लो समय हाम्रो राजनीतिक चरित्र र प्रवृत्ति पनि भ्रष्टाचारजन्य गतिबिधिको सेरोफेरोमा रुम्मलिन थालेको छ । यतिखेर राजनीतिक दलहरु भ्रष्टाचारलाई संस्थागत गराउने संस्था वा सहयोगीका रुपमा खडा हुन थालेको आभास भइरहेको छ । समाजमा राजनीतिक एवम् प्रशासनिक नेतृत्वले भ्रष्टाचारजन्य कार्यमा संलग्न र भ्रष्टाचार गर्ने विषयमा मौन रहने हो भने भ्रष्टाचार नियन्त्रणको नारा केबल शब्दमा मात्र सीमित रहने छ । यसकारण सर्वप्रथम नेतृत्वकर्ता सही हुनु जरुरी छ । विशेषगरी लोकतान्त्रीक शासन व्यवस्था कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने भनेर लामो राजनीतिक लडाई लडेका राजनीतिक दल र यिनका नेताहरु नै भ्रष्टाचार र अनैतिक कार्यहरुमा नाइके बन्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । यसले समाजमा दल र तिनका नेताहरु भनेका भ्रष्टाचारका मतियारहरु हुन भन्ने कुरा स्थापित गराइरहेको छ । भ्रष्टाचार राणाको पालामा पनि थियो । पञ्चायतमा पनि थियो तर माथिल्लो तहको डर थियो । त्यस समयमा भ्रष्टाचार र अनैतिक कार्य गर्नेलाई सर्वस्व हरण गर्ने, देश निकाला गर्ने, चारपाटे मुड्ने,जात च्युत गर्नेसम्मका कारबाही हुन्थे । दरबारको डर र त्रासका कारणले अहिले जस्तो खुले आम भ्रष्टाचार र अनैतिक कार्य गर्ने आँट जो कोहिमा हुदैनथ्यो । तर २०४७ पछि भ्रष्टाचारले संस्थागत रुप लिएको राजनीतिक तह र प्राशासनिक तहमा रहेका व्यक्तिहरुबाट भ्रष्टाचारबाट मुछिएको प्रष्ट हुन्छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने भनेर लामो राजनीतिक लडाईँ लडेका राजनीतिक दल र यिनका नेताहरु नै भ्रष्टाचार र अनैतिक कार्यहरुमा नाइके बन्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । वास्तवमा भ्रष्टाचारको कुनै जात, रङ्ग, आकार, धर्म,वर्ग, दल वा क्षेत्र हुँदैन भन्ने कुरालाई जीवनभर नागरिक अधिकार र स्वतन्त्रताको लागि लडेका दल र तिनका नेताहरुले प्रमाणित गर्न खोजेको अनुभव भइरहेको छ । यसै कारण भ्रष्टाचारको मुल जरोको रुपमा राजनीतिलाई लिन थालिएको हुन सक्छ । राजनीतिक नेतृत्वले यो दोष मेटाउन पनि सकिरहेका छैनन् । यतिबेला राजनीतिक नेतृत्व जनताका नजरमा रक्षक नभई भक्षक जस्ता भएका छन । राजनीतिलाई भ्रष्टकृत बनाउनमा कर्मचारीतन्त्रको भूमिका पनि त्यत्तिकै रहेको छ । तर अहिले मुलुकमा भ्रष्ट र अनैतिक चरित्रका मानिसहरु नै ठुला बनेका छन् । समाजमा उनीहरुकै हाली–मुहाली हुने गरेको छ । ‘बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुले अवैध कर्म र यिनका अनुचित तवरबाट आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ’ भने जस्तै भएको छ । वास्तवमा भ्रष्टाचारको जालो यसरी फिजिएको छ कि कसले कुन ठाउमा कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने कुरा पत्ता लगाउन कठिन हुँदै गएको छ । भ्रष्टाचार मानिसको प्रवृत्ति सँंग गास्ने विषय भएकाले यसको सम्बन्ध सबैतिर जेलिएको हुन्छ । यस्तो अवस्थामा कुनै एकपक्षको एक्लो प्रयासबाट यसलाई रोक्न सकिँदैन यसलाई रोक्ने कार्यमा सरकार र राजनीतिक दलको अहम भूमिका हुन्छ । मुलुकलाई कुन विधि र प्रकृयाबाट अगाडि बढाउँदा देश र जनताको भलाई हुन्छ भन्ने कुरा नेतृत्वले नबुझ्दा नै नेतृत्वप्रति प्रश्न गर्ने ठाँउ खडा भएका हुन् । नेताहरु चरित्रवान र इमान्दार नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढेर जान थालेको छ । जनतामा निराशा उत्पन्न भएपछि जाग्न खोज्नु घरमा आगो लागेपछि कुवा खन्ने तयारी गरेजस्तै हुनेछ । पहिले नै कुवा खनेमा घर आगलागीबाट जोगाउन सकिन्छ भनेझैँ देश भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेपछि नियन्त्रणको कुराले खास अर्थ राख्दैन । आज अस्वभाविक,आश्चर्यजनक रुपमा अकुत सम्पत्तिका मालिकहरुको जन्म भइरहेको छ । यसलाई समयमै रोक्न वा नियन्त्रण गर्न सकिएन भने भ्रष्टाचार मुक्त गर्ने अभियानले सार्थकता पाउन सक्दैन । भ्रष्टाचार नियन्त्रण सम्बन्धि कृयाशिल संघ संस्थाको भूमिका अझ सशक्त र प्रभावकारी हुनु जरूरी छ । यसका लागि सबै जिम्मेवार तह र निकायको तर्फबाट सचेतनापूर्ण खबरको आवश्यकता पर्दछ । समाजको प्रमुख शत्रुको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने गराउने अभियानले सार्थकता पाउँदैन मुलुकमा कानूनी राज्य र सुशासन स्थापना गर्न सहयोग पुग्दछ । यसैबाट देशले आर्थिक समृद्धि प्राप्त गर्न सक्दछ । (लेखक बझाङको सुर्मा गाउँपालिकाका आन्तरिक लेखा परीक्षक हुन् )
कोरोनाको महामारी वा भोकमरी
अहिले कोरोनाको महामारीले गर्दा सबै ठाउँमा, सम्पूर्ण मानवजातिलाई क्षति पुर्याएको छ, हाम्रो जस्तो विकासोन्मुख राष्ट्रलाई त झन् कति नराम्रो असर गरेको होला । हामी अनुमान पनि लगाउन सक्दैनौं । हुनेखानेलाई तँ अप्ठ्यारो भइसके भने दैनिक जीविकोपार्जन गर्ने, ज्याला मजदुरी, अति विपन्न वर्ग र निम्न वर्गका व्यक्तिलाई के अवस्था भा’को होला । यसको अनुमान कस्ले र कसरी लगाउने हो ? त्यो कुरा सम्झँदा नि मन कथङ्रो हुन्छ । कतिपय ठाउमा कामबाट निकालेका छन्, तँ कतिपयलाई अहिले तपाईं काममा नआउनुस्, जबर्जस्ती घरमै बस्नुपर्ने बाध्याता छ । अब यिनीहरूको व्यथा कसले पो बुझ्ने होला । अहिले सबैभन्दा बढी समस्या वा जोखिम ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, पाँच वर्षभन्दा मुनिको बालिकालाई असार परेको छ, जबकी यिनीहरूलाई बढी पोशिलो खानेकुराको आवश्यकता पर्दछ । यिनीहरूको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएको हुनाले अझै बढी पोशिलो खानेकुरा चाहिन्छ। सम्पूर्ण मानिसहरूलाई पौष्टिक पदार्थको आवश्यकता र रोगसंग लड्ने प्रतिरक्षा शक्ति एक अर्कासंग गासिएको हुन्छ । सुपोशित व्यक्तिमा रोगसंग लड्ने क्षमता बढी हुन्छन् भने कुपोशितमा यसको कम हुन्छ । अझै कुनै रोग लागेका छन् भने उसको मृत्युको उच्च जोखिमपूर्ण हुन सक्ने विभिन्न अनुसन्धानले देखाएको छ । अहिले कोरोना विश्वव्यापी महामारिको रूपमा व्याप्त छन् । यो चैतदेखि शुरु भएको अहिलेसम्म यसको क्रम रोकिएको छैन र कहिलेसम्म हुने हो अनुमान नि छैन । अत्ति विपन्न, दलित, बिरामी, बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किशोरीहरु बढी जोखिमपूर्ण देखिन्छ । अहिले नेपाल सरकार, गृह मन्त्रालय, पोषणसंग आबद्ध, संघ संस्थाहरू एकजुट भएर भोकमरिमा परेकालाई आ-आफ्नो तवरले परिमार्जन गर्नु नितान्त आवश्यकता देखिन्छन् । राष्ट्रिय योजना आयोग अनुसार अझै गरिबी एक प्रतिशत विन्दुले बढ्ने अनुमान गरेको छ । पहिला १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो भने १ प्रतिशत बढ्नु भनेको त २१ हजार २ सय ५४ जना नेपालीहरु गरिबीको रेखामुनि धकेल्नु हो । अहिलेको अवस्थाबाट माथि उकास्न नेपाल सरकार र विभिन्न संघ निकायले आफ्नो तवरबाट सहयोग पुर्याउने गर्नु पर्न देखिन्छन् । हाम्रो खाद्य सुरक्षा मन्त्री यमुना घलेले कृषिमा बढी जोड दिए गरिबीबाट नियन्त्रण पाउन सक्ने बताउनु भयाे । अहिले प्रदेश नम्बर २ र ६ बढी गरिबी, भोकमरीको उच्च जोखिमपूर्ण अवस्थामा रहेको छ । प्रदेश नम्बर २ सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । यहाँ कुपोषणको उच्च दर रहेको छ । अहिले पनि १४.१ प्रतिशत बालबालिकाहरु मात्र स्कुल जान पाएका छन् । लेखक फेरी यहाँ मृत्युदर पनि उच्च छन् । दाइजो प्रथा, बालविवाह, बोक्सी प्रथा, धनी र गारिबीको असमानता पनि धेरै नै छ । प्रधानमन्त्रीको संकल्प ”समृद्ध नेपाल आत्मसम्मान र कोही भोक भोकै नबस्ने” अभिव्यक्ति जस्ता कुरा आज सपनामा पनि पूरा भएको छैन । कोरोनाको कहरले आज मृत्यु भन्दा भोकसंग लड्नलाई फेरी नेपाली दाजुभाइ, दिदीबहिनीहरु विदेशिने गरेको तथ्यांक प्रकाशित भइरहेकाे छ । सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांक अनुसार गत फागुनमा सुदूरपश्चिममा विभिन्न नाका भएर साढे २ लाख भन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किएका थिए । चार महिना गाउँमा बस्दा पेट पाल्न गार्हो भएपछि फेरि भारत तिर फर्किनु पर्ने बाध्यात्मक परिस्तिथि आएको छ। दुई सातायता भारत फर्किनेहरुको ताँती लाग्न थालेको छ । त्रिनगर नाकाबाट १३ सय नेपाली भारत तिर लागेका छन् । नेपालीहरु भन्छन् नेपालमा बसेर के खाने, मरे उतै मरौला, न यता काम छ, न रोजगार नै । कसरी जोबिकोपार्जन गर्नै त । त्यसैले अहिले कोरोनाको कारणले कुपोषण बढाएको छ । कुपोषण अहिले कोरोनाको महामारी ले धेरै कुपोषण बढेको छ। यस्तो बेला घर बाहिर गएर काम गर्न पाइएको छैन र एक छाक टार्न पनि धौं धौं परेको छ । जसले गर्दा शारिरीक दुर्बल्ता, कमजोरी, आदि हुने भएकोले कुपोषणको शिकार भएको छ। कम पोषण(अण्डर न्युटिशन ) लामो समयसम्म आफ्नो उमेर अनुसार तौल कम भएमा न्युन पोषक तत्वको कमी भएको हो । यो खासगरी बाल बालिकामा उमेर अनुसार कम तौल ख्याउटे, उचाई अनुसार तौल कम भए पुड्को आदि पाेशिलो खानेकुरा को कमीले हुने हो । यसमा उच्च क्यालोरी, प्रोटिन, जस्तो पोषक तत्वको कमीले विभिन्न रोग जस्तो क्वसिवर्कर, मरास्मस्, आदि लाग्ने गर्दछन् । यसमा पाेषिलो खानेकुरा जस्तै अन्न, दाल, दूध, दलहन्, दहि, मोहि, अण्डा, भटमास, केराऊ। बढी पोषक तत्व ( मोटोपना) अहिले कोरोनाले गर्दा घरमा बसेपछि तौल बढनु स्वाभाविक नै हो । निष्कृया जीवनशैली, शारिरिक ब्यायम्, कामहरु नभएको खण्डमा तौल बढ्ने गरेको पाइएको छ । घरमा बसी बसाई मोबाइल, ल्यापटप, टेलिभिजन, आदिको अत्याधिक प्रयोगले पनि मोटोपनाको उच्च जोखिम बढेको छ। उचाइ अनुसार बढी तौल भएमा बढी मास इनडेक्सबाट मापन गरिन्छ । जस्तो तौल केजीमा र उचाइ मिटरमा रूपान्तरित गरेर मापन गर्न सकिन्छ । मोटोपाना पनि कूपोषण नै हो । जसले विभिन्न नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मृगौला, थाइरोइड, क्यान्सर, आदिको समस्या हुने गर्दछन् । यसका साथै कोरोनाको विभिन्न समाचारले पनि नकारात्मक सोचाइ अलि बढी नै भएको अनुसन्धानले देखाएको छ । सुक्षम पोषक तत्वको कमी हाम्रो खानामा खनिज तत्व, लौह तत्व, भिटामिन थोरै चाहिने भएँ तापनि, यसको कमी धेरैमा देखिएको छ । किशोरीहरुमा रक्ताल्पत्ता, आयोडिनको कमीले गलगाठ, आदिको कमी भएको पाइन्छ। साथै, शारिरीक, मानसिक, बौद्धिक विकासमा कमी आउने गर्छ । जिन्क, फोलिक एसिडको कमिले गर्दा गर्भपतन हुने, भिटामिन डी, ले अशटिओपोरोसिस, हाड खिइने, भाचिने, अपांगता, हुने, रतन्धो, आदि हुने, सम्भावना हुन्छ । यसको स्रोतहरुमा दूध , दहि, मोहि, दाल , क्वाटी, गेडागूडी, मस्यौँरा, हरियो, सागपात, तरकारी, फलफूल, तिल, आलस्, ओखर्, बदाम्, सोयाबिन्, टोफु, आदिको प्रयोग गर्नुपर्छ । केही ऊपयोगी सुझावहरु नियमित शारिरीक व्यायाम्, स्वस्थकर खानेकुरा खाने, सकरात्मक बिचार राख्ने, मोबाइलबाट अलि टाढा बस्ने , परिवारमा रमाइलो गर्ने, अर्गानिक तरकारी, फलफूल आदिको प्रयोग गर्ने, नियमित रूपमा सुत्ने उठने, आदि गरौं । (लेखक पोषण विशेषज्ञ हुन्)