अब एक पटक बजार जुरूक्क उठ्छ
कोभिड–१९ एउटा रोगको रुपमा मात्र देखापरेको होइन, यसले महामारीको रुप लियो । यसले मानिसमा ठूलो त्रास सिर्जना गरेको छ । सरकारले पनि मानिसलाई घरबाट ननिस्कन अपिल गर्यो । सर्वसाधारण पनि अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर निष्केनन् । लकडाउन लगत्तै हेर्ने हो भने ठूलो त्रास थियो नेपालमा पनि । तर अहिले यस्तो त्रास कम हुँदै गएको छ । मानिसहरु आफ्नो नियमित कार्यमा सक्रिय भएका छन् । पसल, कार्यालय, यातायात सबै खुलेको छ । सडकमा ट्राफिक जाम हुने गरी सवारी साधन निष्कन थालेका छन् । बजारमा मानिसहरुको उपस्थिति बाक्लो छ । राजनीतिक दलहरु पनि कार्यकर्ता सडकमा उतारेर ठूला ठूला सभा सम्मेलन गर्न थालेका छन् । कोभिड विरुद्धको खोप बनेपछि पनि मानिसहरुमा मनोबल बढेको छ । यूरोपियन देशहरुमा, बेलायतमा, अमेरिकामा कोडिभ–१९ विरुद्धको खोप लगाउन शुरु भईसकेको छ । विस्तारै यी खोप विश्वका धेरै देशमा उत्पादन शुरु हुनेछ । त्यसपछि बजारमा पनि सहजै पाउन सकिनेछ । नेपाल जस्तो देशले अझै ४/५ महिना कुर्नुपर्ला । तर खोप आउँने निश्चित छ । खोप आएपछि जनजीवन पुरानै शैलीमा अगाडि बढ्नेछ । अहिले पनि धेरै क्षेत्र चलायमान भैसकेका छन् । आन्तरिक उडान समेत निममित रुपमा सञ्चालन भैसकेका छन् । अन्तराष्ट्रिय उडान पनि विस्तारै खुल्ने नै छ । नेपाली ग्राहक लक्षित होटल तथा रिसोर्टहरु खुलिसके । विदेशी पर्यटक लक्षित होटलहरु सञ्चालन हुन केही समय लाग्नसक्छ । स्कूल कलेज समेत विस्तारै खुल्न थालिसकेका छन् । उद्योग, व्यापार तथा सेवाका सबै क्षेत्र विस्तारै सामान्यीकरण हुँदै गएको छ । कोभिडको असर कुन क्षेत्रलाई कति परेको छ भनेर नेपाल राष्ट्र बैंकले अध्ययन गरेको छ । उच्च प्रभाव, मध्यम प्रभाव र न्यून प्रभाव परेका क्षेत्रको पहिचाहन पनि गरिएको छ । उनीहरुलाई बैकिङ क्षेत्रबाट कसरी राह्रात दिन सकिन्छ भनेर राष्ट्र बैंकले प्रष्ट रुपमा निर्देशन पनि दिएको छ । त्यसको आधारमा थप कर्जा दिने, कर्जा पुर्नतालिकीकरण गर्ने, पुर्नसंरचना गर्ने काम भईरहेका छन् । बैंकहरुले पनि आफ्नौ तरिकाबाट सहजीकरणको काम गरिरहेका छन् । राष्ट्र बैंकले शुरुमै २ प्रतिशत व्याज छुट दिनु भन्यो । बैंकहरुले कुनै आनाकानी नगरी छुट दिए । सेञ्चुरी बैंकले मात्र झण्डै ३० करोड रुपैयाँ छुट दियो । कोभिड आउनुभन्दा पहिले नै खराव भएका कर्जाबाहेकका कर्जा असुलीमा बैंकहरुले ऋणिलाई धेरै दवाव दिएका पनि छैनन् । बैंकहरुको नाफा घटेको छ । लाभांश दर घटेको छ । तर बैंकहरुको वित्तीय अवस्था पनि खराव भएको छैन । असार मसान्तको रिपोर्ट हाम्रो अगाडि छन् । असोज मसान्तको रिपोर्ट पनि हामीले हेरिसक्यौं । मलाई लाग्छ पुस मसान्तको रिपोर्ट पनि असोज मसान्तको जस्तै आउने छ । पुस मसान्तपछि भने सुधार हुनेछ । त्यसपछि वित्तीय बजार सामान्यतर्फ उन्मुख हुनेछ । बैंकहरुको वित्तीय अवस्था पनि खराव भएको छैन । असार मसान्तको रिपोर्ट हाम्रो अगाडि छन् । असोज मसान्तको रिपोर्ट पनि हामीले हेरिसक्यौं । मलाई लाग्छ पुस मसान्तको रिपोर्ट पनि असोज मसान्तको जस्तै आउने छ । पुस मसान्तपछि भने सुधार हुनेछ । त्यसपछि वित्तीय बजार सामान्यतर्फ उन्मुख हुनेछ । पछिल्लो समय कर्जा प्रवाह विस्तार भएको छ । एक वर्षअघि बैंकहरुले कर्जा दिन कठिन भएको थियो । कर्जा माग भएर पनि लगानी हुन सकेको थिएन । यतिबेला उनीहरु पुनः कर्जा माग गर्दै बैंकमा आएका छन् । विगत ९ महिना व्यापार व्यवसाय ठप्प थियो । कर्जाको माग पनि कम भयो । सामान्य विरामी भएका मान्छे अस्पताल समेत गएनन् । औषधिको समेत उत्पादन तथा बिक्री वितरण घट्यो । स्कूल कलेज नखुल्दा ड्रेसका कपडादेखि जुत्ता मोजा समेत बिकेन । स्टेशनरी सामान समेत बिकेन । अब विस्तारै बजार सामान्य हुँदै जानेछ । यतिबेला बजारमा औषधिदेखि स्टेशनरीका सामानको खपत बढेको छ । अहिले आर्थिक गतिविधि बढ्दै छ भने नयाँ कर्जाको माग पनि बढेको छ । मलाई लाग्छ, आगामी केही महिना मानिसहरु निकै सक्रिय हुनेछन् । एक पटक बजारमा माग बढ्नेछ । अर्थतन्त्र गतिशित हुँदै पुरानै लयमा फर्कन सक्छ । अर्को महामारी फैलियो भने भविष्यमा के हुन्छ भन्न सकिदैन । होइन भने अबको ४ महिना वा २०७८ बैशाख महिनातिर पुग्दा हामी सामान्य अवस्थामा फर्केका हुनेछौं । तत्काल बजार विस्तार ह्वात्तै हुन सक्छ । त्यसपछि सामान्य गतिमा अगाडि बढ्छ । बैकिङ क्षेत्रमा परिवर्तन कोभिडपछि पनि बैकिङ क्षेत्रमा धेरै परिवर्तन आउँदैन । चार सय वर्षअघि बैंकले जे काम गर्दथ्यो अहिले पनि मुलभुत रुपमा त्यहि काम गर्दछ–निक्षेप लिने, कर्जा लगानी गर्ने, पैसा स्थान्तरण गर्ने । बैंकले गर्ने मुख्य काम यिनै तीन वटा हुन् । समय र प्रविधिको प्रयोगसँग बैंकिङ कारोबार पद्धतिमा फरक भएको छ । कारोबार गर्ने औजार परिवर्तन भएको हो । पहिले बोरामा सिक्का बोकाएर पैसा स्थान्तरण हुन्थ्यो भने अहिले डिजिटल्ली स्थान्तरण हुन्छ । अहिले तरकारी कारोबार गर्दा पनि क्यूआर कोड प्रयोग हुन थालेको छ । कोडिभ–१९ पछि प्रविधिको प्रयोग बढेको छ । बैंकहरुले पनि यसमा जोड दिएका छन् । यद्यपी अहिले पनि बैंकको काउन्टरमा पैसा राख्न वा झिक्नेहरुको भीड नै भैराखेको छ । बैंकले मात्र उन्नतस्तरको प्रविधि प्रयोग गरेर हुँदैन, यसका प्रयोगकर्ताको क्षमता पनि विकास हुनुपर्छ । नेपालको लागि कोभिड पहिलो र ठूलो स्वास्थ्य महामारी हो । तर विश्वले यस्तो धेरै ठूला महामारी भोगिसकेको छ । प्लेगले यूरोपमा ५० औं लाख मानिसको मृत्यु भएको इतिहास हामीले पढेका छौं । मैले त यस्तो महामारीलाई घाटे बैराग्यसँग तुलना गर्छु । आफन्त बितेको बेलामा हामी जब घाटमा पुग्छौं, जताततै शब नै शव देख्छौं । हामीलाई दिक्क लाग्छ । जिन्दगी केही होइन जस्तो लाग्छ । रिस, राग, लोभ, संघर्ष बेकार हो जस्तो लाग्छ । आर्यघाटबाट फर्किर चक्रपथ क्रस गर्ने वित्तिकै त्यो अवस्था विसर्न थाल्छौं । हामीमा नयाँ जोस, जाँगर बढ्दै जान्छ । हाम्रो दैनिकी नियमित बन्न जान्छ । हामीले २०७२ सालको भूकम्प बिर्सदै गयौ । आकाशचुम्बी भवन बन्न थालेका छन् । मान्छेको स्वभाव, जिजिविसाको कुरा आउँछ । बाँच्ने, अगाडि बढ्ने चाहाना सबैको हुन्छ । सबै आ–आफ्नो काममा फर्किसकेका छन् । विदेशी पर्यटकमा आधारित व्यवसाय अर्को सिजन कुर्नुपर्छ । तर अरु पेशा व्यवसाय बैशाखदेखि नियमित नै हुने देखिन्छ । (सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमसँग गरिएको कुराकानीमा आधारित)
साधारण सभाको चापमा सहकारी
लेखक साधारण सभा सहकारीका लागि मात्र नभई सबै संघ संस्था तथा कमपनीहरुको सर्वोच्च अंग हो । साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । कुनै पनि संघ संस्था तथा कम्पनीका सदस्यहरु सम्मिलित भई सम्पन्न भएका कार्य प्रगति र भावी कार्यक्रमको साधारण सभामा छलफल हुने गर्दछ । अझ सहकारी संस्थाहरुमा साधारण सभाको बिशेष महत्व रहन्छ । पछिल्लो समय सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्दै गएको छ । पौष मसान्तसम्ममा साधारण सभा सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेका कारण पनि सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्नु स्वभाविक पनि हो । सहकारी ऐन २०७४ को परिच्छेद ६ मा साधारण सभा, समिति तथा लेखा सुपरिवेक्षण समिति सम्बन्धि व्यवस्था रहेको छ । ऐनको दफा ३९ को उफा २ मा संचालक समितिले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र बार्षिक साधारण सभा बोलाउनु पर्ने उल्लेख गरिएको छ । बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्ने, संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने, बार्षिक प्रतिवेदन पारित गर्ने, विनियम तथा आन्तरीक कार्यविधिहरु पारित गर्ने, संस्था एकिकरण तथा विघटन गर्ने, संस्थाको दिगो विकासका लागि समितिलाई निर्देशित गर्ने जस्ता महत्वपूर्ण कुराको निणर्य साधारण सभाले गर्ने भएकाले तोकिएको समयसिमा भित्र साधारण सभा सम्पन्न गर्नु सम्पूर्ण सहकारी संस्थाहरुको दायित्व हो । संचालकहरु आफ्नो पदीय जिम्मेवारीलाई त्याग्न सक्छन, तर साधारण सभाबाट पन्छिन पाउँदैनन् । यो वा त्यो बहाना बनाएर साधारण सभा बोलाउन सकिएन वा साधारण गर्न सकिदैन भन्न मिल्दैन । विगतका बर्षहरुमा दशैं अगाडी नै साधारण सभा सम्पन्न गरेर दशैंमा आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभाशं वितरण गर्ने सहकारी संस्थाहरुले पनि यो बर्ष ढिलै गरी साधारण सभा सम्पन्न गरेका छन । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण समयमै साधारण सभा गर्न सहकारी संघ संस्थाहरुलाई कठिनाई परेको थियो । भेला, सभा, सम्मेलनको आयोजना गर्दा धेरै मानिसहरु जम्मा हुने, भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुने सम्भावना रहेकाले दशैं अभिसम्म सहकारी संघ संस्थाहरुलाई साधारण सभा के– कसरी गर्ने अन्यौलता नै रहेको थियो । सुरुवाती समयमा केही अन्यौलता रहेता पनि असोजमा सहकारी विभागले सहकारी संस्थाहरुको साधारण सभा सम्बन्धी सूचना जारी गर्दै कानुनमा तोकिएको मय भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन गरेको थियो । कोभिड–१९ लाई मध्यनजर गर्दै विभागले साधारण सभा कार्यक्रम सम्बन्धि केही मापदण्ड सहित साधारण सभा सम्पन्न गर्न निर्देशन गरे अुरुपम पौषसम्ममा साधारण सभा सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्थाका कारण पनि पौष महिनामा सहकारी संस्थामा साधारण सभाको चाप ह्वतै बढेको देखिन्छ । स
२०२० मा अमेरिकी सेयर बजारको अनुभवः ब्रोकरले कमिसन लिदैनन्, यस्ता रहेछन् कमाई हुने कम्पनी
सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक अध्ययन गर्ने अवसर मैले पाएँ । यो अध्ययनका लागि कुनै खर्च लागेन । मात्र समय दिएँ । सेयर बजारका बारेमा त नेपालदेखि नै जानकार थिएँ । गत वर्षको अध्ययनले अप्सन मार्केट बुझ्ने अवसर दियो । अप्सन सेयर बजारकै एक औजार हो । यो एकदम नै जोखिमपूर्ण लगानी हो । नयाँ विषय सिक्ने अवसर पाएकोमा दंग छु । एक कित्ता सेयर किनेर भएपनि विश्वका ठूलाभन्दा ठुला कम्पनीको सेयर होल्डर बन्न पाइने अवसर सेयर बजारले नै दिएको हो । रमाईलो कुरा के छ भने सेयर किनबेच गर्दा ब्रोकरलाई कुनै शुल्क नै तिर्नु पर्दैन । उल्टो दिनभरि अनलाईन पढाउँछन् । सन् २०२० का उच्च रुपमा सेयर भाउ बढेका कम्पनीमा एमाजन, एप्पल, टेस्ला, निभिडिया भए । एक वर्षको अवधिमा जूमको सेयर मूल्य ४० डलरबाट ६ सय पुगेर अहिले ३ सय ५० को हाराहारीमा छ । विमान बनाउने कम्पनी वोईङको सेयर एक सय डलर भन्दा तल पनि आयो । गूगलको सेयर पनि एक हजार डलरभन्दा तल आएर अहिले १७ सय डलर पुगेको छ । सपिफाईको सेयर मूल्य पनि चार सयबाट १३ सय डलर पुग्यो । चाईनिज कम्पनी अलिबाबाको सेयर मूल्य पनि दुई सयबाट तीन सय १८ सम्म पुगेर फेरि अहिले २ सय ३५ डलरमा झरेको छ । टेस्लाको सेयर किन्नेले सन् २०२० मा धेरै कमाए । टेस्लाको सेयर मूल्य तीन सय डलरबाट २५ सय डलर पुग्यो । एक सेयर हुनेले पाँच सेयर थपेर पाएपछि मूल्य चार सय डलरमा आयो । फेरि अहिले सात सय डलर नाघेको छ । नौ महिनाको अवधिमा टेस्लाको सेयर तीन सयबाट ४ हजार डलर नाध्यो । एमाजनको सेयर १५ सयबाट ३५ सय डलर पूग्यो । फेसबुकको सेयर मूल्य पनि राम्रैसँग बढ्यो । सन् २०२० को अनुभवको आधारमा भन्नुपर्दा ठूलो र बढि सेयर मूल्य भएका कम्पनीको नै सेयर किन्नु पर्ने रहेछ । यो कम्पनीको सेयर धेरै बढ्यो, अब घट्छ होला भनेर नकिन्यो, त्यसैको मूल्य बढ्ने रहेछ । नाफा कमाउने र मूल्य बढिरहेका कम्पनीकै सेयर किन्दा कमाउन सकिने रहेछ । साना र सस्तो मूल्य भएका कम्पनीको सेयरमा कमाउने भन्दा गुमाउने संभावना बढि देखियो । सवै कम्पनीमा एउटै नियम त लाग्दैन । तर पनि पैसा लगानी गर्ने भनेको ठुला कम्पनीमा रहेछ । बजार घटे पनि ठुला कम्पनीको सेयर मूल्य नै पहिला बढ्ने देखियो । भ्याक्सिन आउने भएपछि कोरोनाका कारणले घटेका कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । हेरौं अब सन् २०२१ मा कुन कुन कम्पनीले धेरै कमाउने हुन् । कुन कुन कम्पनीले गुमाउने हुन् । (अमेरिकामा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सापकोटको फेसबुकबाट)