२६ वटा बाणिज्य बैंकको नाफा २० अर्ब ५९ करोड, ६ महिनामै एक अर्ब क्लबमा ६ बैंक

काठमाडौं । २६ वटा बाणिज्य बैंकहरुले पुस मसान्तसम्ममा २० अर्ब ५९ करोड नाफा कमाएका छन् । यीनै बैंकले गत आर्थिक बर्षको सोही अवधीमा जम्मा १४ अर्ब ४ करोड मात्रै नाफा कमाउन सफल भएका थिए । चालु आवको पुस मसान्तसम्ममा ६ वटा बाणिज्य बैंकहरु एक अर्ब नाफा कमाउन सफल भएका छन् । गत पुससम्ममा जम्मा चार वटा बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाउन सफल भएका थिए । यसपाली प्रभु बैंक र हिमालयन बैंक ६ महिनामै एक अर्ब नाफा कमाउने बैंकको सूचिमा थपिएका हुन् । गत पुससम्ममा नेपाल बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाएका थिए । एक अर्ब कमाउन सफल भएका बैंकहरुमध्ये नेपाल बैंक राष्ट्रिय बाणिज्य बैंक दुबै सरकारी हुन् । सबै भन्दा धेरै नाफा नेपाल बैंकले कमाउन सफल भएको छ भने सबै भन्दा कम नाफा कमाउने बैंकको सूचिमा सिभिल बैंक परेको छ । सिभिलले १६ करोड ७३ लाख मात्रै कमाएको छ भने सेञ्चुरीले २२ करोड ३९ लाख नाफा कमाएको छ । उता, धेरै कमाउने बैंकको सूचिमा एक नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब ८९ करोड नाफा कमाएको छ । दोश्रो नम्बरमा नविल बैंक रहेको छ । नबिलले एक अर्ब ७४ करोड कमाएको छ भने तेश्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड नाफा कमाएको छ । चौथो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकले भने एक अर्ब २१ करोड कमाएको छ । पाँचौंमा रहेको प्रभु बैंकले एक अर्ब ११ करोड कमाएको छ भने छैठौं नम्बरमा रहेको हिमालयनले एक अर्ब २ करोड नाफा कमाएको छ । धेरै नाफा कमाउने १० बैंकको सूचिमा एभरेष्ट बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक परेका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक भने ११ औं नम्बरमा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब २१ करोड, ६ महिनामा भएको नाफामा १३ प्रतिशतले बृद्धि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड रुपैयाँ नाफा गगरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा साढे १३ प्रतिशतले बढेको छ । यो बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा गरेकोमा यो वर्ष १४ करोड ५७ लाख रुपैयाँलो बढाउन सफल भएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा १३८ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९३ अर्ब ९० करोड रुपैयाँ कर्जा सापटी दिएको छ। बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ४२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात २ दशमलव ७५ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६७ दशमलव ९० प्रतिशत रहेको छ ।

२७ बैंकको नाफा २१ अर्ब, बाणिज्य बैंकहरुले ४६ प्रतिशतले नाफा बढाए

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ वटा वाणिज्य बैंकहरुले करिब २१ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब ४६ प्रतिशतले बढी हो । २०७२ पुसमा बैंकहरुको खुँद नाफा १४ अर्ब १८ करोड रुपैयाँ थियो । सोमबारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा बैंक छन् । विवरण सार्वजनिक नगरे पनि राष्ट्यि बाणिज्य बैंक र जनता बैंक स्रोतले जनाए अनुसार २७ बैंको मुनाफा निकालिएको हो । उक्त अवधिमा बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरेकोले मुनाफा बढेको हो । नाफा कमाउने बाणिज्य बैंकहरुमा सबैभन्दा बढी नेपाल बैंकको रहेको छ । यो बैंकले ६ महिनामा १ अर्ब ८९ करोड रुपैयाँ खुँद मुनाफा गरेको छ । यसपछि नबील र्बैंकले १ अर्ब ७४ करोड, इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५८ करोड, राष्ट्यि वाणिज्य बैंकले १ अर्ब २१ करोड कमाएको छ । कान्तिपुर दैनिकबाट ।