लक्ष्मी बैंकको ११६औँ शाखा काठमाण्डाैंको तहाचलमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाण्डोैंको तहाचलमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । उक्त नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटिएम, २५सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्राइम कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९६ पुगेको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने योजना बनाएको छ ।

सरकारको चालु खाता घाटामा, शोधनान्तर बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको चालु खाता घाटामा रहेको छ भने शोधनान्तर बचत देखिएको छ । गत आवको अन्तिम महिना असारमा चालु खाता र शोधनान्तर दुबै घाटामा थिए । गत आवको अन्तिम महिना असारमा सरकारको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड घाटामा थियो भने शोधनान्तर ६७ अर्ब ४० करोड घाटामा थियो । चालु आवको भदौमा शोधनान्तर ८ अर्ब ८३ करोड बचतमा रहेको छ । साउनमा यस्तो बचत ६ अर्ब ५ करोड रहेको थियो । साउनमा ९ अर्ब ३७ करोड घाटामा रहेको चालु खाता भदौमा घाटा बढेर २१ अर्ब ७९ करोड पुगेको छ । शोधनान्तर मुलुक भित्रने र बाहिरिने रकमबीचको फरक हो । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा जाने पूर्व अर्थ सचिव डा. शान्तराज सुवेदीले बताए । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्राप्रतिको विश्वास घट्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । यद्यपि चालु आवको यो अवधिमा भने ७ करोड ८५ लाख अमेरिकी डलर बचतमा रहेको छ । गत आवको यो समीक्षा अवधिमा २३ करोड ९ लाख अमेरिकी डलर घाटामा रहेको थियो ।