अब शंकरदेवको फी ग्लोबल आइएमईको मोबाइल बैंकिङबाटै तिर्न सकिने

काठमाडौं । अब शंकरदेव क्याम्पसका विद्यार्थीहरुले ग्लोबल आइएमई बैंकबाटै शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रर्वदन गर्ने उद्देश्य अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ । शंकरदेवसंगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले देशैभर रेहेका शाखा सञ्जाल लगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५६ एटिएम, २४९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना १९ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बिओकेले ल्यायो सफलता मुद्दती खाता, ११ लाखसम्मको बीमा सुबिधा पाइने

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले ‘बिओके सफलता मद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘सफलता मद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुल नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो । उक्त खातामा ग्राहकले ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा सहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउन सक्नेछन् । उक्त मुद्दती खाता २५ हजार रुपैयाँदेखी नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिन सक्नेछन् । साथै, बीमा सुबिधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख रुपैयाँ, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख रुपैयाँ तथा औषधी उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधा अन्तर्गत बहिरंग (ओपीडी) को लागि २० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँसम्मको बीमा सुबिधा पाइने बैंकले जनाएको छ । बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा सुबिधा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्सलाई भुक्तानी गर्नेछ । हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सांग्रिलाको मुद्दती योजनाः ३६ महिनाको बचतमा ४२ महिना बराबरको भुक्तानी पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने उद्देश्यका साथ उक्त योजना सार्वजनिक गरेको हो । यो योजना न्यूनतम मौज्दात ५०० रुपैयाँबाट शुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, यस योजना अन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराउँदछौ । यस योजना बाट ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंककाे विश्वास छ । हाल बैंकले ९१ शाखा कार्यालयहरु, २६ एटीएम तथा अन्य विभिन्न बैंकिङ प्रणाली मार्फत सेवा सुविधा दिँदै आएको छ ।