ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अटो शुल्कहरू जारी रहे फोर्ड मोटरले नयाँ सवारीसाधनहरूको मूल्य बढाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फोर्डले बुधबार डिलरहरूलाई पठाएको ज्ञापनलाई आधार मानी सञ्चारमाध्यमहरूले मूल्य बढाउन सक्ने बताएका हुन् । मिशिगन राज्यको डियरबोर्नमा रहेको यो अटोमोबाइल कम्पनीले यसै महिनाको सुरुतिरदेखि जुन २ सम्मका लागि आफ्ना सबै मोडेलहरूमा ठूलो छुटको प्रस्ताव ल्याएको थियो । यो कार्यक्रम जारी रहनेछ, तर मे महिनामा उत्पादन गरिएका र त्यसपछि आउने नयाँ मोडेलहरूको मूल्य परिवर्तन हुन सक्ने उक्त ज्ञापनमा उल्लेख छ । अटोमोटिभ न्यूजले पहिलो पटक उक्त ज्ञापनको समाचार प्रकाशित गरेको थियो । 'ग्राहकहरूका लागि धेरै विकल्पहरू हुनेछन् र जुन २ सम्म पर्याप्त स्टक उपलब्ध छ । शुल्कको अवस्था परिवर्तनशील छ र हामी त्यसको सम्भावित प्रभावको मूल्याङ्कन गर्दैछौं,’ फोर्डका एक प्रवक्ताले भने । उनले यदि मे महिनामा उत्पादन गरिएका सवारीहरूको मूल्य परिवर्तन भयो भने पनि ग्राहकहरूले जुलाईको सुरुतिर मात्र मूल्य वृद्धिको प्रभाव देख्ने पनि बताए । अमेरिकी र विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले उपभोक्ताको मूल्यवृद्धि प्रतिको चिन्ता कम गर्न मूल्य स्थिरता र ठूलो छुटहरूको प्रस्ताव गरेका छन् । यद्यपि शुल्कका छोटो अवधिका प्रभावहरूले बिक्री बढाएको देखिएको छ । अमेरिकी अटो निर्माता कम्पनीहरूले गोप्य रूपमा सांसदहरूलाई चेतावनी दिइसकेका छन् कि यदि शुल्कहरू यथावत रहे भने उनीहरूलाई सवारीसाधनको मूल्य उल्लेखनीय रूपमा बढाउन बाध्य हुनुपर्नेछ । ’हालसम्म सार्वजनिक गरिएको शुल्क नीतिमा ठूला परिवर्तनहरू नभएको अवस्थामा हामी भविष्यमा सवारी साधनको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता देखिरहेका छौं, जुन मे महिनाको उत्पादनसँगै सुरु हुनसक्छ,’ फोर्डका कार्यकारी एन्ड्रयू फ्रिकले उक्त ज्ञापनमा भनेका छन् । फोर्डले हाल फोर्ड र लिनकन डिलरहरूमा स्टकमा रहेका कुनै पनि सवारीमा स्टिकर मूल्य (सूचीकृत मूल्य) नबढाउने पनि ज्ञापनमा उल्लेख छ । यसै महिनाको सुरुमा प्रकाशित सेन्टर फर अटोमोटिभ रिसर्चको एक विश्लेषणअनुसार अप्रिल ३ मा लागु गरिएको ट्रम्पको २५ प्रतिशत अटो आयात शुल्कका कारण सन् २०२५ मा अमेरिकी अटो निर्माता कम्पनीहरूलाई झन्डै १०८ अर्ब डलर अतिरिक्त खर्च लाग्नेछ । फोर्ड अमेरिकी बजारमा बेचिने करिब ८० प्रतिशत सवारीहरू स्वदेशमै उत्पादन गर्ने भएकाले शुल्कहरूको असर झेल्न सक्षम अटो निर्माता कम्पनीहरूमध्ये एक मानिन्छ । यसै हप्ता ट्रम्पले अटो सम्बन्धी शुल्कहरूमा परिमार्जन गर्ने विचार गरिरहेको संकेत दिएका थिए, जसअनुसार हाल लागु भएका शुल्कहरूमा केही छुट दिन सकिने सम्भावना रहेको छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
‘गाडी एसेम्ब्लीमार्फत लक्ष्मी ग्रुपले बहुआयामिक क्षेत्रमा औद्योगीकरण र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ’
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चैत ११ गते क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो । यो गाडी नेपालमै एसेम्बल भएका हो । यससँगै अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए । उनै थपलियासँग विकासन्युजले एसेम्ब्ली सम्बन्धी गरेको कुराकानीको सम्पादित अंश : नेपालमै गाडी एसेम्ब्ली सुरु गर्नु आफैमा एउटा साहसी निर्णय हो । यो कसरी सम्भव भयो ? लामो समयदेखि नेपाल आयात–निर्भर मुलुक हो । गाडीजस्तो मूल्यवान वस्तु पूर्णरूपमा बाहिरबाट ल्याउने चलन थियो, जसले देशको अर्थतन्त्रमा दबाब पर्थ्यो । यस्तै अवस्थामा हामीले राष्ट्रमै मूल्य राख्ने साेंच राख्यौं । हुन्डाईजस्तो विश्वसनीय ब्रान्डसँगको सहकार्यले हामीलाई नेपालमै एसेम्बलिङ सुरु गर्ने आत्मबल दियो । यो परियोजना केवल व्यापारिक दृष्टिकोण मात्र होइन, देशमै रोजगारी सिर्जना गर्ने, प्राविधिक दक्षता बढाउने र अर्थतन्त्रलाई बलियो बनाउने एउटा ठूलो कदम हो । औद्योगिकीकरणको यात्रा चारपाँग्रे सवारीसाधनबाटै किन सुरु गरियो ? गाडी नेपालको दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु हो- पेट्रोलियम पदार्थपछि । यसले ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ । यदि हामीले गाडी आफै एसेम्ब्ली गर्न थाल्यौं भने त्यसले ठूलो मात्रामा मुद्रा बचत गर्छ, साथसाथै स्थानीय उद्योगहरूलाई पनि चलायमान बनाउँछ । गाडी एसेम्ब्लीसँगै ढुवानी, पार्ट्स सप्लाई, तालिम केन्द्र, सर्भिस वर्कसप जस्ता धेरै उद्योग खुल्छन् । यसले समग्र औद्योगिक प्रणालीमा गहिरो असर पार्छ । युवाहरू र इन्जिनियरिङ क्षेत्रमा के प्रभाव परेको छ ? एसेम्ब्लीको सुरुबाटै युवाहरूलाई आधुनिक प्राविधिक तालिम दिने काम गरियो । अहिलेसम्म २०० भन्दा बढी इन्जिनियर र प्राविधिकले हुन्डाईबाट तालिम पाइसकेका छन् । जसमा सेन्सर क्यालिब्रेसन, टर्क एक्युरेसी, इलेक्ट्रिक कोडिङ र डाइनोग्टिक, चेसिस टेस्टिङ, अटोमेसन टूल्सको प्रयोग जस्ता अत्याधुनिक सीप सिकाइन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा—यी सीपहरू अब केवल कागजी प्रमाणपत्रमा सीमित छैनन्, युवाहरूले यसमा प्रत्यक्षरूपमा काम गरिरहेका छन् । उनीहरू नेपालबाट सर्टिफिकेट लिएर वैश्विक प्रतिस्पर्धामा उत्रिन सक्छन् । अझ रमाइलो कुरा त के छ भने– विदेश जान सोच्ने धेरैजना अब यहीँ फर्केर काम गर्न चाहिरहेका छन् । एसेम्ब्ली प्लान्ट एउटा ‘ब्रेन गेन’ को केन्द्र बन्दै गएको छ । के अब पार्टपुर्जा पनि नेपालमै बनाउने योजना छ ? बिल्कुलै छ । सुरुमा सबै पाट्र्स आयात गरिए पनि अब हामी स्थानीयकरणको चरणमा छौं । चेसिस बाहेकका धेरै कम्पोन्ट्स- जस्तै बम्पर, डासबोर्ड फ्रेम, फम सीट, वाइरिङ हार्नेस, एसी डक्ट, प्लास्टिक क्लाडिङ आदि नेपालमै उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन भइरहेको छ । स्थानीय उद्यमीहरूसँग ओइम स्तरको पाट्र्स विकासको अध्ययन भइरहेको छ । यसको अर्थ- नेपालमै उत्पादन, नेपालमै रोजगारी र नेपाल मेड इकोसिस्टमको विकास । के एसेम्ब्ली प्लान्टले नेपाली औद्योगिक भविष्य निर्माण गर्ला त ? अवश्य गर्छ, एसेम्ब्ली प्लान्टले केवल गाडी उत्पादन गर्दैन, यो देशभित्र औद्योगिक चेतना र साेंचको रूपान्तरण पनि हो । अहिले नेपाली युवाले उद्योग भनेको ‘बिग ड्रिम’ होइन, ‘अटेनेबल करिअर’ हो भन्ने बुझ्न थालेका छन् । जापान, थाइल्यान्ड, भियतनाम, मलेसिया जस्ता देशहरूले पनि औद्योगिकीकरणको यात्रा यस्तै एसेम्ब्ली प्लान्टबाटै सुरु गरेका थिए । नेपाल पनि अहिले त्यो मोडमा उभिएको छ । नीति निर्माताले कस्तो सहयोग पु¥याउनुपर्छ ? सरकारको नीतिगत सहयोग अत्यन्त आवश्यक छ । यदि सरकारले एसेम्ब्ली उद्योगलाई स्पष्ट नीति जस्ता सहुलियत दिन सक्छ भने निजी क्षेत्रले झन ठूलो लगानी ल्याउन सक्छ । त्यस्तै, एकीकृत औद्योगिक क्षेत्र सेज, लोजिस्टिक पार्क, टेस्ट ट्र्याक जस्ता पूर्वाधारको विकासले यो अभियान विस्तृत रूपमा फैलिन्छ । त्यसैले अब दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ । के यस्तो प्रकारको औद्योगिक कार्यक्रमले ब्रेन ड्रेन कम गर्न सक्छ ? हो, कम मात्रै होइन, अब उल्टो प्रक्रिया सुरु भइसकेको छ- ब्रेन गेन । धेरैजना विदेश पढेर फर्किएका युवाहरू अब नेपालमै असेम्ब्ली, रिसर्च एन्ड डेभलपमेन्ट, प्लान्ट अपरेशन, क्वालिटी एस्सूरेन्स, आईटी सिस्टम इन्टिग्रेसनजस्ता क्षेत्रमा काम गरिरहेका छन् । यहाँको एक्सपोजरले उनीहरूलाई अन्तर्राष्ट्रिय मान्यतासमेत दिनेछ । यस्तो प्रविधिको विकासले विदेश पलायनमा रोक लगाउनुका साथै फर्किसकेकाहरूलाई देश निर्माणमा जोड्ने मौका दिएको छ । यो केबल असेम्ब्ली हो कि खास प्रविधि हस्तान्तरण पनि हो ? यो केवल बाहिरबाट पाट्र्स ल्याएर स्क्रू जोड्ने प्रक्रिया होइन । हामी जाँच गर्ने उपकरणमार्फत् ईसीयू प्रोग्राम गर्छौं, स्टेरिङ क्यालिब्रेसन, ब्रेक टेस्टजस्ता कामहरू नेपालकै प्लान्टमा हुन्छन्। प्लान्टमा भेहिकल एसेम्ब्ली सफ्टवेयर, रोबोटिक टुल कन्ट्रेल र क्वालिटी टेस्ट बेन्चहरु जडान भएका छन् । यो सही अर्थमा प्रविधिको हस्तान्तरण हो, जसले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय ओईम स्तरको काम गर्न सिपालु बनाएको छ । के लक्ष्मीले ईभी पनि एसेम्बल गर्ने योजना बनाएको छ त ? हो हामीले योजना बनाएका छौं । हामीले हुन्डाई क्रेटा ईभी लगायतका मोडेलहरूको लागि ईभी स्पेसिफिक एसेम्ब्ली प्लानिङ सुरु गरेका छौं । ब्याट्री थर्मल म्यानेजमेन्ट, चार्जर इन्टिग्रेसन, आईपी ६७ वाइरिङ हार्नेस, रिजेनेरेटिभ ब्रेकिङ टेस्ट जस्ता ईभीसम्बन्धि अध्ययन गरिनेछ । साथै भविष्यमा ईभी को विकास हाम्रो मुख्य लक्ष्य हो । यो सँगै नेपाललाई ईभी हब बनाउने सम्भावना प्रबल छ । के यसले शैक्षिक पाठ्यक्रममा प्रभाव पारिरहेको छ ? पक्कै पनि । अब पढाइ केवल सिद्धान्त सीमित छैन । पुलचोक, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरूसँगको सहकार्यले विद्यार्थीहरू प्रत्यक्ष रूपमा औद्योगिक वातावरणमा सहभागी भइरहेका छन् । धेरै विश्वविद्यालयहरूले अटोमोबाइल इलेक्ट्रोनिक्स, मेकाट्रोनिक्स इन्टीग्रेसन, इभी सिस्टम, भेहिकल सफ्टवेयर इन्टिग्रेसन जस्ता विषयहरू पाठ्यक्रममा थप्न थालेका छन् । यो शिक्षा र उद्योग बीचको सेतु हो । असेम्ब्ली प्लान्टले अन्य क्षेत्रहरूमा कस्तो असर पारेको छ ? हामीले एसेम्ब्ली प्लान्ट सुरु गरेसँगै अहिले धेरै क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्ने देखिएके छ । जस्तै विद्यार्थीहरूले अब औद्योगिक सीप सिक्न थालेका छन् । बैंकहरूले पनि औद्योगिक प्रोजेक्ट फाइनान्सिङमा लगानी गर्न थालेका छन् । यसैगरी, उद्योगहरूलाई निरन्तर रूपमा ऊर्जा दिन नयाँ सौर्य र ग्रिड प्रोजेक्टहरू अघि बढ्दैछन् । आईटी क्षेत्रमा पनि स्वचालित प्रविधि, सफ्टवेयर लगायतमा सकारात्मक प्रभाव पारिरहेको हामीले देखेका छौं । नेपाली उद्यमीहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? अब उद्यमशीलताको परिभाषा बदलिँदैछ । केवल डिलरसिप वा शोरूमसम्म सीमित नरहेर, सफ्टवेयर डेभलपमेन्ट, पाट्र्स डिजाइन, क्वालिटी एस्सुरेन्स, ट्रेनिङ सर्भिसेज, लोजिस्टिक्सजस्ता धेरै सम्भावनाहरू खुलेका छन् । अब ‘खरिद तथा बिक्री’मात्र होइन, ‘निर्माण तथा बिक्री’ मा जानुपर्ने समय हो । हामीले पनि यात्राबाट यात्रा सुरु गरेका थियौं, तपाईं पनि सक्नुहुन्छ । अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास
नाइमाको औपचारिक घोषणा, साउनमा ‘नेपाल मोबिलिटी एक्स्पो' आयोजना हुने
काठमाडौं । अन्तत : नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा भएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा फागुन ९ गते दर्ता भएको उक्त संस्था दुई महिनापछि औपचारिक रूपमा बुधबारदेखि सक्रिय भएको हो । आजदेखि नाइमाले औपचारिक रूपमा ‘इम्पावरिङ ग्रो थ्रु मोबिलिटी’ नारासहित सांगठनिक गतिविधि सुरुवात गरेको हो । नाइमाको नेतृत्व गर्दै आएकी रितुसिंह वैद्यले कार्यक्रममा नाइमाको आधार स्तम्भ उल्लेख गर्दै नेपालको मोबिलिटी क्षेत्रको नेतृत्व गर्ने कार्ययोजना घोषणा गरिन् । नेपालको मोबिलिटी क्षेत्रमा रहेका समस्याहरूलाई समाधानका निम्ति नाइमा संस्थाको जन्म भएको उनको भनाइ छ । उनले भनिन, ‘नेपालको मोबिलिटी क्षेत्रमा धेरै समस्या छन्, ती समस्या र चुनौतीहरूको वकालत अब नाइमाले गर्नेछ । यी क्षेत्रका हरेक समस्या नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउनेछ ।’ यसले मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एकीकृत प्लेटफर्मको रूपमा समेत काम गर्ने अध्यक्ष वैद्यको दावी छ । नेपालको अर्थतन्त्रको वृद्धि र विकासमा अटोमोबाइल उद्योगको योगदान अभिवृद्धि गर्ने, अटोमोबाइल उद्योगको दक्षतालाई प्रोत्साहन गर्ने, नीति निर्माण, सडक सुरक्षा र यातायात पूर्वाधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी विभागहरूसँग सहकार्य गर्ने, अटोमोबाइल तथा सवारीसाधन आयातकर्ता तथा उत्पादक समुदायको सर्वाङ्गीण विकासका लागि काम गर्नेलगायत उद्देश्य नाइमाको रहेको छ । यस्तै, अटोमोबाइल आयातकर्ता र उत्पादक समुदायका लागि सीपमा आधारित तालिमहरू प्रदान गर्ने, चेतना जगाउने, नीति वकालत गर्ने र अन्य कल्याणकारी गतिविधिहरू सञ्चालन गर्ने, नेपालभित्र अटोमोबाइल, सडक सुरक्षा र सम्बन्धित विषयमा सेमिनार, कार्यशाला, प्रदर्शनी, कार्यक्रम र तालिम सत्रहरू आयोजना गर्ने गराउने, वातावरणको सुधारका लागि नातिगत वकालतमा संलग्न हुने र अटोमोबाइल प्रयोगकर्ता र सर्वसाधारणको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने तथा सडक यातायातका लागि पूर्वाधार र प्रणालीको विकास गर्ने लगायतका सेवाहरू उपलब्ध गराउने उद्देश्य नाइमाले लिएको छ । नाइमामा को-को छन् आवद्ध ? नाइमाको सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, शौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काब्रा आवद्ध रहेका छन् । कार्यक्रमा सञ्चालक समितिका सदस्य सुहृदराज घिमिरेले आफूहरू कसैसँग प्रतिस्पर्धा र द्वन्द्व गर्न नआएको बताए । उनले सबै संस्थाहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने दाबी गरे । उनले भने, ‘हामी कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौं । अटो व्यवसायमा थुप्रै समस्या छन्, ती समस्यालाई नीतिगत रूपमा समाधान गर्ने उद्देश्यले यो कदम चालेका हौं ।’ मोबिलिटी शोको घोषणा नाइमाले बुधबार नै साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो- २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । नाइमाले गौरव शारडालाई एक्स्पाेको संयोजकको रूपमा तोकेको छ । मोबिलिटी एक्स्पो २०२५ को लोगोसमेत अनावरण भएको छ । साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पो प्रदर्शनीकर्ता र अवलोकनकर्तालाई फाइदाजनक हुने नाइमाको दावी छ । नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने जनाएको छ । अवलोकनकर्तालाई कम मूल्यमा टिकट दिनेदेखि मिडिया र बिजनेस डेको लागि अलग्गै दिनको व्यवस्थासमेत गरेको छ । संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक अटो व्यवसायीबीच ‘सक्ने-सकाउने’ खेल, नियतबस् जुधाइयो नाडा अटो शो