रौतहटको चन्द्रनिगाहपुरमा महिन्द्राको थ्रीएस सुविधाको नयाँ शोरुम
काठमाडौं । अग्नि ग्रुपले प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न श्रृङ्खलाका सवारी साधन र ट्रयाक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले मंसिर २७ गते शुक्रबार उद्घाटन गरेका छन् । रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र कम्पनीका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने उद्देश्यसहित उक्त शोरुम स्थापना गरिएको कम्पनीले जनाएको छ । उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । अग्नि ग्रुपका स्थानीय बिक्रेता स्नेहा मोटो कर्प प्रालि चन्द्रनिगाहपुर, रौतहटका प्रबन्ध निर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहने छन् । साथै, शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारी साधनहरू र ट्रयाक्टरहरुका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने छ ।
एबीएस सहितको ‘एनएस १६०’ नेपाली बजारमा, नन-एबीएस भन्दा ३ हजार मात्र महँगो
काठमाडाैं । बजाज टू-व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले एबीएस सहितको एनएस १६० लाई केहि दिन अघि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले उक्त बाइकको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकेको छ । एनएस १६० एबीएसको आगमन भएसँगै नेपालमा यसको नन-एबीएस भेरियन्टलाई चाहिँ डिस्कन्टिन्यू गरिएको छ । बजाजलाई आफ्नो प्रोडक्टहरुको मूल्य सवैलाई सुहाउँदो हुनेगरी राख्ने ब्राण्डको रुपमा चिनिन्छ । यस अघि एनएस १६० को नन-एबीएस भेरियन्ट दुई लाख ८६ हजार नौ सय रुपैयाँमा विक्रीवितरण भइरहेको थियो । एनएस १६० एबीएसको मूल्यमा भने केवल तीन हजार रुपैयाँ मात्र थप गर्नुलाई बजाज नेपालको राम्रो कदमका रुपमा लिन सकिन्छ । उक्त नयाँ मोडेलमा सिङ्गल-च्यानल एबीएस बाहेक अरु नयाँ परिमार्जन केहिपनि नरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले यस बाइकको ब्रेकिङ्गलाई थप सुरक्षित समेत बनाएको छ । एनएस १६० मा १६०.३ सीसी ओयल कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५ गियरहरु रहेको यस बाइकले ४५ केएमपीएल हाराहारीको माइलेज प्रदान गर्दछ भनी कम्पनीले दावी गरेको छ । यस बाइकको अगाडि तर्फ टेलिस्कपिक फर्क जडान गरिएको छ भने पछाडि मोनोशक जडान गरिएको छ । ब्रेकिङ्ग तर्फ दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । १२ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको एनएस १६० को तौल १४८ केजी, सिट हाइट ८०५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७७ मिलिमिटरको रहेको छ ।
होण्डाको नयाँ शोरुम अब भैरहवामा, सिद्धि विनायक अटोले सञ्चालन गर्ने
काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले भैरहवाको अञ्चलपुरमा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । होण्डाले मंसिर २६ गतेका दिनदेखि उक्त शोरुमको उद्घाटन गरेको हो । भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेशनलले सञ्चालन गर्नेछ । वर्षौदेखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।