महिन्द्राको कार किन्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची

काठमाडौं । महिन्द्राले कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाएको छ भन्दा फरक नपर्ला । कार उत्पादकको रुपमा महिन्द्राले ६५ वर्षको अनुभव सँगाल्दै नेपाल र भारत लगायतका देशहरुको अटोमोवाइल क्षेत्रमा बलियो स्थान बनाउन सकेको छ । सन् २०१८ को ‘फोर्चुन इण्डिया ५००’ को सुचीमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड भारतको १७औं उत्कृष्ट कम्पनीको रुपमा पर्न सफल समेत भएको थियो । भरपर्दो उत्पादनहरु एकदमै उचित मूल्यमा उपलब्ध गराइरहेको कारणले पनि महिन्द्राले ग्राहकहरुको मन जित्न सफल भएको हो । महिन्द्रा कार्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि. रहेको छ । यस कम्पनीले नेपालमा सिङ्गल क्याब, डवल क्याब, जिप टाइप भेहिकल र कार टाइप भेहिकल गरेर ४७ अलग मोडेलहरुको विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार यी मोडेलहरु ११९८ सीसी देखि लिएर २५२३ सीसी सम्मका छन् भने यिनको मूल्य चाहिँ १६ लाख ८० हजार रुपैयाँ देखि लिएर ९१ लाख २५ हजार रुपैयाँसम्म तोकिएका छन् । हाल महिन्द्राले नेपालमा उपलब्ध गराइरहेको उत्पादनहरुको मूल्य सुची भने यस प्रकार रहेको छ:

हुण्डाइको नयाँ उत्पादन ‘औरा’ को स्केच सार्वजनिक, यस्ता हुनेछन् विशेषता

काठमाडाैं । कोरियन कार उत्पादक कम्पनी हुण्डाईले केहि समय पछि बजारमा सार्वजनिक गर्न लागेको आफ्नो नयाँ उत्पादन ‘औरा’ को स्केचलाई सार्वजनिक गरेको छ । कम्प्याक्ट सेडान बडि टाइपमा निर्माण भएको उक्त कार ग्य्राण्ड आइ१० निओस ह्याचब्याकमा आधारित हुनेछ । यस कारको अगाडिको ग्रिल र बम्परको डिजाइन ग्य्राण्ड आइ१० निओसको जस्तै हुनेछ भने डिआरएलहरु चाहिँ बुमर्याङ्ग आकारका हुनेछन्। त्यसैगरी फगल्याम्प चाहिँ त्रिभुज आकारको हुनेछ भने कारको दुवै साइडमा नयाँ किसिमको अलोए व्हिल जडान गरिनेछ । कारको इन्टेरियरमा चाहिँ ८.०इञ्च टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, स्टेयरिङ्ग माउण्टेड अडियो कन्ट्रोल्स र लेदर अपहोल्स्टेरी लगायतका विशेषता समावेश हुनेछन् । इञ्जिनतर्फ भने औरा १.२ लिटर पेट्रोल इञ्जिन, १.० लिटर पेट्रोल इञ्जिन र १.२ लिटर डिजेल इञ्जिन अप्सनहरुका साथ उपलब्ध हुनेछ । कम्पनीले जनाएअनुसार सवै इञ्जिनहरुमा ५-स्पिड म्यानुअल गियरबक्स जडान गरिएको हुनेछ र १.२ लिटर पेट्रोल तथा १.२ लिटर डिजेल इञ्जिनमा चाहिँ अटोमेटिक गियरबक्सको अप्सन पनि उपलब्ध हुनेछ । सार्वजनिक भएपश्चात सो कारले मारुती सुजुकी डिजायर, टाटा टिगोर, फोर्ड एस्पायर, भक्सवागन अमिओ र होण्डा अमेज जस्ता कारहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

बजाजको नयाँ शोरुम कैलालीमा, थ्रीएस सर्भिस दिने उद्देश्य

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले अत्तरिया, कैलालीमा नयाँ शोरुम “रुद्र अटोमोटिभस्” को शुभारम्भ गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, “कैलालीमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।” शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।