यामाहाले सार्वजनिक गर्यो २०२० संस्करणको ‘आर१५ भी३’, बीएस६ इञ्जिन र डुअल हर्न लगायतका विशेषता

काठमाडाैं । जापनिज मोटरसाइकल उत्पादक कम्पनी यामाहाले २०२० संस्करणको ‘वाइजेडएफ-आर१५’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा उक्त बाइकको मूल्य एक लाख ४५ हजार रुपैयाँ तोकिएको छ जुन पहिलेको तुलनामा तीन हजार रुपैयाँले महँगो हो । विशेष परिमार्जनको रुपमा ‘२०२० आर१५’ मा बिएस६ प्रदुषण मापदण्डको इञ्जिन दिइएको छ ।यसले पहिले भन्दा केहि कम पावर र टर्क प्रोड्युस गर्दछ । पहिलेको बिएस४ इञ्जिनले १९ बीएचपीको पावर प्रोड्युस गर्थ्यो भने यस बिएस६ इञ्जिनले १८.३ बीएचपीको पावर प्रोड्युस गर्दछ । त्यसैगरी उक्त इञ्जिनले पहिलेभन्दा ०.६ एनएम कम टर्क अर्थात् १४.१ एनएमको टर्क प्रोड्युस गर्दछ । थप परिमार्जनहरुका रुपमा नयाँ आर१५ मा पछाडितर्फ रेडियल टायर जडान गरिएको छ भने साइड-स्ट्याण्ड इञ्जिन कट-अफ स्विच पनि समावेश गरिएको छ । त्यसैगरी, उक्त बाइकमा दुईवटा हर्नको विशेषता रहेको कुरा पनि कम्पनीले जनाएको छ । २०२० आर१५ रेसिङ्ग ब्लु, थन्डर ग्रे र डार्कनाइट गरी ३ कलर अप्सन्समा उपलब्ध रहेको छ जसमध्ये डार्कनाइटको मूल्य चाहिँ एक लाख ४७ हजार रुपैयाँ तोकिएको छ । आर१५ भी३ स्लिपर क्लच र डुअल च्यानल एबीएस जस्ता सेफ्टी फिचरहरु समावेश भएको फेयर्ड मोटरसाइकल हो जसलाई युवावर्गहरुले अत्यन्तै रुचाएको पाइन्छ ।

कियाको ‘स्पोर्टेज’ गाडी सरल किस्ताबन्दीमा, नबिल बैंकबाट किस्ता झिक्दा ब्याज तिर्न नपर्ने

काठमाडौं । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३ सय ८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार आफ्नो बनाउन पाइनेछ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्छ । बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ । देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा पनि किस्ताबन्दी सुविधा पाइने कम्पनीको भनाइ छ । यो गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गरिरहेको छ । राजधानी उपत्यकामा गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरेको छ, जहाँ दक्ष इन्जिनियरको निगरानीमा प्रशिक्षित प्राविधिकले सेवा दिन्छन् । अल ह्विल ड्राइभ स्पोर्टेज अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । जीटी लाइन मोडलका यी कार कोरियाबाटै आयात गरिएको यो किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको हो ।

जसले तपाईंको वाहनलाई दुर्घटना हुनबाट जोगाउँछ, जानौं ‘एबीएस’ को नालीवेली

चाहे कार होस् या बाइक, जो पनि आफ्नो वाहनलाई पुरै रफ्तारमा चलाउन मनपराउँछन् । तर वास्तवमा भन्ने हो भने संसारभर हुने धेरैजसो दुर्घटनाको प्रमुख कारणमा ‘तीव्र गती’लाई पहिलो नम्वरमा पाइएको छ । तीव्र गतिमा रहेको वाहनलाई अचानक रोक्नु परेको खण्डमा वाहन चालकको नियन्त्रण बाट बाहिर जान्छ र दुर्घटना हुने गर्दछ । विज्ञहरु भन्ने गर्छन् कि ब्रेकमा पूरा काबु पाउने हो भने ९९ प्रतिशत सम्भावित दुर्घटनालाई अवश्य रोक्न सकिन्छ । तपाईंको मनमा एउटा प्रश्न उठ्न सक्छ, के हामीसित कुनै त्यस्तो प्रविधि छ्रैन, जसले दुर्घटना हुन नदिओस् ? पक्कै छ र त्यसको जवाफ हो ‘एबीएस’ । ‘एबीएस’ अर्थात् ‘एन्टी लक ब्रेकिङ्ग सिस्टम’ एउटा त्यस्तो अटोमोवाइल सेफ्टी सिस्टम हो जसले वाहनको ब्रेकिङ्गलाई एकदमै सुरक्षित बनाउँछ । एबीएसमा अलग कम्पोनेन्टहरु हुन्छन् जसले एउटा सिङ्गो सिस्टमले जसरी नै काम गर्दछन् । ती विभिन्नमध्येको एउटा कम्पोनेन्ट ‘स्पिड सेन्सर’ ले चक्काको स्पिडको निरन्तर निगरानी गर्दछ र त्यो डाटालाई‘सेन्सर कन्ट्रोलर डिभाइस’ नामक अर्को कम्पोनेन्टमा पठाउँछ । उक्त डाटाबाट सेन्सर कन्ट्रोलर डिभाइसले स्पिडमा अचानक कमी आएको कुरा पत्ता लगाउँछ । डिस्कमा ब्रेकिङ्ग प्रेसर धेरै पर्न गयो भने चक्का लक हुने सम्भावना हुन्छ । तब आउँछ भल्भको काम । भल्भले ब्रेकिङ्ग प्रेसरलाई कन्ट्रोल गर्ने काम गर्दछ । डिस्कमा धेरै ब्रेकिङ्ग प्रेसर पर्न गएको वेला भल्भले त्यो प्रेसरलाई रिलिज गरिदिन्छ जसको कारण प्रेसर कम हुन जान्छ र पुनः ब्रेकिङ्ग प्रेसरलाई यथावत् राखिदिन्छ । यो प्रक्रियालाई भल्भले एक सेकेण्ड मा २० पटक सम्मदोहोर्याउँछ जसले गर्दा चक्का लक हुन नपाइ ब्रेक चाहेजसरी नै लाग्दछ र चालकले वाहनलाई सुरक्षित ढंगले नियन्त्रणमा लिन सक्दछ । वास्तवमै ‘एबीएस’ कुनैपनि वाहनका लागि अत्यावश्यक फिचर हो । त्यसैले नै हवाईजहाजबाट शुरु गरिएको यो प्रविधि कार मा हुँदै हिजोआज धेरैजसो मोटरसाइकलहरुमा पनि समावेस रहेको पाउन सकिन्छ ।