दुगड ब्रदर्सद्वारा ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न

काठमाडौं ।  दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि ले शनिबार ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न गरेको छ । नक्सालस्थित अप्रिलियाको स्वरुमबाट शुरु गरी चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको थियो । उक्त राईडको फ्ल्याग अफ दुगड़ व्रदर्श एण्ड सन्सका भाईस प्रेसिडेण्ट विजय कुमार महत्तोले गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० का लागि नेपालको प्राकृतिक रमणीय स्थल मध्ये एक मानिने सुन्दर चित्लाङ्ग गाउँको प्रवद्र्धनका निमित्त उक्त राईड आयोजना गरिएको थियो । नेपालको टु ह्विलर्सको ईतिहासमा सम्भवतः पहिलो पटक १ सय जना भन्दा बढी क्रेताहरुलाई नाईट आउट राईडमा लगिएको हो । युवा जमातले रुचाइएको अप्रिलिया ब्राण्डको स्कुटरको उक्त राईडलाई मार्शल सागर थापा र विभव कार्कीले नेतृत्व गरेका थिए । सवारी चलाउँदा धैर्यता, अनुशासन र अनुभव चाहिने हुदाँ मार्शलद्वयले उक्त १ सय जनाको समूहलाई प्रोत्सान गर्दै चित्लाङ्गसम्म पु¥याएका थिए । उक्त कार्यक्रमका एक सय राईडरका लागि कुशल व्यवस्थापन ब्राण्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राईडरहरुलाई चित्लाङ्गमा साँझ विभिन्न खेल खेलाई विजयताहरुलाई पुरस्कार दिनुका साथै विभिन्न विधामा अवार्ड पनि वितरण गरिएको थियो ।

युनिटी ट्रेडिङ्गकाे दोस्रो शोरुम ललितपुरको ग्वार्कोमा, पाँच नयाँ मोडेल प्रस्तुत गर्दै (मूल्यसहित)

काठमाडौं । बेनेली मोटरसाईकलको लागि ललितपुर जिल्लाको अधिकृत बिक्रेता युनिटी ट्रेडिङ्ग प्रा. लि. ले ललितपुरको ग्वार्कोमा दोस्रो बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त शोरुम वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेको कम्पनीले जनाएको छ । उक्त शोरूममा कम्पनीले पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुयाउँनेछ । १५० सीसीको ‘टीएनटी१५’, १५० सीसीको ‘टीएनटी१५आई’, २५० सीसीको ‘बीएन२५१’, ‘लियोनसीनो २५०’ र ‘टीआरके२५१’ नयाँ पाँच मोडेल हुन् । कम्पनीका अनुसार नेपाली बजारमा ‘टीएनटी१५’ को मूल्य २ लाख ३० हजार रुपैयाँ, ‘टीएनटी१५आई’को मूल्य ३ लाख १५ हजार, ‘बीएन२५१’ को मूल्य ५ लाख २० हजार, ‘लियोनसीनो २५०’ र ‘टीआरके२५१’ दुबैको मूल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ । यी सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको कम्पनीले जानकारी दिएको छ । बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक राजन जोशीेको अनुसार यी मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र यसले १९११ देखिनै मोटरसाइकल पारखीबीच बैग्लै पहिचान बनाएको छ ।

अमेरिकी इलेक्ट्रिक साइबर ट्रक, सार्वजनिक भएको दुई दिनमै डेढ लाख युनिट अर्डर

काठमाडौं । अमेरिकन अटोमोटिभ एण्ड इनर्जी कम्पनी टेस्लाले ‘साइबरट्रक’ नामक अल–इलेक्ट्रिक पिकअप ट्रकलाई विश्वसामु अनावरण गरेको एक महिना पूरा भएको छ । कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर, डुअल मोटर र ट्रिपल मोटर गरी तीन अलग भेरियन्टलाई प्रदर्शन गरेको थियो । सिङ्गल मोटर भेरियन्ट रियर व्हिल ड्राइभ हो भने बाँकी दुई भेरियन्टहरु अल व्हिल ड्राइभ मोडेल हुन् । साइवर ट्रकलाई प्रदर्शन गरेको दुई दिनभित्रै १ लाख ४६ लाख अर्डर प्राप्त गरेको कुरा कम्पनीका सीइओ एलर मस्कले ट्वीटर मार्फत् जानकारी दिएका थिए । उनका अनुसार डुअल मोटर भेरियन्टको अर्डर ४२ प्रतिशत रहेको छ भने ट्रिपल मोटर भेरियन्टको ४१ प्रतिशत र सिङ्गल मोटर भेरियन्टको १७ प्रतिशत रहेको छ । यस्ता छन् विशेषता साइवर ट्रकको बाहिरी सतह अल्ट्रा हार्ड कोल्ड–रोल्ड स्टेनलेश स्टिलले बनेको छ, जसलाई कम्पनीले बुलेटप्रुफको संज्ञा दिएको छ । यसले ९ मिलिमिटर क्यालिवरका बुलेटलाई समेत सजिलै छेक्ने दावी कम्पनीले गरेको छ । त्यसैगरी, यसमा अल्ट्रा–स्ट्रङ्ग ग्लासको प्रयोगसमेत गरिएको छ, जसले ठूलै चोट पनि सजिलै झेल्न सक्छ । साइवर ट्रकको इन्टेरियरको कुरा गर्नुपर्दा यसमा १७–इञ्च सेन्टर डिस्प्ले, ६ जनाको लागि सिट, डिजिटल रियर–भ्यू क्यामेरा जडित मिरर, रेस कारको स्टाइलमा आधारित स्टेयरिङ्ग लगातको विशेषता समावेश छ । त्यसैगरी, यसका सवै भेरियन्टहरुमा टेस्ला अटोपाइलटको फिचर समावेश गरिएको छ । यो टेस्लाको एड्भान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम हो, जसले लेन सेन्टरिङ्ग, एडेप्टिभ क्रुज कन्ट्रोल, सेल्फ–पार्किङ्ग, अटोमेटिक लेन चेञ्ज लगायतलाई परिचालन गर्दछ । यो ट्रक सान्दार अफरोडिङ्ग क्षमताले भरिपूण रहेको छ । सेल्फ–लेभलिङ्ग सस्पेन्सनको प्रयोग गरिएको यस ट्रकमा १६ इञ्च अर्थात् ४०६ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । भेरियन्टहरुको पर्फमेन्स सिङ्गल मोटरः टेस्लाका अनुसार सिङ्गल मोटर भेरियन्टले फुल चार्जमा ४ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ६.५ सेकेण्डमै ० देखि १ सय किलोमिटरको रफ्तार पक्ड्न सक्छ । त्यसैगरी, १ सय ७५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ३ हजार ४ सय केजीसम्मको वाहनलाई तान्न सक्छ । डुअल मोटरः साइवर ट्रकको डुअल मोटर भेरियन्टले फुल चार्जमा ४ सय ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ४.५ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी १ सय ९५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ४ हजार ५ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ । ट्रिपल मोटरः साइवर ट्रकको ट्रिपल मोटर भेरियन्टले भने फुल चार्जमा ८ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने २.९ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी २ सय १० किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ६ हजार ३ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ । कम्पनीका सीइओ एलन मस्कका अनुसार यी सवै भेरियन्टहरुमा सोलार पावरको अप्शन पनि हुनेछ जसले गाडिलाई थप २४ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ । मूल्य र डेलिभरी कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर भेरियन्टको मूल्य ३९ हजार ९ सय अमेरिकी डलर, डुअल मोटर भेरियन्टको मूल्य ४९ हजार ९ सय डलर र ट्रिपल मोटर भेरियन्टको मूल्य ६९ हजार ९ सय डलर तोकेको छ । टेस्लाले साइवर ट्रकको उत्पादन भने सन् २०२१ को अन्त्यमा शुरु गर्ने र डेलिभरी भने सन् २०२२ को शुरुबाटै चालु गर्ने जनाएको छ । एजेन्सीहरुको सहयोगमा