जीतबहादुर खत्रीले जिते यतीको धमाकेदार दशैं तिहार अफर

काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । उनले पोखरा – काठमाडाैंको उडान गरेका थिए । यतीले बुधबार फेसबुक लाईभ मार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्री लाई विजेता घोषणा गरिएको हो । विजेता बनेसँगै उनले दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् । यस अघि सो अवधिमा यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना बिजेता घोषणा गरिएको हो । यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागी काठमाडौँ–दुवई– काठमाडौं को दुईतर्फी फ्रि टिकेट प्राप्त गरेका छन् । यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बनेका छन् । तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन् । यतीको धमाकेदार दशैँ तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । गत वर्षहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको यती एअरलाइन्सले आगामी दिनमा पनि यात्रु लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

अब कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने

काठमाडौं । यातायात व्यवस्था विभागले कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै बिहान १० देखि साँझ ५ बजेसम्म बन्द हुने जनाएको छ । ‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयहरुबाट हने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

झापामा जेसीबीको ३५औं आउटलेट संचालन

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले झापाको दमकमा सुविधासम्पन्न ‘अथाेराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ ।  । ओम दमक मोटर्स प्रा। लि।ले सञ्चालन गरेको नयाँ आधिकारिक विक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए । नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको विक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेट मात्र होइन, ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो,’ उनले भने । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।