अब कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने

<p>काठमाडौं । यातायात व्यवस्था विभागले कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै बिहान १० देखि साँझ ५ बजेसम्म बन्द हुने जनाएको छ । ‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयहरुबाट हने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै बिहान १० देखि साँझ ५ बजेसम्म बन्द हुने जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयहरुबाट हने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

Share News