महिन्द्राको विद्युतीय ट्रियो अटो बजारमा, वार्षिक २ लाख रुपैयाँको पेट्रोल बचाउने
काठमाडौं । महिन्द्र समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक लिमिटेडले ट्रियो नामक लिथियम आयइओन संचालित इलेक्ट्रिक थ्रि ह्विव्लर अटो सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकेको छ । कम्पनीको अनुसार महिन्द्रा ट्रियो पुर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउँदछ । यो गाडी महिन्द्राको भारतको बैंगलरस्थित फ्रयाक्ट्रीमै निर्माण भइरहेको छ । कम्पनीले दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही स्थानमा अटो वितरण गर्न बुकिङ्ग खुला गरेको छ । महिन्द्रको अधिकृत इभी वितरक अग्नि इनर्जिले नेपालमा ट्रियो वितरण गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोलको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ट्रियो ठुलो मात्र नभई विद्युतिय साधन उद्योगकै सबैभन्दा राम्रो २०७३ मिलिलिटर व्हिलबेसको साथ जस्तोसुकै कच्ची सडकमा पनि आरमदायी सवारीको लागि अगाडि अनइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ्को प्रयोग गरिएको छ । यसमा राम्रो रोक्ने क्षमता भएको हाइड्रोलिक ब्रेक पनि रहेको छ । साथै यसले चार्जको अवस्था, गाडी चलाउने दायर गित ड्राइभ मोड र अन्य विभिन्न सूचनाहरु डिजिटल रुपमा प्रस्तुत गर्दछ ।
६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन
काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुल्ला गरेको छ । दोेस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि अनलाइन आवेदन बन्द गरिएको थियो । विभागले सोमबमार रातिबाट अनलाइन आवेदन खुल्ला गरेको जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा परेका थिए । आवेदन खुला भएसँगै विभागले दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने जनाईएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।| यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो । लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए । नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो । उनले भने, ‘लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।’ प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताए । नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिन पाउँनेछन् ।
जावा मोटरसाइकलकाे पहिलाे राइड सम्पन्न
काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालक, पत्रकार र प्रभावशाली व्यक्तीहरुसँगै यात्रा गरेका थिए । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ । ‘हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक रहेको छ,’ क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले भने, ‘नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं । नेपाल रमणीय सुन्दर देश हो । आज देशभरका जावा प्रेमी साथीहरूसँग सवारी गर्नु एउटा गजबको अनुभव थियो । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा जावा मोडेलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।’ ‘हाम्रा स्थानीय वितरण साझेदार अग्नि मोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गर्छ र उनीहरूले देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई अतुलनीय सवारी र स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई समर्थन गर्छ । हाम्रो हृदयमा नेपालका लागि विशेष स्थान छ । हामी यस सुन्दर देशमा हाम्रो समुदाय (कोम्युनिटी) वृद्धिका लागि तत्पर छौं,’ उनले थपे । क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखी भारतमा जावा ब्रान्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ । यस ब्राण्डले नेपालका प्रमुख शहरहरू जस्तै काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङ्गमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ ।