काठमाडौं । सवारी चालक अनुमतिपत्रको (ड्राइभिङ लाइसेन्स) अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना प्रकाशन गर्दै अनलाइन प्रणालीमा केही प्राविधिक समस्या देखिएको भन्दै मर्मतका लागि बन्द गरिएको जनाएको हो ।
गत असार १६ गतेदेखि बन्द गरिएको अनलाइन आबेदन ६ महिनापछि अर्थात मंगलबारमात्र खुल्ला गरिएको थियो । लामो समयसम्म अनलाइन आबेदन खुल्ला नहुँदा लाइसेन्सको पर्खाइमा बसेका ग्राहकहरु मर्कामा परेका छन् ।