राजमार्गकाे १० स्थानमा हुन्डाईकाे फ्रि चेकअप क्याम्प
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेनटलले राजमार्गमा हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प सुरु गरेको छ । यो योजना अन्तर्गत कम्पनीले बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सिरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेकअप क्याम्प पोइन्टको स्थापना गरेकाे छ । यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको नि:शुल्क परीक्षण गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क गरिदिने व्यवस्था पनि गरेको जानकारी दिएकाे छ । क्यम्प असोज २४ देखि २६ गतेसम्म बिहान १० बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएकाे छ ।
भ्वाक्सवागनले ल्यायाे दशैंका लागि आकर्षक स्कीम, हेलि राइडदेखि माेटरसाइकलसम्म उपहार
काठमाडौं । नेपालको लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले दशैंलाई लक्षित गर्दै दुई आकर्षक योजना ल्याएको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै भोल्कसवागन सुप्राइज स्कीम ल्याएको हो । यो योजना भ्वाक्सवागनको पोलो र भेन्टो कारमा लागु हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गन भ्वाक्सवागनको पोलो र भेन्टो कार खरिदकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने सक्नेछन् । उनीहरुले उपहार स्वरुप बिएमडब्लु जि ३१० जिएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र ३ जनाले सामसुङ ग्यालेक्सी जेड फिल्प फोन पाउनेछन् । यसका साथै कम्पनीले टाइगुनको टेष्ट ड्राइभ र एक्सचेन्ज क्याम्प संचालन गरिरहेको छ । गत शुक्रबारबाट संचालन भएको यो क्याम्प भोली सकिँदैछ । यस्तै, कम्पनीले भर्खरै मात्र बजारमा ल्याएको भ्वाक्सवागन एसयुभी टाइगुनको लागि एक महिना लामो कार्निभल फेष्ट संचालन गरिरहेको छ । उक्त कार्निभल फेष्ट अविधचर ग्राहकले नगद छुट, लायलटी बोनस, फ्रि एक्सेसोरिज, यो आर्थिक वर्षको सडक कर र दुई वर्षसम्मको वारेन्टी, एक्सचेन्ज बोनस र सजिलै फाइनान्सिङ्को सुविधा पाउनेछन् । कम्पनीले फेष्टमा फेस पेन्टिङ्ग, विभिन्न रोमान्चक खेलका साथै सेलिब्रेटीसँगको भेटघाटको पनि व्यवस्था गरेको छ । यतिमात्र नभएर छोराछोरीसँग मेलामा आएकाे परिवारले गोसाइकुण्डका लागि हेली राइड जित्न सक्नेछन् । जर्मन प्रवविधीबाट बनेको भ्वाक्सवागनको नयाँ एसयुभी टाइगुनमा ४० भन्दा बढी सेफ्टी फिचरहरु रहेको छ । कम्पनीले यसको सुरुवाती मुल्य ५० लाख ९० हजार तोकको छ । यो गाडी शहर, हाइवे र अफरोडमा चलाउनु निकै सजिले र आरमदायी हुने कम्पानीको दावी छ ।
‘फ्रि सर्भिस क्याम्प’ गर्दै गिरी ब्रदर्स अटोपाटर्स, अन्य सेवामा पनि विशेष छुट
काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए । उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् ।