नेपाल भित्रियो फर्मा ट्याक्टर, सर्भिस र पार्टपुर्जामा एक स्टेप अगाडि

<p>काठमाडौं । कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले फर्मा ट्याक्टर सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्याक्टर सार्वजनिक गरेको हो । युरोपेली प्रविधिको ट्याक्टर नेपालमा भित्र्याउँदा कृषिमा आधारित समुदायको गुणस्तर सुधार हुने उद्यम र उद्यमशिलतामा विकास हुने कम्पनीको भनाई छ । कम्पनीले फर्मा ट्याक्टरको वाय गतिय आकार, बलियो संरचना, प्रोजेक्टर हेड [&hellip;]</p>

काठमाडौं । कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले फर्मा ट्याक्टर सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्याक्टर सार्वजनिक गरेको हो ।

युरोपेली प्रविधिको ट्याक्टर नेपालमा भित्र्याउँदा कृषिमा आधारित समुदायको गुणस्तर सुधार हुने उद्यम र उद्यमशिलतामा विकास हुने कम्पनीको भनाई छ ।

कम्पनीले फर्मा ट्याक्टरको वाय गतिय आकार, बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्पहरु, पावर स्टीयरिङ, उच्च ग्राउन्ड क्लियरेन्स र उच्च टोकको सुविधा रहेको बताएको छ ।

कृषि ग्रुपका अध्यक्ष तेज बिक्रम शाहले फर्मा ट्याक्टर तराई तथा पहाडी क्षेत्रमा सजिलै गुडाउन सकिनुका साथै स्मार्ट आई सिस्टम लगायतका सुविधा रहेको पनि बताए ।

‘नेपालभर यसको माग रहेको छ, नयाँ प्रविधिसँग जोड्नका लागि भित्र्याएका हौं, यसमा रहेका विशेषता अन्य कुनै ट्याक्टरमा छन, देशका विभिन्न ठाउँमा डिलर खोलेर बिक्री गर्ने योजना रहेको छ,’ उनले भने ।

याे ट्याक्टरकाे सर्भिस र पार्टहरु अन्य ट्याक्टरभन्दा अगाडि रहेकाे पनि बताए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले विदेशी व्यवसायीहरुलाई नेपालमा उद्योग व्यवसाय गर्न आग्रह गरेका छन् । कार्यक्रममा उनले विदेशी विशेष गरेर भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् ।

कार्यक्रममा उपस्थित भारतीय व्यवसायीहरुलाई इंकित गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि सरकार तयार रहेको बताउँदै नेपालमा आएर लगानी गर्न आग्रह गरेका हुन् ।

उनले कार्यक्रममा भने, ‘नेपालमा श्रम सस्तो छ भारतमा अहिले बिजुली प्रतिलिटर २० रुपैयाँ छ हाम्रोमा ६ रुपैयाँमा दिन्छौं, जग्गा पनि दिन्छौं, तपाईं यहाँ आएर कारखाना खोल्नुस्, तपाईंलाई अन्य सुविधा पनि दिन्छौं, आवश्यक कर छुट पनि दिन्छौं, यहाँबाट उत्पादन अन्य देशमा सप्लाई गर्नुस्, यहाँहरु आउनु भयो भने सरकारले आवश्यक सहयोग गर्नेछ ।’

Share News