विकासन्युज

चन्द्रागिरी हिल्सको नाफा १ करोड ३१ लाख रुपैयाँ, ईपीएस पनि धनात्मक

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ३७ लाख रुपैयाँ नोक्सानी रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी बढेपछि खुद नाफा धनात्मक हुन पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेर १८ करोड ६४ लाख रुपैयाँ, कुल आम्दानी ८७.१७ प्रतिशत बढेर १६ करोड ३२ लाख रुपैयाँ र अन्य आम्दानी २५८.६७ प्रतिशत बढेर ८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३८ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको नाफा बढेसँगै ईपीएस ३ रुपैयाँ ४२ पैसा धनात्मक भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

सपोर्ट लघुवित्तको नाफा ६७.६८ प्रतिशत घट्यो, ईपीएस २.०८ रुपैयाँ

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६७.६८ प्रतिशत घटेर ४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ प्रतिशत घटेर १ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६७.६९ प्रतिशत घटेर ७ लाख ६ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेर ८ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशत घटेर ५ करोड १६ लाख रुपैयाँ,.सापटी ६.२९ प्रतिशत बढेर ९० करोड ८७ लाख रुपैयाँ, निक्षेप ३५ प्रतिशत बढेर २८ करोड ४१ लाख रुपैयाँ र कर्जा २८ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ घटेर २.०८ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.२४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ४.६६ प्रतिशत र कस्ट अफ फण्ड ८.६२ प्रतिशत छ ।

मिथिला लघुवित्तको नाफासँगै ईपीएस घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८.५९ प्रतिशत घटेर ४२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६४ प्रतिशत घटेर २ करोड ३१ लाख  रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.४५ प्रतिशत घटेर २ करोड ४१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ७७.२५ प्रतिशत घटेर ५३ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर १७ करोड रुपैयाँ, जगेडा कोष ७.२१ प्रतिशत बढेर १६ करोड ८ लाख रुपैयाँ,.सापटी १७.२९ प्रतिशत बढेर १ अर्ब २६ करोड ६७ लाख रुपैयाँ, निक्षेप ३६.१५ प्रतिशत बढेर ७४ करोड ६ लाख रुपैयाँ र कर्जा २१.७५ प्रतिशत बढेर २ अर्ब २४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४१ पैसा घटेर १० रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशत र कस्ट अफ फण्ड १५.५१ प्रतिशत छ ।

ज्योति लाइफको चमत्कार, नाफा १३३ प्रतिशत बढाउँदा ईपीएस ३५.३८ रुपैयाँ

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३३.२८ प्रतिशत बढेर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १६ प्रतिशत बढेर ९१ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १५.५१ तिशत बढेर ९४ करोड ४६ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ७८ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३९ प्रतिशत बढेर ७ करोड ४६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ५६.६९ प्रतिशत बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोष ७९.५५ प्रतिशत बढेर १ अर्ब ४० करोड ८ लाख रुपैयाँ र जीवन बीमा कोष ५४.९५ प्रतिशत बढेर ७ अर्ब ४ करोड ६६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३५.३८ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.३२ रुपैयाँ रहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज कात्तिक २५ गते शुक्रबारदेखि चुक्ता पूँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर ०.५५ कित्ता सेयरको अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको उक्त सेयरमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरमा केन्द्रिय कार्यालय र प्रादेशिक कार्यालयमा सम्पर्क गरी आवेदन दिन सकिनेछ । कम्पनीको २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । हो । कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।

१४ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी क्यापिटल

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको चौधौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुँदैछ । कम्पनीको सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे हुनेछ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

सबैको लघुवित्तको २२ हजार ४२ कित्ता सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तका संस्थापक समूहका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हुन् । लघुवित्तको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेपछि इच्छुक अन्य व्यक्ति र संस्थाले आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ बमोजिम उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक लगानीकर्ताले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

डेढ वर्षसम्म पनि त्रिविले नतिजा प्रकाशन गर्न सकेन

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् । जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । ९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।