जनगणनाको पूर्ण विवरण सार्वजनिक गरिँदै
काठमाडौं । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो । राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताउनुभयो । सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना आयोग निर्माण गरी जनसङ्ख्या, विकासका भौतिक पूर्वाधार र सेवाग्राहीको सार्वजनिक निकायमा पहुँचका आधारमा ४६० गाउँपालिका तथा महानगर, उपमहानगर र २९३ नगरपालिका गरी ७५३ पालिका घोषणा गरेको थियो । लामिछानेका अनुसार जनगणनाको पूर्णविवरण सार्वजनिक हुँदा नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवासुविधाको अवस्था, सवारीसाधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायत विकासका आयामको यकिन तथ्याङ्क सार्वजनिक गरिनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
नयाँ सरकार गठनको खेल सुरु
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत अवसर खोजिरहेको छ । उता कांग्रेसभित्र पनि नयाँ सरकार गठनबारे विभिन्न नेताहरूले आन्तरिक छलफल थालेको स्रोतले जानकारी दिएको छ । निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फका सबै परिणाम आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । सो अवस्थामा कांग्रेस र एमालेबीच पनि सरकार गठनमा सहमति हुन सक्ने दखिन्छ भने कांग्रेससहित हाल गठबन्धनमा रहेका दल वा एमालेसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार बन्ने अवस्था आउन सक्छ । त्यो अवस्थामा निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत निर्णायक हुने अवस्था आउन सक्छ । राजधानी दैनिकमा समाचार छ ।
कुमारी बैंकको सेयर कारोबार फुकुवा, कति छ सेयर मूल्य ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेककोसेयर कारोबार फुकुवा गरेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले गत असोज ११ गतेदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का रहेको थियो । दुई बैंकबीच गत असोज १० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ रहेको छ । सोही मूल्यका आधारमा आइतबार बजारमा कारोबार हुनेछ ।
मर्जर प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्स
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीको विशेष साधारण सभा आज मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मर्जर प्रक्रियामा रहेका भएकाले साउन २ गतेदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । त्यसैले साउन २ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले सहभागी हुन पाउनेछन् । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच गत असार ३२ गते १००ः७० को अनुपातले मर्जर सम्झौता भएको थियो । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता प्राप्त गर्नेछन् । मर्जरपछि अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठरहेनछन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् ।
लगानीको अवसर : १ सय रुपैयाँमा सेयर बिक्री गर्न ५ कम्पनीलाई सेबोनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथामिक सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका विभिन्न ५ कम्पनीलाई अनुमति दिएको छ । सेबोने विभिन्न ५ हाइड्रोपावर कम्पनीलाई ३ अर्ब ९८ करोड बराबरको ३ करोड ९८ लाख कित्ता आईपीओका निष्कासन गर्न अनुमति दिएको हो । सेबोनले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड, एशियन हाइड्रोपावर कम्पनी लिमिटेड, शुभम पावर कम्पनी लिमिटेड, सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड र सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यी कम्पनीहरुले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा सेयर निष्कासन गर्नेछन् । माया खोला हाइड्रोपावर कम्पनीलले १ अर्ब रूपैयाँ बराबरको १ करोढ कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । एशियन हाइड्रोपावर कम्पनीलाई ३४.७१ प्रतिशत अर्थात् ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ । सुपर मादी हाइड्रोपावर कम्पनीले २ अर्ब १० करोड रूपैयाँ बराबरको २ करोड १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सुपरमाई हाइड्रोपावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । शुभम पावर कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुकतिनाथ क्यापिटल छ ।
अथर्मन्त्री शर्मा साढे २६ हजारको मतान्तरले विजयी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । पश्चिम रुकुमबाट नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अर्थमन्त्री शर्माले ३९ हजार ५४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत ल्याएका हुन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।
वेस्टर्न युनियनको सुनपती अभियानमा रेविकाले जितिन् १० तोला सुन
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दशैं लक्षित सुनपती अभियानको विजेता घोषणा गरेको छ । दशैं लक्षित सुनपती अभियान रेविका सुनुवार विजेता घोषणा भएकी छिन् । उनले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छिन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो । यस याेजनामा १० तोला सुनबाहेक विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट १०-१० जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म ३०० विजेताले पुरस्कारहरु प्राप्त गरेका छन् ।
नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा छुट पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टमा छुट दिने सम्झौता सम्पत्र भएको हो । उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।