काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । पश्चिम रुकुमबाट नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
अर्थमन्त्री शर्माले ३९ हजार ५४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत ल्याएका हुन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।