विकासन्युज

एनआईसी एशिया बैंकले १ लाख ६२ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकबाट २ संस्थापक सेयरधनी आफ्नो सेय बिक्री गेर बाहिरिने भएका छन् । बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको स्वामित्वमा रहेको १ लाख १२ हजार ४०७ कित्ता र प्रमिला देवी अग्रवालको स्वामित्वमा रहेको ५० हजार गरी कूल १ लाख ६२ हजा ४०७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिद गर्नका लागि बैंकका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएको हुँदा के कति सेयर खरिद गर्ने हो, सो को मूल्य समेत तोकि ३५ दिन भित्र निवदेन पेश गर्नुपर्ने छ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले निवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने ५ र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न २ गरी ७ जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौँको ठूलोभर्याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो । उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितोरूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुर्याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उनले बताए । प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताउनुभयो । यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ । वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा काठमाडौँको कलङ्कीमा मङ्गलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ । बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कायालयबाट संयुक्तरूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको परीक्षणमा १४ सवारीसाधन असफल भए । सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । यस्ता सवारी साधानले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताए ।

पाँचथरमा घरमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति १ व्यक्तिको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको र अन्य २ जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो । स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।

४ कम्पनीलाई आईपीओ निष्काशन गर्न सेबोनको अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वभिन्न ४ कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । सेबोन बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । कम्पनीले पुस ४ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीले पुस ७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले पुस ७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । सगरमाथा हाइड्रोपावरले पनि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले पुस १७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो ।

५ कम्पनीको सेयरमूल्य समायोजन, हिमालयन डिष्टीलरीको प्रतिकित्ता १५११ रुपैयाँ घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी र मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरेको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । साधना लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ९०४.२० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १०७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४१९.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८२१.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १०१०.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । गुराँस लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८००.१९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ८३२.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । हिमालयन डिष्टीलरीको ६० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २५०१८.७५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ४०३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको बोनस सेयर सेयर मूल्यमा समायोजन हुँदा प्रतिकित्ता १ हजार ५११.२५ रुपैयाा घटेको छ ।

नेपाल वायुसेवा निगमले २ वर्षका लागि घरभाडामा दिने

काठमाडौं । नेपाल वायुसेवा निगमले सटर भाडामा दिने भएको छ । निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनमा रहेका पसलहरु २ वर्षका लागि भाडामा दिने भएको हो । प्रधान कार्यालय भवनको पश्चिमतर्फ टेवहाल सडक साइडमा अवस्थित भवनको भुई तल्लामा रहेका पसल कवलहरूको कुल क्षेत्रफल १५८५.५० वर्ग फिट, सोही स्थानको १३३०.४४ वर्ग फिट र उत्तर÷पश्चिमतर्फ रहेको पसल कवलहरूको कुल क्षेत्रफल ३३४४.०० वर्गफिट रहेको स्थानमा भाडामा दिने भएको हो । इच्छुक व्यक्ति, फर्म वा सङ्घ संस्थाहरूले निगमले तोकेको ढाँचामा सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । सूचना प्रकाशन भएको १५ दिनभित्र निगमको केन्द्रीय कार्यालयबाट ३ हजार रुपैयाँ तिरेर बोलपत्र फाराम खरिद गर्न सकिनेछ । उक्त बोलपत्र १६ औं दिनमा बोलपत्र खोलिनेछ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय खुला रहने दिनलाई मानिनेछ । निगमको सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखाबाट विस्तृत जानकारी लिन सकिने जनाएको छ ।

शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्मित दिन

काठमाडौं । शुभम पावरलेवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो । उक्त सेयरमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज पुस २० सम्म आवेदन दिने सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।

विष्णु पौडेल अर्थमन्त्री बनेपछि गभर्नरको ‘ग्रिन सिग्नल’, व्यवसायी र बैंकर्ससँग बढाउन थाले छलफल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेपछि उद्योगी व्यवसायी र बैंकरहरुप्रति गभर्नर महाप्रसाद अधिकारीले लचकता अपनाएका छन् । अर्थतन्त्र सकस अवस्थामा रहेको बेला पनि विभिन्न नीति नियमहरु ल्याएर कडाइ गरिरहेका गभर्नर अधिकारी यस बेला भने उद्योगी व्यवसायीहरुलाई राष्ट्र बैंकमै बोलाएर समस्या पहिचान गर्ने र त्यसलाई समाधान गर्नतर्फ लागेका हुन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग विवादकै कारण पनि उनीहरुबीच ट्युनिङ मिलिरहेको थिएन । त्यसको परिणाम स्वरुप अर्थमन्त्री शर्माले उनलाई बर्खास्त गर्नसम्मको प्रयास गरे । गभर्नर अधिकारीलाई निलम्बन समेत गरियो । पछि सर्वोच्च अदालतले उनको पुनरवहाली गरायो । त्यसको रिस साँध्न अधिकारीले कुनै विषयको वास्ता नगरी काम गरिरहेको र नीति नियम पनि कडाइका साथ कार्यान्वयन गर्नतर्फ अग्रसर भएको आरोप उनीमाथि थियो । लामो समयसम्म शर्मा र अधिकारीबिच विवाद कायमै रह्यो । तर, अहिले नयाँ सरकार बनेसँगै पौडेल अर्थमन्त्री बनेका छन् । जसलाई धेरैले पौडेल र अधिकारीको ट्युनिङ मिल्ने अपेक्षा गरेका छन् । पौडेल अर्थमन्त्री बनेकै दिनदेखि सेयर बजार पनि बढिरहेको छ भने कारोबारमा पनि उल्लेख्य सुधार आएको छ । अर्थमन्त्री पौडेलले समेत एक महिनाभित्र उद्योगी व्यवसायीका माग पूरा गर्ने प्रतिवद्धता गरिसकेका छन् । निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुसँग छलफल गर्दै उनले निजी क्षेत्रका माग पुरा गर्ने प्रतिबद्धता गरेका हुन् । उनको प्रतिवद्धतापछि गभर्नर अधिकारी पनि उद्योगी व्यवसायी र बैंकर्सहरुसँग नियमित छलफल गरिरहेका छन् । सोमबार मात्रै निजी क्षेत्रसँग छलफल गरेका गभर्नर अधिकारीले मंगलबार बैंकर्ससँग पनि छलफल गरेका छन् । अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग छलफल गरेका थिए । गभर्नर अधिकारीले मंगलबार पनि चालू पुँजी कर्जा मार्गनिर्देशनका विषयमा बैंकरसँग छलफल गरेको बुझिएको छ । बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा लगायतसँग गभर्नर अधिकारीले छलफल गरेका हुन् । एक बैंकका सीईओले चालू पुँजी कर्जा मार्गदर्शनको विषयमा गभर्नर अधिकारीसँग छलफल भएको जानकारी दिए । उनका अनुसार मार्गदर्शनमा कार्यन्वयनका चुनौति र शंसोधन गर्नु पर्ने विषयमा छलफल भएको धारणा राखे । बैंकर्स संघको तर्फबाट पहिलो नै लिखित सुझाव पठाइसकेको र सोही विषयमा केन्द्रित भएर छलफल भएको ती बैंकरले बताए । ती बैंकरका अनुसार अहिले नै लागू गर्दा समस्या हुने र संशोधन गरेर लागू गर्नेमा सबै सकारात्मक भएको धारणा राखेको बताए । ‘सैद्धान्तिक रुपमा मार्गदर्शन सही भएपनि तत्कालको लागि सही होइन, यसमा केही विषयहरु संशोधन गर्नु पर्ने हाम्रो धारणा थियो, यसमा गभर्नरज्यू सकारात्मक हुनुहुन्थ्यो,’ ती बैंकरले भने । निजी क्षेत्रले सोमबारको छलफलमा पुराना ऋणीको हकमा चालुपूँजी कर्जा मार्गदर्शमा भएको व्यवस्था अनुसार समायोजन गर्न ३ वर्षसम्मको वर्षको समय दिनुपर्ने माग गरेका थिए । मार्गदर्शन संशोधनबारे छलफल समेत गर्न नचाहने गभर्नर अधिकारी पौडेल अर्थमन्त्री बनेपछि भने नियमित छलफलमा व्यस्त हुन थालेका छन् ।