धितोपत्र बोर्डमा कर्मचारी अभाव हुँदा विदामा पनि काम गर्नुपर्छ : कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले कर्मचारी अभाव हुँदा विदाको दिन पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा ७ जना मात्र कर्मचारी रहेको र विदाको पनि काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘बोर्डमा कार्यकारी निर्देशक १, उप कार्यकारी २ र निर्देशक ४ जना मात्रै कार्यरत छन्,’ उनले भने । यद्यपि कर्माचारी अभावको बावजुत पनि महिनाको २ वटा आईपीओ र १४ वटा डिबेन्चर जारी गर्न दिइएको बताए । ‘काम गर्दा गर्दै पनि मर्चेन्ट बैंकरहरुले काम ढिला भएको आरोप लगाउछन, तर बोर्डले सोधेको प्रश्न वा जवाफको उत्तर आउन ढिला आउँदा यस्तो भएको हो, यदि धितोपत्र बोर्डले सोधेको जवाफ समयमा आयो भने समयमै स्वीकृत दिन्छौं,’ उनले भने । उनले डिस मिडिया नेटवर्कले जवाफ ढिलो दिँदा २०७७ मा बोर्डमा दर्ता भएपनि स्वीकृत ढिलो भएको बताए । समयमा सबै डकुमेन्ट आए २र३ हप्तामा स्वीकृत दिइने गरेको उनी बताउँछन् ।
७ वर्षमा पनि बनेन भेरी नदीको पुल
जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन । सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरु हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पस्टिकरण पेस नभएमा सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ । यस अवधिमा केही काम भए पनि मजदूरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताए । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदूरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदूर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदूरले ६ लाख रुपैयाँ रकम नपाएको बताउनुभयो । मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैंक ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल नौ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो । रासस
नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता : मन्त्री खान
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । निर्माणाधिन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानले बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको जानकारी पनि गराए । जवाफमा महासंघ अध्यक्ष सिंहले ऐन कानून अद्यावधिक गर्दा महासंघ लगायतका सरोकारवाला निकायसँग आवश्यक छलफल गर्न मन्त्री खानको ध्यानाकर्षण गराए । महासंघले मन्त्री अब्दुल खान समक्ष निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे अवगत गराएको छ । मन्त्री खानसँगको भेटमा अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने बताए । मोबिलाइजेशन पेश्कीको दुरुपयोग गर्नेलाई कानून अनुसार कार्बाही गर्न सकिने भन्दै अध्यक्ष सिंहले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूलाई ठूलो आर्थिक मार परेको बताए । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको प्रति अध्यक्ष सिंहले मन्त्री खानको गम्भीर ध्यानाकर्षण गराए । महासंघले क्रसर उद्योग संचालनमा देखिएको समस्या, धरौटी रकम फिर्ता, पाँच प्याकेजको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा पनि आफ्नो लिखित धारणा मन्त्री खान समक्ष पेश गरेको छ । महासंघ प्रतिनिधिमण्डलले मन्त्री खानको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू अशोक कुमार केसी, प्रमोद लामिछाने र कार्यालय प्रमुख प्रेमसिंह रहेका थिए ।
काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू
काठमाडौं । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयको अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो । खुमलटार र नार्गाजुन नगरपालिकामा संक्रमण दखिएको स्थानको पन्छी नष्ट गरिसकिएको र तारकेश्वरमा भने नष्ट गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
२५५ बैंक वित्तीय संस्था मर्जरमा, १८३ को लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्म २५५ बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्तिमा सामेल भएको जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको बताएको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसमध्ये १८३ संस्थाहरुको इजाजत खारेज हुन गई ७२ संस्था कायम भएका छन् ।
कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्समा १० प्रतिशत छुट
काठमाडौं । कुमारी बैंकका ग्राहकले माइकल ग्रिल्समा विशेष छुट पाउने भएका छन् । कुमारी बैंक र माइकल ग्रिल्सबीच कुमारी बैंकको ग्राहकहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका अनुसार डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्सको मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने बैंकले जनाएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
६/७ हप्तामा एसएमई प्ल्याटफर्म लागू हुन्छ : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ६/७ हप्तामाभित्र एसएमई प्ल्याटफर्म लागू हुने बताएका छन् । सोमबार काठमाडौंमा आफ्नो ११ महिनाको काम सार्वजनिक गर्दै हमालले साना तथा मझौला कम्पनी (एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी छिट्टै एसएमई प्ल्याटफर्म लागू हुने बताएका हुन् । उनले एसएमई प्ल्याटफर्म लागू गर्न सके बजारको लागि सुनौलो हुने बताए । यस्तै, हमालले सेबोनको इतिहासमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा पहिलोपटक २ जनालाई कारबाही गरेको बताए । काम सार्वजनिक गर्दै हमालले ब्रोकरको शाखा खोल्न धेरै कुर्नु नपर्ने बताएका छन् । उनले १५ दिनभित्र यसको लागि स्वीकृत हुने बताए ।
धितोपत्र बोर्ड अध्यक्षको पत्रकार सम्मेलन || LIVE ||
धितोपत्र बोर्ड अध्यक्षको पत्रकार सम्मेलन || LIVE ||