माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३२ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ कराेड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ । यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो । बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।
सिद्धार्थ बैंकको नाफा साढे १ अर्ब, सहजमा सीडी रेसियो
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको नाफा २८ प्रतिशतले घटेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले तेस्रो त्रैमाससम्म कुल २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८९ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको तेस्रो त्रैमासमा ३.९७ प्रतिशत खराब कर्जा देखिएको छ भने ८३ प्रतिशत सीडी रेसियो कायम भएको छ । गत आवको सोही त्रैमासकाे अवधिमा बैंकको खराब कर्जा १.१२ प्रतिशत र सीडी रेसियो ८९.७५ प्रतिशत थियो ।
प्रभु बैंकको २ अर्ब नाफा, सेञ्चुरीलाई गाभेपछि कस्तो आयो ब्यालेन्सिट ?
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब नाफा गरेको हो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत सीडी रेसियो कायम भएको छ । प्रभु बैंकले गत पुसमा सेञ्चुरी बैंकलाई गाभेको थियो । एकीकृत कारोबार नहुँदै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ७५ करोड नाफा, १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । सो अवधिमा प्रभु बैंकको एनपीएल १.२१ प्रतिशत र सीडी रेसियो ८२.११ प्रतिशत थियो । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकमा १ अर्ब १ करोड खुद नाफा गरेको छ भने ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप, ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, सेञ्चुरी बैंकको खराब कर्जा १.६० प्रतिशत र सीडी रेसियो ९३.५७ प्रतिशत थियो ।
तेस्रो त्रैमासमा नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफा १८ प्रतिशतले घटेको देखिएको छ । यस्तै, बैंकले तेस्रो त्रैमासमा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप र १ खर्ब ६८ रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७७.७५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको २.०६ खराब कर्जा र ९०.३६ प्रतिशत सीडी रेसियो थियो ।
नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्ब, सीडी रेसियो ह्वात्तै घट्यो
काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको खराब कर्जा ०.८ र सीडी रेसियो ८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१४ प्रतिशत र सीडी रेसियो ९५.३५ प्रतिशत थियो । बैंकले सीडी रेसियो ह्वात्तै घटाउन सफल भएको छ ।
कुमारी बैंकको नाफा पौने २ अर्ब, एनपीएल बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्र्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ प्रतिशत रहेको छ । कुमारी र एनसीसी बैंकबीच गत पुसमा एकीकृत कारोबार भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो ।
महिन्द्राको एक्सयूवी ३०० नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य ?
काठमाडौं । महिन्द्राले एक्सयूवी३०० गाडी सार्वजनिक गरेको छ । नेपालको लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुपले बिहिबार एक कार्यक्रम गर्दै एक्सयूवी३०० मोडलको सार्वजनिक गरेको हो । अग्नि ग्रुपका अनुसार एक्सयूवी३०० मोडलको गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसका कारण एक्सयूवी३०० नेपालको सबैभन्दा सुरक्षित सवारी मध्यको एक रहेको पनि बताइएको छ । एक्सयूवी३०० मा पेट्रोल म्यानुअल इन्जिन र ७ रंग सहित चारवटा भेरियन्टमा उपलब्ध छ । डब्लू ४, डब्लू ६, डब्लू ८ र डब्लू ८ ओ भेरियन्टमा यो गाडी रहेका छ । यो गाडीमा जडान भएको शक्तिशाली इन्जिन, उत्कृष्ट सुविधाले गर्दा आकर्षक लुक्स देखिन्छ । जसका कारण आरामदारयी यात्रा गर्न कम्पनीले जनाएको छ । डुअल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधाहरू एक्सयूवी३०० मा रहेका छन् । एक्सयूवी३०० मा १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० पीयस र २०० एनएम टर्क प्रदान गर्ने पनि बताइएको छ । यस गाडीमा ६ स्पीड म्यानुअल गियरबक्स रहेका छन् । ५ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टा गतिमा कुद्ने एक्सयूवी३०० टर्बोस्पोर्टको यो गाडी सबै भन्दा छिटो कुद्ने बताइएको छ । जसको मूल्य ४२ लाख रुपैयाँ निर्धारण गरिएको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेशनल अपरेसन प्रमुख सचिन आरोलकरले एक्सयूवी३०० गाडीलाई नेपालमा ल्याउन पाउँदा उत्साहित रहेको बताए । ‘हामी विश्वस्त छौं, एक्सयूवी३०० को सुविधा र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ, यस गाडीमा यात्रा आरमदायी हुनको साथै यो नेपाली बाटोमा सुहाउँदो छ,’ उनले भने । यस्तो छ मूल्य
परम्परागत वैदेशिक लगानी कम गरी नयाँ औजार प्रयोग गर्छाैं : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी गर्न अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिहरुसँग भेट गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् । उनले विदेशी संस्थालाई नेपालमा लगानी विस्तारका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको समेत बताए । ‘नेपालको विकासमा नीजि क्षेत्रको पूँजी र कर्जा विस्तार गरी लगानी बढाउन छलफल भइरहेको छ, प्रक्रिया र नीतिगत सहजीकरण गर्न सरककार तयार छ,’ उनले भने । लगानी आकर्षित गर्ने विषयमा डिएफआईका प्रतिनिधिहरुले ६ वटा सुझाव प्रस्तुत गरेका थिए । मन्त्री डा.महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रको बारेमा मन्त्री महतले जानकारी गराएका थिए । ‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ, यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ,’ उनले भने । सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेकाले अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्ने उनको भनाइ छ ।