हिमालयन बैंकको नाफा बढ्यो, ब्याज आम्दानी ९३ प्रतिशतले वृद्धि
काठमाडौं । हिमालयन बैंकले चालू आथिैक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेकाके थियो । बैंकले गत आवको सोही त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमाम २४.४६ प्रतिशत बढी नाफा गरेको हो । बैंकले यो अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही त्रैमासको तुलनामा ९३ प्रतिशतले बढेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले यो अवधिमा २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही त्रैमासको तुलनामा निक्षेप ५६.५४ प्रतिशत र कर्जा ६१ प्रतिशतले बढेको छ । बैंकको यो अवधिमा खराब कर्जा ५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.९९ रहेको थियो । यो एक वर्षको अवधिमा बैंकको खराब कर्जा ३६० प्रतिशतले बढेको देखिएको छ । यो अवधिसम्म बैंकको सीडी रेसियो ९०.५० प्रतिशत कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ नोक्सानीमा छ ।
ब्याज आम्दानी बढेपनि किन घट्यो प्राइम बैंकको नाफा ?
काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.३५ प्रतिशत घटेर २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत बढेर ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६३ करोड ५१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खराब कर्जा २.१२ प्रतिशत बढेर ३.०६ प्रतिशत पुगेको छ । जसकारण बैंकले ९९ करोढ ८६ लाख रुपैयाँ प्रोभिजन राख्नुपर्ने भएकाले नाफा घट्न पुगेको हो । बैंकको निक्षेप संकलन ३.८६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ र कर्जा प्रवाह ३.४४ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकले सीडी रेसियो ८९.१३ प्रतिशत कायम राख्न सफल भएको छ । बैंकको चुक्ता पूँजी ४ प्रतिशत बढेर १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १०.१७ प्रतिशत बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ। नफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर १६.९६ रुपैयाँमा सीमित भएको छ ।
एभरेष्ट बैंकको नाफा ६२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ३ अर्ब
काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेर ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५० करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्म बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर १० अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोष १.०३ प्रतिशत बढेर १३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप संलकन ७.७७ प्रतिशत बढेर १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ र कर्जा १६० प्रतिशत बढेर १ खर्ब ६० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८६.८२ प्रतिशत कायम राखेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जादर ०.४४ प्रतिशत बढेर ०.७ प्रतिशत पुगेको छ ।
एनएमबि बैंकको नाफा साढे २ अर्ब, एनपीएल ३ प्रतिशत पुग्यो
काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप ७ प्रतिशत बढेर १ खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ र कर्जा १ खर्ब ८५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले सीडी रेसियो ८७.०८ प्रतिशत कायम राख्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५० प्रतिशत बढेर २.९६ प्रतिशत पुगेको जनाएको छ । बैंकको जगेडा कोषमा १२.३५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ रकम जम्मा रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंकको नाफा ४ अर्ब माथि, जगेडा कोष १७.२१ अर्ब पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.३८ प्रतिशत बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.५९ प्रतिशत बढेर ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशत भन्दा तल नै कायम राख्न सपल भएको छ । बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ । वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
नाफामा नम्बर वान बन्यो नबिल, ईपीएस कति पुग्यो ?
काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नापा ५२.६२ प्रतिशत बढेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ । बैंकको तथ्याङ्क अनुसार वितणयोग्उ नाफा १ अबए ७७ करोड २० लाख रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ ।
महालक्ष्मी विकास बैंकको नाफा ३६ करोड, सीडी रेसियो ७९ प्रतिशत
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले सो नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो । तर, गत आवको सोही त्रैमासको तुलनामा नाफा आधाले घटेको हो । बैंकले यो अवधिमा ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४१ कर्जा रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही त्रैमासमा बैंकले ४१ अर्ब ७७ करोड निक्षेप संकलन र ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको सीडी रेसियो ७९ प्रतिशत कायम भएको छ भने खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ । गत आवको सोही अवधिमा बैंकको सीडी रेसियो ८९.९८ प्रतिशत र खराब कर्जा २.८९ प्रतिशत थियो ।
अधिकांश बैंकको नाफा घट्यो, डेढ खर्ब बढी प्रोभिजन गर्नु पर्ने
काठमाडौं । वाणिज्य बैंकहरुको चालू आर्थिक वर्षको तेस्रो त्रैमास निराशाजनक देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको वित्तीय विवरण खासै सन्तोजनक नदेखिएको हो । हामीलाई प्राप्त अधिकांश बैंकहरुको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । अहिले वाणिज्य बैंकहरुको ४८ खर्ब बढी कर्जा लगानी गरेका छन् । त्यसमा वाणिज्य बैंकको औसतमा ३.५ प्रतिशत खराब कर्जा आउने देखिन्छ । यस हिसाबमा बैंकहरुले साढे १ खर्ब बढी प्रोभिजन गर्नु पर्ने देखिएको छ । कुनै बैंकहरुको खराब कर्जा ४ प्रतिशत बढी छ । हामीलाई प्राप्त तथ्यांक अनुसार ८ वाणिज्य बैंकको औसत खराब कर्जा ३.२ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.७९ प्रतिशत थियो । दोस्रो त्रैमासमा यो बैंक नाफामा नम्बर वान बनेको थियो । कृषि विकास बैंकको नाफा २ अर्ब कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंक स्रोतका अनुसार ९ महिनाको अवधिमा २ अर्ब बढी नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशतमा झारेको बैंकले जनाएको छ । बैंकको आधार दर १० प्रतिशतको हाराहारीमा छ । बैंकले गत वर्षकोभन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा ४ प्रतिशतमा झरेको बैंकले बताएको छ । यसअघि दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यद्यपी गत वर्षको चैत मसान्तसम्म २.३२ प्रतिशतखराब कर्जा थियो । बैंक स्रोतका अनुसार आर्थिक वर्षको असार मसान्तमा १ प्रतिशतमा खराब कर्जा झार्ने लक्ष्य राखेको छ । कुमारी बैंकको नाफा पौने २ अर्ब चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ रहेको छ । कुमारी र एनसीसी बैंकबीच गत असोजमा मर्जर सम्झौता भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो । नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्ब नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको खराब कर्जा ०.८ र सीडी रेसियो ८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१४ प्रतिशत र सीडी रेसियो ९५.३५ प्रतिशत थियो । बैंकले सीडी रेसियो ह्वात्तै घटाउन सफल भएको छ । नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफा १८ प्रतिशतले घटेको देखिएको छ । यस्तै, बैंकले तेस्रो त्रैमासमा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप र १ खर्ब ६८ रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७७.७५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको २.०६ खराब कर्जा र ९०.३६ प्रतिशत सीडी रेसियो थियो । प्रभु बैंकको २ अर्ब नाफा प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमाको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत सीडी रेसियो कायम भएको छ । प्रभु बैंकले गत पुसमा सेञ्चुरी बैंकलाई गाभेको थियो । एकीकृत कारोबार नहुँदै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ७५ करोड नाफा, १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । सो अवधिमा प्रभु बैंकको एनपीएल १.२१ प्रतिशत र सीडी रेसियो ८२.११ प्रतिशत थियो । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकमा १ अर्ब १ करोड खुद नाफा गरेको छ भने ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप, ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, सेञ्चुरी बैंकको खराब कर्जा १.६० प्रतिशत र सीडी रेसियो ९३.५७ प्रतिशत थियो । सिद्धार्थ बैंकको नाफा साढे १ अर्ब चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको नाफा २८ प्रतिशतले घटेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले तेस्रो त्रैमाससम्म कुल २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८९ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको तेस्रो त्रैमासमा ३.९७ प्रतिशत खराब कर्जा देखिएको छ भने ८३ प्रतिशत सीडी रेसियो कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.१२ प्रतिशत र सीडी रेसियो ८९.७५ प्रतिशत थियो । माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३२ करोड माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ । यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संक्लन गरेको छ भने १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो । बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।