विकासन्युज

बेलायती विशाल ऊर्जा कम्पनी नाफामा

बेलायत । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८।७ बिलियन डलर ६।७ बिलियन युरो पुगेको छ । जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३।९ बिलियन डलर शुल्क लिएको थियो । रासस

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

गलेश्वर । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन: विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैँसी पालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । उपल्लो दरवाङको केबि एकेडेमी नजिकै २०७७ सालदेखि भैँसीपालन गरेका पौडेलले छ भैँसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आएका छन् । प्रतिलिटर रु एक सय २० का दरले दूध बिक्री गर्दा पौडेलले दैनिक रु चार हजार आठ सय कमाइ गर्छन् । दूध बिक्रीबाट मासिक एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सबै खर्च कटाएर मासिक ८० हजारभन्दा बढी बचत गर्ने गरेका छन् । विसं २०७७ मा रु १२ लाखको लगानीबाट भैंँसी पालन सुरु गरेका पौडेलले अहिले लगानी बढाएर रु २० लाख जति खर्च भएको बताए । भैँसीपालनसँगै बाख्रापालन र तरकारी खेतीसमेत गरेका पौडेलको सबैतिरबाट आम्दानी जोड्दा मासिक रु एक लाखभन्दा बढी हुन आउँछ । ‘विदेशमा अरुको अधिनमा रही काम गर्दा पनि रु ४० हजारभन्दा बढी कमाइ हुँदैन्थ्यो’, पौडेलले भने, ‘यहाँ आफ्नै गाउँमा परिवारसँगै बसेर काम गर्ने हो भने रु एक लाखभन्दा बढी मासिक कमाइ गर्न सकिँदो रहेछ ।’ पौडेलले क्रस जातका बाख्रा पालेका छन् । पाङ्गारिक मलबाट तरकारी खेतीसमेत गरेका पौडेल आफ्नो काम र कमाइ दुवैबाट सन्तुष्ट छन् । ‘मलाई पनि सुरुमा विदेश जान पाए के के न हुन्छ होला जस्तो लाग्थ्यो, जब विदेश गएर त्यहाँका दुःख अनि त्यति दुःख गर्दा हुने आम्दानी देंखे, त्यसपछि विदेश बस्न मन लागेन र आफ्नै ठाउँमा आएर भैँसीपालन सुरु गरेको हुँ’, उनले भने । दरवाङ गाउँपालिकाको कृषि तथा भेटेरनरी शाखाबाट भकारो सुधारका लागि उनले चालु आर्थिक वर्षमा रु दुई लाख अनुदान पाउनुबाहेक स्थानीय तहबाट अरु कुनै सहयोग प्राप्त हुन नसकेको बताए । ‘आफ्नै गाउँमा केही गर्छु भनेर लागेका युवालाई स्थानीय तहले सहयोग गर्नुपर्छ, सरकारी अनुदान र सहयोगमा आफन्त, नातागोता र राजनीतिक आस्था हेरिनुहुन्न, यसो भयो भने मात्र सरकारले दिने सहयोग वास्तविक किसानसम्म पुग्छ र किसान प्रोत्साहित हुन्छन्’, पौडेलले भने । म्याग्दीबाट बर्सेनि विदेशिने युवाको लर्को लाग्ने गर्दछ । चालु आवको चैत मसान्तसम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ ले राहदानी लिएका जनाइएको छ । गत आव २०७८/७९ मा कार्यालयबाट चार हजार ७४ ले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले गत वर्षभन्दा यस वर्ष राहदानी लिने सङ्ख्या बढेको बताए । राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक व्यक्ति राहदानी बनाउने पनि छन् । अमेरिका, युरोप, अस्ट्रेलिया, जापानसँगै खाडी मूलुकमा रोजगार, व्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेकोे सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताए । अध्ययनका लागि विदेश पलायन हुने अधिकांश अध्ययनका लागिभन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । रासस

इसेवाले ल्यायो १ रुपैयाँमै ४ जनाको लागि स्वास्थ्य सेवा

काठमाडौं । इसेवाले एकमा ४ अफर ल्याएको छ । इसेवाले १ भन्दा कममा चारजना आफन्त र साथीभाईको पूर्ण हेल्थ केयर खरिद गर्न सकिने अफर ल्याएको हो । यस अफर अन्तर्गत दैनिक १ भन्दा कम रूपैयाँमै आफुसहित अन्य चार जना आफन्त तथा साथीभाईको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक १ भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरि आफुसहित साथीभाईलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफु, आफ्नो परिवार तथा साथीभाईलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा एक लाख भन्दा बढिको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रू पाँच सय छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण, बाँझपनको उपचारका जटिलता, मानसिक, जन्मजा, एचआइभी, रक्सी, आत्महत्या, वैकल्पीक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परिक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिने छैन । यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सकिनेछ ।

१२ अंकले बढ्यो नेप्से, नबिल बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

काठमाडौं । बिहीबार सेयर बजार १२.७३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर १८६९.७३ विन्दुमा पुगेको छ । आज २५ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ । कम्पनीको बिहीबार सेयर प्रति कित्ता सेयर मूल्य ८.३६ रुपैयाँले बढेको छ । यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.८० प्रतिशत-२०७७/७८ ले प्रति कित्ता ५१.९० रुपैयाँ गुमाएको छ । यस्तै, आज सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ४ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यातायात मन्त्रीले नै पाएनन् सवारी लाइसेन्स

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले एक वर्ष पुग्दा पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको सहकार्यमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारी सम्बन्धी छलफलमा बोल्दै आफ्नो लाइसेन्स एक वर्ष पुग्दा पनि नपाएको मन्त्री ज्वालाले बताएका हुन् । ‘विभागका कर्मचारीलाई लक्षित गर्दै उनले भने, ‘मलाई मन्त्री ज्युको लाइसेन्स बनाइदिनु पर्यो भन्दै हुनुहुन्थ्यो, मैले जुन समयमा लाइसेन्स आउँने हो, त्यही समयमा लिन्छु भने, लाइसेन्स लिनको लागि लामो समयसम्म बस्नु पर्ने बाध्यतालाई कसरी अन्त्य गर्न सकिन्छ, त्यसतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ ।’ मन्त्री ज्वालाले इम्बोस्ड नम्बरको विषय अनेकौं विवादबाट अगाडि बढिरहेको बताउँदै त्यसलाई कसरी सहज बनाउने भन्ने तर्फ लागेको पनि बताए । ‘प्रिन्ट भइसकेका नम्बर प्लेटलाई खेर जान दिनु पनि भएन, त्यसमा ठूलो रकम खर्च भइसक्यो, त्यसैले नम्बर प्लेट प्रिन्ट भइसकेको अङग्रेजीमा र अब प्रिन्ट गर्नेमा नेपाली पनि राख्ने छौं, भोलिका दिनमा इम्बोस्ड नम्बर नेपालीमा गर्न सक्ने बाटो खोलौं भन्ने निर्णय गरेका छौं,’ उनले भने । मन्त्री ज्वालाले सोही क्रममा आगामी आर्थिक वर्ष २०८०/८१ को तयारी र छलफलमा रहेको पनि बताए । उनले पूर्वाधारको विकासमा सरकारले प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । ‘हामी आउँदा आउँदै बजेटको चपेटामा परेका छौं, एका तिर बजेटको चपेटा अर्को तिर आर्थिक सङ्कटको चपेटा छ, बजेट राम्रो बनाउनको निमित्त अर्थतन्त्र राम्रो हुनु पर्यो, आर्थिक अवस्था समस्याग्रस्त छ,’ उनले भने । यस्तै, ज्वालाले अर्थ मन्त्रालयबाट पूर्वाधार मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटको सिलिङ १ सय १३ अर्ब रुपैयाँको मात्र दिइएको बताए । उनका अनुसार आगामी आवमा गौरवका आयोजनामा आधा बजेट घटाउनु पर्ने बाध्यता रहेको छ । पूर्वाधार क्षेत्र नेपालको पहिलो प्राथमिकता पर्ने कुरामालाई पनि ज्वालाले जोड दिए । आगामी बजेट आएपछि अहिले भएका टेन्डरलाई अगाडि बढाउने नै तयारी रहेको पनि ज्वालाले जानकारी दिए । उनले आगामी आवबाट ईभीका सवारीलाई प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको बताउँदै ईभीका सार्वजनिक सवारीमा मान्छेको आकर्षण बढाउन आवश्यक रहेको बताए ।

‘उपप्रधानमन्त्री बनिसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे । ‘एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन, यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,’ उनले भने । उनले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए । उनले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताए । उनले भने, ‘विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुने छ । यसका लागि शाखाले बैंक तथा वित्तीय संस्थालाई अभिमुखीकरण गरेको छ । उनीहरुको मागअनुसार ‘युजर म्यानुअल’समेत तयार भइसकेको छ ।’ नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत एनओसीका आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । राष्ट्र बैंककले जारी गरेको परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध नो अब्जेक्सन सर्टिफिकेटसम्बन्धी विवरण यकीन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ । अहिले सरोकारवाला निकायका ‘सफ्टवेयर’ शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ । कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्नसक्ने अवस्थामा नभएका कारण केही ढिलाइ भइरहेको एनओसी शाखा प्रमुख वस्तीले जानकारी दिए । ‘यसका लागि २५ भन्दाबढी सरोकारवाला निकायसँग समन्वय आवश्यक हुन्छ’, उनले भने, ‘राहदानी विभाग, विश्वविद्यालय, अध्यागमनलगायतका सरोकारवाला निकायसँगको समन्वय आवश्यक हुन्छ ।’ सबै सरोकारवाला निकायले अनलाइनमार्फत सेवा प्रवाह गरेका मात्रै एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्नसक्ने उनको भनाइ छ । सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो । सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्णरुपमा अनलाइन गर्न लागिएको हो । हाल अनलाइनमार्फत् आवेदन दिइ रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गइ लिनुपर्ने व्यवस्था छ । तर अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो । रासस

नक्कली शरणार्थी प्रकरणमा निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा निर्दोष पर्न नहुने बताएका छन् । सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ उनले भने । उनले दोषी उम्काउने आफुहरुको प्रयास नहुने र निर्दोषलाई फसाउन खोज नसहने बताएका छन्