विकासन्युज

जेठमा बैंकहरुको कर्जाको ब्याजदर घट्ने, निक्षेपको भने स्थिर रहने

काठमाडाैं । जेठमा वाणिज्य बैंकहरुकाे निक्षेपको ब्याजदर स्थिर रहने भएकाे छ । बिहीबार बसेकाे बैंकर्स संघको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए । यद्यपि बैंकहरुले जेठमा निक्षेपको ब्याजदर नघटाए पनि कर्जाको ब्याजदर भने घट्ने भएकाे छ ।हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो । पछिल्ला महिनाहरुमा बैंकहरुको आधार दर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो । हाल कर्जाको औसत ब्याजदर १३.३ प्रतिशत छ ।

बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा भइन र जागिर छाडेँ

काठमाडौं । नेपाल प्रहरीका पूर्व एसपी लब बिष्टले डा. आरजु देउवालाई लक्षित गर्दै पैसाको बिटोसहित नभेट्दा आफ्नो बढुवा रोकिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बिष्टले डा. देउवाको नाम नलिइकन लेखेका छन्, ‘बि सं २०७३ मा Seniority मा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदा हुँदै पनि नोटको बिटो सहित बिमलेन्द्र निधि मार्फत बुढानीलकण्ठ बस्ने भाउज्यू लाई चाकडी गर्न मनले नमान्दा बढुवा हुन बाट बन्चीत भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको ।’ उनले आफू प्रहरी सेवामा रहँदा राजनैतिक आक्रमण भएको भन्दै पहिलो आक्रमण सप्तरीबाट दार्चुलामा सरुवा गरेर गरिएको बताएका छन् । सो सरुवा गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र नेपाली कांग्रेस सप्तरीका नेता रामकुमार चौधरी गराएको उनले आरोप लगाएका छन् । ‘ बि सं २०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरेको । कारण: रूपनी का निमुखा गांउले हरुलाई फसाउन रचिएको झुठा डांका मुद्दा दर्ता गर्न नमानेको । सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी (प्रजातन्त्रका सेनानी श्री गीरीजा प्रसाद कोइरालाका बिश्वास पात्र) ।’ विष्टले लेखेको स्टाटस https://www.facebook.com/chintan55/posts/10218611678042675

आन्तरिक उडानका लागि २ वटा जहाज किन्दै निगम

फाइल फाेटाे काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि २ थान जहाज खरिद गर्ने तयारी गरेको छ । हाल अन्तराष्ट्रिय र दुर्गमका रुटमा मात्रै उडान गर्दै आएको निगमले ट्रक रुटमा उडान गर्न एटीआर जहाज खरिद गर्ने तयारी गरेको हो । केही समय अघि निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानकोलागि स्टोल (सर्ट टेक अफ एन्ड लेन्ड) जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ । शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने जहाज खरिदका लागि निगमले उपसमिति गठन गरेको छ । निगममले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार उक्त समितिलाई २१ दिनको समय दिईएको छ । समितिले अध्ययन गरेर बुझाएको प्रतिवेदनका आधारमा जहाज खरिद गर्ने तयारीमा निगम रहेको छ । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका शहरी क्षेत्रबाट प्रादेशिक उडान गर्नेछ । नेपाल एयरलाइन्सले हाल २ वटा ट्वीनअट्टर जहाजबाट हिमाली क्षेत्रको उडान गर्दै आएको छ । ट्रक रुटका लागि भनेर ल्याईएको चिनियाँ जहाज चलाउन नसकेको निगमले एटीआर ७२ जहाज खरिद गर्ने योजना बनाएको छ । ६ थान चिनियाँ जहाज २०७६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे मै थन्किएर बसेका छन् ।

एशियन पेन्ट्सको कलर नेक्स्ट २०२३ सम्पन्न

काठमाडौं । एशियन पेन्ट्स नेपाले कलर नेक्स्ट २०२३ आयोजना सम्पन्न गरेको छ । उक्त पेन्ट्समा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्टको सहभागिता रहेको थियो । एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक योगदान पु¥याउँदै आएको कम्पनीले जनाएको छ । साथै, वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गरेको छ । उक्त्त कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता र संयुक्त कार्यशाला गर्नुपर्ने हुन्छ । साथै, अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रम बिहीबार हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका हुन् । पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख कन्ट्री हेडजी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए । साथै, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको कम्पनीले जनाएको छ ।

टोपबहादुरजी यसरी सम्पर्कविहीन होलान् भनेर सोचेको थिइन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सांसद टोपबहादुर रायमाझी यसरी सम्पर्कविहीन होलान् भनेर नसोचेको बताएका छन् । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ,’ उनले भने आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले रायमाझीलाई बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उनी नआएको बताए । यस्तै, ओलीले रायमाझीनिकटले आफूलाई फोन गरेर कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको पनि बताए ।

समस्याग्रस्त दुई सहकारीका बचतकर्ताले पाए पैसा, थप १० वटाको फिर्ता गर्ने तयारी

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए । सहकारीका सञ्चालक र ऋणीको बैंक खाता रोक्का गरेपछि आएको पैसाले बचतकर्ताको बचत फिर्ता गरिएको उनले बताए । सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेपछि जारी गरेको सूचनाअनुसार कुवेर सहकारीका १० बचतकर्ताले समितिसँग ८४ लाख बचत दाबी गरी निवेदन पेस गरेका थिए । ती सबैको बचत फिर्ता गरिएको हो । दश बचतकर्ताको वचत फिर्ता गरेपछि अन्य १२ बचतकर्ताले पनि ५० लाख माग दाबी गरी निवेदन पेस गरेका छन् । यसअघि समितिले स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेडका बचतकर्ताको पनि सबै बचत फिर्ता गरिएको जानकारी गराएको थियो । बाँकी रहेका १० समस्याग्रस्त सहकारीमध्ये ओरेन्टल कोअपरेटिभ लिमिटेडमा चार हजार तीन सय बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको छ । ओरेन्टलले बचतकर्र्तालाई तीन अर्ब ५० करोड बचत फिर्ता गर्नुपर्नेछ । सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट कोअपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ताका लागि पनि काम भइरहेको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख पौडेलले बताए । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापनका लागि समितिको गठन भएको हो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रही समस्याग्रस्त सहकारी व्यवस्थापनको काम गर्दै आएको छ । रासस

अर्थतन्त्र संकटमा हुँदा कार्यकर्तालाई पैसा बाँड्नु भ्रष्टाचार हाे : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे । उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गरे ।

चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थाल्याे सामान, एक कन्टेनर आउन १ महिना

चौतारा । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिए लगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् । ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’, तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले बताए । निर्यातका लागि खुलेपनि आंशिक भइरहेको उनको भनाइ छ । अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडिबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म पु¥याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासासम्म जाने कुरा होइन निकासी मात्रै हो’, प्रमुख भन्सार अधिकृत केसीले भने । तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्याइ छ । उनका अनुसार पहिला खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हुँदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो । त्यतिबेला मात्रै खासामा होटल सञ्चालनलगायत गतिविधिमा तिब्बतीयन बाहेक पाँच सय नेपाली स्थायी झैँं बसोबास गरेका थिए । तर खासा अहिले सुनसान छ । निकासी खुलेपनि नेपालबाट हस्ताकला सामग्री बाहेक अन्य वस्तु निर्यातको सम्भावना नभएकोे भन्सार अधिकृत केसी बताउँछन् । अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६/७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन् । बैठकमा व्यापारीले खासासम्म आफूहरु जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरेपनि उनीहरु सकरात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउँछन् । यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा ‘क्यू सिस्टम’मा छ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन् । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा अहिलेसम्म दुई अर्ब २० करोड उठेको छ । अहिले चीनले ‘ट्रेड च्यानल’मा सामग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामा बताउँछन् । अहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ । जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उनले बताए । रासस