टोपबहादुरजी यसरी सम्पर्कविहीन होलान् भनेर सोचेको थिइन

<p>काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सांसद टोपबहादुर रायमाझी यसरी सम्पर्कविहीन होलान् भनेर नसोचेको बताएका छन् । &#8216;मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ,&#8217; उनले भने आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले रायमाझीलाई बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उनी नआएको बताए । यस्तै, ओलीले [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सांसद टोपबहादुर रायमाझी यसरी सम्पर्कविहीन होलान् भनेर नसोचेको बताएका छन् ।

‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ,’ उनले भने

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले रायमाझीलाई बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उनी नआएको बताए ।

यस्तै, ओलीले रायमाझीनिकटले आफूलाई फोन गरेर कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको पनि बताए ।

Share News