वैदेशिक रोजागारीबाट फर्केकाको पुनःस्थापनामा ध्यान दिन आग्रह
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज एक विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन, कानून, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गर्न माग गरेको हो । रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गर्न आग्रह गर्दै फेडेरेसनले वैदेशिक रोजगाबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरी उनीहरुको सीप, पूँजी र प्राविधिक ज्ञानको पहिचान सहितको श्रमिक तथ्याङ्क बैंक स्थापना गरी देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारलाई सुझाएको छ । फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सरकारीस्तरबाट बर्सेनि रिटर्नीको नाउँमा रकम विनियोजन हुने तर सम्बन्धित पक्षसँग नपुगी कार्यान्वय निकाय तथा बिचौलियामार्फत् विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृतिको अन्त्य गरी त्यस्तो रकम बीऊपूँजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताए। विदेश जानुपूर्व प्रदान गरिने अभिमुखिकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त रिटर्नीको सहभागिता अनिवार्य गनुपर्नेमा जोड दिँदै फेडेरेसनले रिटर्नी लक्षित सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रमा रिटर्नी प्रतिनिधीको सहभागिताको सुनिश्चिता गर्न माग गरेको छ । रासस
सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु
काठमाडौं । सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ इलेक्ट्रिक कार ई–सी३ को बुकिङ खुला गरेको छ। उक्त कार भारतमा २०७९ को फागुनमा लन्च गरिएको थियाे। याे इलेक्ट्रिक कारको मूल्य भारतमा ११ लाख ५० हजार भारुबाट सुरु हुन्छ भने नेपालमा यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने बताइएकाे छ । ४२ किलोवाटको मोटर जडान भएको यो इलेक्ट्रिक कार लाइभ, फिल, फिल भाइब प्याक, फिल डुअल–टोन भाइब गरी चार भेरिएन्टमा उपलब्ध छ। सिट्रोन ई–सी३ मा २९.२ केडब्लुएचको ब्याट्री प्याक दिइएको छ जसले ५७ बिएचको पावर र १४३ एनएमको टर्क जेनेरेट गर्छ। सिट्रोनको याे ईभीले ८ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने दाबी गरिएको छ। याे ईभीको ब्याट्रीलाई फुल चार्ज गर्न १० घन्टा लाग्छ भने डिसी फास्ट चार्जरबाट १ घन्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एकपटक फुल चार्ज गरेपछि याे कार ३ सय २० किलाेमिटर सम्म कुदाउन सकिने बताइएको छ । यो कारमा अटोमेटिक ड्राइभका लागि ई–टगल स्विच तथा सामान राख्न ३ सय १५ लिटरको बुट स्पेस दिइएको छ । यसमा ३५ स्मार्ट फिचर, २६ सेन्टिमिटर टचस्क्रिनसहितको वायरलेस स्क्रिन मिररिङ, स्टेयरिङ ह्विलमा अडियो र फोन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा एलइडी डिआरएल जस्ता थुप्रै फिचर उपलब्ध छन् ।
उपकार लघुवित्तमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रबन्धकका लागि केही र जुनियर फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि संस्थाले सहायक प्रबन्धकको हकमा अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नकोत्तर तह उत्तीर्ण गरेको र जुनियर फिल्ड सहायकको लागि प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीका अनुसार ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्लकचेनको बारेमा सम्पन्न गर्यो ज्ञान आदान प्रदान सत्र
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले डिजिटल ट्रेड फाइनान्स नेटवर्क कम्पनी कन्टूरसँगको साझेदारीमा नेपाल राष्ट्र बैंकसँग ब्लकचेनको बारेमा ज्ञान आदान प्रदान सत्र सम्पन्न गरेको छ । उक्त कार्यक्रममा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजीका फाइदाहरू, यो प्रयोग गरिएको केसहरु र यसले वर्तमान प्रणालीको असक्षमताहरू हटाएर व्यापार वित्तलाई कसरी मद्दत गर्न सक्छ भन्ने विषयमा छलफल गरिएको थियो । डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी (डिएलटी)ले व्यापार वित्तिय लागत कम गर्न र प्रभावकारिता बढाउन विश्वव्यापी व्यापारलाई संगठित बनाउँदै गइरहेको छ । व्यापार रुपान्तरणको लागि डिएलटीको प्रयोगले एउटै प्लेटफर्ममा खरीददार र विक्रेतालाई तत्काल पहुँच र वास्तविक समय दृश्यता प्रदान गर्दै लेनदेन, रियल टाइम ट्रान्जेक्सन हेर्न सक्दछन् । कन्टूर अन्तराष्ट्रिय व्यापारमा लामो समयदेखि रहेको असक्षमतालाई हटाउन विश्वका ५० देशका अग्रणी ट्रेड बैंक र उद्योग साझेदारहरुमा स्थापना भएको हो । उक्न अन्तकृिया कार्यक्रममा निकै नै लाभादायी भएकाे बैंकले जनाएको छ ।
इजी सर्भिसले ल्यायो ९९९ रुपैयाँमा नै एसी इन्टलेसन गर्ने सुविधा
काठमाडौं । इजी सर्भिस नेपालले ९९९ रुपैयाँमा नै एसी इन्टलेसन गर्ने सुविधा ल्याएको छ । एयर कण्डिसनर एसी जडान गर्नलाई एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाज, लगायतका ब्राण्डहरूको एसी जडान गर्नलाई अब मात्र ९९९ रुपैयाँ लाग्ने भएको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले वार्षिकरुपमा एसी मर्मत संभार गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९ रुपैयाँमा नै एसी मर्मत गरिदिने उल्लेख गरेको छ। हाललाई यो सुविधा काठमाडौं उपत्यकाको लागी मात्र रहेको छ भने पछि अन्य सहरहरूमा पनि विस्तार गरिदै लगिने कम्पनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए । इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर ईसीआरसीद्वारा संचालित र अधिनमा रहेको छ। ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसूई लगायत विभिन्न ब्राण्डको आधिकारीक सर्भिस सेन्टर चलाईरहेको छ। साथै, कम्पनीले हाल टिभी, एसी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, माईक्रो ओभन, कोल्ड रूम, लगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ। यसको लागि कम्पनीका देशभरी नै ३५ ओटा लोकेसन र १२० जना भन्दा वढी टेक्निसियन र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ।
नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड
काठमाडाैं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघकाे काठमाडाैंमा सम्पन्न २३ औं वार्षिक साधारण सभा/अधिवेशनबाट दुगड दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानीलाई पनि सर्वसम्मत चयन गरेको छ । यस्तै, सभाले महासचिवमा राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
आइआइएमएस कलेजद्वारा चाँगुनारायणको बागेश्वरीमा वृक्षारोपण (फोटोफिचर)
काठमाडौं । आइआइएमएस कलेजले चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा वृक्षारोपण कार्य गरेको छ । आइआइएमएस कलेज र चाँगुनारायण नगरपालिका वडा नम्बर ७ को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य भएको हो । कलेजले ४५ र वडाले १२ वटा गरी ५७ वटा समी, धुपी लगायत विभिन्न जातका बिरुवा रोपेको कलेजका डाइरेक्टर बृहत वाेश्वा बताए । वृक्षारोपण कार्यक्रममा कलेजबाट १५ जना भन्दा धेरै विद्यार्थीहरु साइक्लिङको माध्यमबाट सहभागी भएका थिए भने शिक्षक र विद्यार्थी गरी झण्डै ५० जनाको सहभागिता समेत रहेको थियो । चाँगुनारायणको सडक हरियाली गर्ने कार्यक्रममा कलेजको वृक्षारोपण कार्यक्रमले सहयोग पुगेको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनले आफ्नो वडालाई हरियाली वडाको रुपमा विकास गर्ने उद्देश्य राखेकोले सो वृक्षारोपण अभियानलाई निरन्तर अगाडि बढाउने उनले बताए । कलेजले पढाइको अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, वातावरण तथा सहयोगको क्षेत्रमा कार्य गर्दै आएको छ । सोही सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै सो कार्यक्रम गरेको एकेडेमिक डाइरेक्टर विश्वाले बताए ।
डेरी उद्योगीको चेतावनी : दुग्ध विकास बोर्ड खारेजीको निर्णय र्फिता नलिए आन्दोलन गर्छौं
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको छ । दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गरी किसानलाई विभिन्न सहुलियतका प्याकेजहरु ल्याउने बोर्ड नै खारेजीमा परेपछि सरोकारवाला निकायहरु विरोधमा उत्रिएका छन् । सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग डेरी उद्योगीहरुले राखेका छन् । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन गर्दै उद्योगीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन । नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसनलगायतका डेरी उद्योगसँग सरोकार राख्ने निकायहरु एक हुँदै उक्त निर्णय सच्याउनुपर्ने माग राखेका हुन । नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष टेकबहादु्र थापाले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पु¥याइरहेको डेरी उद्योगको नियमक निकाय खारेजी हुनु दुःखद् रहेको बताए । सरकारको यस निर्णयले डेरी क्षेत्रलाई थप जोखिमतर्फ धकेलेको उनको बुझाई छ । सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेर बोर्डमा उचित बजेटको व्यवस्था गर्न उनको माग छ । डेरी उद्योगलाई संरक्षण गर्ने कुनै न कुनै निकाय चाहिने भन्दै उनले दुग्ध विकास बोर्ड खारेजीको कुनै औचित्य नरहेको बताए । केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले राष्ट्रिय दुग्ध विकास बोर्ड किसानले आफ्ना कुरा राख्ने ठाउँ भएको बताउँदै यसको खारेजीको कुनै औचित्य नै नरहने बताए । नेपाल डेरी एशोसिएनसनको अध्यक्ष प्रल्हाद दाहालले राज्यले अहिले जे गर्नुपर्ने त्यो नगरिरहेको र जे नगर्नुपर्ने त्यो गरिरहेको आरोप लगाए । सरकारले भारतबाट ल्याउने भनिएको मुर्रा प्रजातिको भैंसीमा पनि निक्कै टीकाटिप्पणी भएको प्रति उनले आपत्ति जनाए । कृषि र उत्पादनका क्षेत्रमा नीति नियम बनाउने र प्रवर्दन गर्ने संस्था सरकारले खारेज हुन नहुने उनको माग छ । भेटेनरी एसोशिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले सरकारको दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति आफूहरुको आपत्ति रहेको बताए । दुग्धजन्य उत्पादनका क्षेत्रमा देश आत्मनिर्भर हुनै लागेको अवस्थामा नियमनकारी निकाय नै खारेज हुनु आफैं दुःखद् भएको उनको भनाई छ । सरकारले दुग्ध विकास बोर्ड खारेजीको निर्णय नसच्याएको खण्डमा आफूहरु सडक संघर्षमा आउने उनले चेतावनी दिए । सरकारले अध्ययन र सरोकारवाला निर्णयसँग परामर्श नै नगरी खारेजीको निर्णय गरेको उनको आरोप छ ।