नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबीच सम्झौता, ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार
काठमाडाैं। नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका सम्पूर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बिच “जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसंग महानगरपालिका कार्यक्रम” सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरुको परिक्षण गर्नेछ । महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र । उक्त सम्झौैता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारिरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दिर्घकालसम्म चलिरहने समेत बताए । त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोहि पनि नागरिकहरु पहँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले संघले देशैभरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनिकरणमा जनप्रतिनिधिहरुले निर्वाह गरेको महत्वपुर्ण भुमिकाका लागि धन्यबाद दिँदै आगामी दिनमा पनि नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणका लागि तिनै तहका सरकारहरुसंग सहकार्य र समन्वय गरि अगाडी बढ्ने समेत बताए । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका कोषाध्यक्ष द्रोणप्रसाद गुराँगाई, महानगरका विभिन्न वडाका वडाध्यक्ष एबं विभिन्न संघ संख्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
सिटिजन्स बैंकले एकैचोटी संचालनमा ल्यायो थप ५ शाखाहरु
काठमाडौं । सिटिजन्स बैंकले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा थप ५ शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ संचालनमा ल्याएको छ । यो संगै बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
अर्थ समितिमा प्लास्टिकको बोतल निषेध
काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा प्लास्टिकका बोतल निषेध गरिएको छ । समितिको बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि समितिले स्टील तथा सीसाको भाडाँ प्रयोगमा ल्याएको हो । बुधबार बिहान बसेको समितिको बैठकमा प्लास्टिकका बोतल हटाएर पुनः प्रयोग गर्न मिल्ने स्टील तथा सीसाका भाडाँ सञ्चालनमा ल्याईएको समितिका सदस्य विराजभक्त श्रेष्ठले जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सो कुरा जनाएका हुन् । ‘पर्यावरण संरक्षणमा सानो उपलब्धि । अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसा को भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद । सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ । नेपालको जय होस्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
११ महिनामा भित्रियो ४३ अर्बभन्दा बढीको सुन
काठमाडौं । सुनको आयात ४३ अर्बभन्दा बढी भएको छ । सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ । गत वर्ष ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । बजारमा सुनको मूल्य सामान्य घटेर एक लाख १० हजार रुपियाँमा कारोबार भइरहेको छ । गत जेठ महिनामा एक लाख १२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो समय सामान्य घटेर एक लाख १० हजार रुपियाँमा झरेको छ । सुनको मूल्य बढ्दै गएकाले कारोबारमा गिरावट आएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार हाल दैनिक १० देखि १५ किलो सुन मात्र कारोबार हुने गरेको छ ।
असार लागेसँगै बढ्न थाल्यो सरकारको खर्च, तीन दिनमा ३३ अर्ब भुक्तानी
काठमाडौं । असार लागेसँगै सरकारी खर्चमा वृद्धि भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा मात्रै ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयले असार २१ गतेसम्म मात्रै भुक्तानी हुने र त्यही अनुसार गर्न कोष तथा लेखा नियन्त्रक र प्रदेश लेखा नियन्त्रकलाई निर्देशन समेत दिइसकेको छ । सोही निर्देशन अनुसार यसअघि काम भएर पनि भुक्तानी रोकिएका विभिन्न परियोजनाको रकम एकैपटक ठूलो रकम भुक्तानी भएको हो । कार्यालयको तथ्यांक अनुसार गत शुक्रबारदेखि सोमबारको तीन दिनको अबधिमा मात्रै ३३ अर्ब ८ करोड ८४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । जसमा गत शुक्रबार ५ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ, आइतबार १८ अर्ब १६ करोड ७० लाख र सोमबार ९ अर्ब १२ करोड ६५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । चालु आर्थिक वर्षको साउनदेखि सोमबारसम्मको तथ्यांक अनुसार १२ अर्ब ६३ करोड १७ लाख ८६ हजार रुपैयाँ बराबरको खर्च भएको छ । साढे ३ खर्ब नोक्सानीमा सरकारी कोष चालु आर्थिक वर्ष सकिन १२ दिन बाँकी रहदा सरकारी कोष साढे ३ खर्ब बढी नोक्सानीमा पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च बढी भएपछि सोमबारको तथ्यांक अनुसार सरकारी कोष ३ खर्ब ५३ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ बराबरको नोक्सानीमा पुगेको हो । आयात न्यून हुँदा सरकारको राजस्व आम्दानीको प्रमुख स्रोतका रूपमा रहेका भन्सार महसूल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क आदि शिर्षकमा राजश्व संकलनमा कमी आएको छ । अहिलेसम्म खर्च भएको रकममध्ये ६२ प्रतिशत रकम चालू शीर्षकमा खर्च भएको छ । नियमित तलबभत्ता, प्रशासकीय खर्च, सामाजिक सुरक्षाभत्ता, प्रदेश र स्थानीय तहहरूलाई अनुदानका रूपमा यस्तो खर्च हुन्छ । अर्थ मन्त्रालयका अधिकारीहरूले चालू प्रकृतिको दायित्व असाध्यै उच्च रहेका कारण सरकारलाई वित्तीय व्यवस्थापन गर्नै चुनौती भइरहेको बताउने गरेका छन् । सरकारले आम्दानी कम र खर्च धेरै भइरहेपछि आन्तरिक र बाह्य ऋण मार्फत स्रोत व्यवस्थापन गरिरहेको छ । यो वर्ष बजेटले चार खर्ब ९८ अर्ब रुपैयाँ ऋण लिने तयारी भएको उल्लेख गरेको थियो । सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर, अहिलेसम्म सङ्कलन भएको राजस्व लक्ष्यको तुलनामा करीब ६१.७ प्रतिशत मात्रै हो । बाँकी १२ दिनमा लक्ष्य अनुसारको बाँकी राजस्व सङ्कलन नहुने प्रस्ट छ । उक्त लक्ष्यमध्ये सोमबारसम्म ८ खर्ब ६५ अर्ब ६८ करोड २९ लाख रुपैयाँ बराबर मात्रै असुल गरेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा सोमबारसम्म लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रुपैयाँ मात्रै अनुदान आएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म १२ खर्ब ६३ अर्ब १७ करोड ८६ लाख बराबर खर्च भएको छ । असार १८ गतेसम्म चालु खर्च ७९ दशमलव ०४, पुँजीगत खर्च ४४ दशमलव ८२ र वित्तीय व्यवस्थातर्फको खर्च ६८ दशमलव ३९ प्रतिशत बराबर छ ।
३० वर्ष उमेरपछि कपाल किन सेतो हुन्छ ?
काठमाडौं । उमेर बढेसँगै कपाल सेतो बन्ने विषय हामी सबैका लागि सामान्य विषय हो । हरेक १० वर्षमा ३० वर्ष उमेर पुगेपछि कपाल सेतो हुने प्रकृया १० देखि २० प्रतिशतले बढ्दै गएको छ । बर्मिघम विश्वविद्यालयकी प्राध्यापक मेलिसा ह्यारिसले ६० वर्ष नाघेका ९१ प्रतिशत मानिसको कपाल सेतो हुने गरेको बताएकी छन् । मान्छेको उमेर बढ्दै गएपछि कपाल सेतो हुने विषय सामान्य मानिएपनि कपाल किन सेतो हुन्छ भन्ने जिज्ञासा पनि धेरै मानिसहरुको रहेको पाइन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार हाम्रो कपाल, आँखा र छालामा मेलानिन नामक पिग्मेन्ट हुन्छ । जसले कपालको रङ निर्धारण गर्नमा महत्वपूर्ण भूमिका खेल्छ । मेलानिन दुई प्रकारका हुन्छन् । पहिलो – कालो, खैरो र सुनौलो कपालमा पाइने युमेलेनिन र दोस्रो – रातो कपालमा पाइने फेओमेलानिन । कोशिकाहरुमा मेलानिनको कमिले कपाल सेतो हुन्छ सोधकर्ताहरुका अनुसार जुन कोशिकाहरद्वारा मेलानिन बन्ने काम गर्छ, त्यो कपालको कपालको जरासँग टाँसिएको हुन्छ । मेलानिन पिग्मेन्ट कपालको फोलिकलको आधारमा हुन्छ । कपालको फोलिकल छालाको दुई माथिल्लो भागमा रहेको हुन्छ । जसले कपाललाई वृद्धि गर्न मद्दत पुर्याउँछ । मेलानिन पिग्मेन्ट मेलानोसाइट्स भनिने कोशिकाहरुले बनाउने काम गर्छ । जसले कपालमा पिग्मेन्ट पुर्याउने काम गर्छ । मेलानोसाइट्स कोशीकाहरु उमेरको वृद्धिसँगै घट्न थाल्छन् । जसले गर्दा मेलानिन पिग्मेन्ट कम हुन्छ र कपाल सेतो हुन थाल्छ । किनकी पिग्मेन्टको अभावकै कारणले कपाल सेतो हुन्छ । कपाल सेतो हुनुको कारण सिडिके प्रोटिन मानिसमा हुने तनावको असर छाला तथा कपालमा पनि पर्ने गर्छ । न्युयोर्कको कोलम्बिया युनिभर्सिटी इरविंग मेडिकल सेन्टरले पहिलो पटक यो विषयलाई पुष्टि गरेको छ । अनुसन्धानका अनुसार साइक्लिन डिपेन्डेन्ट किनेसेस (सिडिके) नामक विशेष प्रोटिनले कोशिकालाई नोक्सान गर्न थाल्छ । मानिस तनावमा भएको बेला यो प्रोटिन तिव्र गतिमा बन्ने काम गर्छ । त्यसैले, तनाव धेरै लिने मान्छेको कपाल सेतो हुन्छ । तनावका कारण मानिसको कोशिकाको पावर हाउस भनेर चिनिने माइटोकन्ड्रियामा परिवर्तन हुने गर्छ । जसका कारण कपालमा पाइने धेरै प्रोटिन परिवर्तन हुन्छ र कालो कपालको रंग सेतो हुन्छ । सोधकर्ताहरुका अनुसार कपालको रंग परिवर्तन हुँदा करिब तीनसय प्रकारका प्रोटिनमा पनि परिवर्तन हुन्छ । बेलायतको म्यानचेस्टरमा गरिएको एक अनुसन्धानमा पुरुषहरुको तुलनामा महिलाहरुको कपाल तिव्र गतिमा सेतो हुने पाइएको छ । जसका कारणले महिलाहरु पुरुषहरुको तुलनामा ६ वर्ष बढी वृद्ध देखिने गर्छन् । अनुसन्धानका अनुसार महिलाहरुमा ३४ वर्षपछि कपाल सेतो हुने प्रकृया शुरु हुने गर्दछ भने पुरुषहरुमा ३३ वर्षपछि कपाल सेतो हुन शुरु गर्छ ।
बैंकका सीइओसँग निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तर्क्रिया : सानालाई पनि ऋणमा जोड दिऔं
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले मौजुदा सुरक्षण कार्यक्रममा पुनरावलोकनका साथै नयाँ सुरक्षण कार्यक्रमको आवश्यकता पहिचान सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । कोषले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र कर्जा विभाग प्रमुखहरुको उपस्थितिमा “बैक वित्तीय संस्थाहरुको कर्जा सुरक्षण आवश्यकता र निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमहरुको अवस्था” विषयक आधा दिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा कोषको सञ्चालक समितिका सदस्यहरु, बिभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु, नायव प्रमुख कार्यकारी अधिकृतहरु, कर्जा विभागका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका अन्य प्रतिनिधिहरु, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका विकास साझेदार संस्थाका प्रतिनिधिहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारी र सञ्चारकर्मीहरु समेत गरी १२० जना बढी व्यक्तिको सहभागिता रहेको कोषले जनाएको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले साना निक्षेपकर्तालाई बैंक वित्तीय संस्थाहरुप्रतिको विश्वास अभिवृद्धि गर्न र साना कर्जाहरुको सुरक्षण मार्फत् न्यून आय आर्जन भएका गरिब जनतामा कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी गरीवी निवारण गर्नका लागि कोषले महत्वपूर्ण योगदान गरेको बताइन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा जोखिमलाई न्यूनीकरण गर्ने विभिन्न साधनहरुमध्ये सुरक्षण कार्यक्रम एक महत्वपूर्ण पक्ष रहेको विषयलाई प्रकाश पार्दै उनले यस प्रकारको जोखिम व्यवस्थापन गर्ने संस्थाको रुपमा रहेको कोषले आफ्नो जोखिम कोषलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसारको व्यवस्था गर्नु पर्ने बताइन् । साथै उनले व्यवसायको दायरा र क्षेत्र विस्तारको लागि मौजुदा सुरक्षण कार्यक्रमलाई बजार माग अनुसार परिमार्जन गर्दै नविन कार्यक्रम तर्जुमामा सूचना प्रबिधिको उच्चतम प्रयोग र संस्थागत सुशासनमा केन्द्रीत रहनुपर्ने बताइन् । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषको छोटो इतिहास, हाल सञ्चालनमा रहेका कर्जा सुरक्षण सम्बन्धी मौजुदा कार्यक्रमहरु तथा भावि योजनाहरु समावेश भएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोषले आफ्नै ढंगबाट कर्जा सुरक्षणका कार्यक्रमहरु विकास गर्ने र बैंक तथा वित्तीय संस्थाले त्यसलाई आत्मीयताका साथ स्वीकार नगर्ने हो भने त्यसको कुनै औचित्य नरहने कुरालाई कोषले गहन रुपमा लिएको हुँदा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत सबै सरोकारवालाहरुसँग सार्थक राय सुझावको कोषले अपेक्षा गरेको बताए । नेपाल बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष सन्तोष कोइरालाले कार्यक्रम एकदम सफल रहेको बताउँदै कोषले निक्षेप सुरक्षण बापत लिने सुरक्षण शुल्कमा पुनरावलोकन गरे बैंक वित्तीय संस्था लाभान्वित हुने बताए । त्यस्तै डेभलपमेन्ट बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष बोधराज देवकोटाले निक्षेप सुरक्षणको कुरामा नै जोड दिँदै विकास बैंक पनि हाल निकै सबल रुपमा स्थापित भएको अवस्थामा विकास बैंकलाई पनि कोषको लगानी निर्णयमा सहभागी गराउन सके विकास बैंक लाभान्वित हुने उल्लेख गरे । साथै विकास बैंकलाई पनि बैंक वित्तीय संस्था खारेजीमा जाँदा चयन गरिने एजेन्ट बैंक छनौटमा प्राथमिकता दिनुपर्ने उनले बताए । वित्त कम्पनी एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष रविचन्द्र गुरुङ्गले वित्त कम्पनीलाई पनि कोषको लगानी निर्णयमा सहभागी गराउन सके वित्त बैंक लाभान्वित हुने बताए । कोषका प्रमुख कार्यकारी अधिकृतले पेश गरेका भावी योजनाहरु असाध्यै राम्रा भएका तर कुरामा मात्रै सीमित नरही कार्यान्वयनमा समेत जाने अपेक्षा उनले व्यक्त गरेका छन् । यसका साथै अन्य सहभागीहरुले साना तथा मझौला उद्यम व्यवसायलाई परिभाषित गर्ने कोषको नियममा रहेको व्वस्था तथा अन्य सरोकारवालाहरुको परिभाषासँग एकरुपता नरहेको लगायत कोषको सुरक्षण कार्यक्रममा भएका कमीकमजोरी औंल्याउँदै मननयोग्य सुझावहरु दिएको कोषले जनाएको छ । कोषका प्रमुख कार्यकारी अधिकृतले बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित सबै सरोकारवालाहरुसँगको निरन्तर छलफल र संवाद मार्फत बजारको सुरक्षणको आवश्यकतालाई पहिचान गरी मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु यकीन गरी सुरक्षण कार्यक्रममा परिमार्जन तथा संशोधन गर्ने र नयाँ नयाँ सुरक्षणका थप योजनाहरु विकास गर्ने कोषको सदैव प्रयास रहने कुरामा सबै सरोकारवालाहरुलाई आश्वस्त रहन आग्रह गरेका छन् । कोषका विशेषज्ञ सञ्चालक प्रकाशजंग थापाले बढ्दो व्यवसायिक आकार, उपलब्ध अवसर, सूचना प्रविधिको उपयोग, जोखिम जस्ता पक्षलाई उपयुक्त तवरले सम्बोधन गर्न रणनीतिक योजना सहित अगाडी बढ्न आवश्यक रहेको औंल्याउँदै कोषको रणनीति तर्जुमामा कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरेका छन् ।
कामना सेवा विकास बैंकले विद्यार्थीलाई दियो पोशाक
काठमाडौं । कामना सेवा विकास बैंकले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बैंकले शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा.पा वडा नं. ५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई सोमबार पोशाक हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको छ । बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले श्री गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।