ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको प्रयोग गर्दा ५ सय रुपैयाँँ पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन् । कार्तिक ३ सम्म चल्ने बैंकका यस अभियान अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको कम्पनीले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न मिल्दैन, अब १२ करोडको सीमा तोक्नु हुँदैन’
काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले सेयरधितोमा १२ करोडको सीमा तोक्नु नहुने बताएका हुन् । ‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्नु हुँदैन, जोखिम देख्नु हुँदैन, १२ करोडमा जोखिम देख्नु हुँदैन, जोखिमभार १५० प्रतिशत राखिराख्नु हुँदैन, बजार बुम भइरहेको बेला जोखिमभार राख्नु हुँदैन, उनले भने । बजार बुम भइरहेको बेला जोखिमभार राख्नु नहुने बताउँदै पूर्व अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बोर्डको भूमिका पनि मुल्यांकन गर्नुपर्ने बताए । सरकारले कान खोलेर सुन्यो भने अहिलेको समस्या समाधान हुने तर अहिले सरकारले अर्थतन्त्र सुधार गर्न कुनै पहल नगरेको उनको भनाई छ । ‘निर्यात आधा भइरहेको छ, यसले हाम्रो व्यापार कस्तो छ भन्ने दखाउँछ, अर्थतन्त्र राम्रो छ भनेर सुन्दा सुन्दै कान पाकिसक्यो, जिम्मेवारी पन्छाउने काम सरकारबाट भइरहेको छ,’ खतिवडाले भने । प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले जिम्मेवारीपूर्वक काम गर्न नसकेका उनको भनाई छ ।
जलविद्युतको आईपीओ र हकप्रदमा सेबोनको कडाइ, अब ६५ प्रतिशत काम सम्पन्न भएकै हुनु पर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको सेयर निष्काशन प्रक्रियामा कडाई गर्ने तयारी थालेको छ । अब भौतिक पूर्वाधारतर्फ कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको जलविद्युत कम्पनीले मात्रै आईपीओ निष्काशन गर्न अनुमति पाउने भएका हुन् । बोर्डका पदाधिकारी र जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ( ईपान) का पदाधिकारीबीच भएको छलफलमा सो व्यवस्थासहित अन्य विभिन्न व्यवस्था धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा थप गर्ने सहमति भएको धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । उनका अनुसार जलविद्युत कम्पनीले आफ्नो उद्देश्य अनुसारको कार्य गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको प्रगति कम्तिमा ५० प्रतिशत कार्य सम्पन्न भएको विवरण कम्पनीले ऋण लिएको सम्बन्धित बैंकले प्रमाणित गरेको विवरणसहित बोर्डमा आवेदन प्रकृया अगाडि बढाउन सक्ने छ । जलविद्युत कम्पनीहरुले आईपीओबाट संकलन भएको रकम बैंकको ऋण भुक्तान प्रयोजन वा चालु परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिवद्धता पेश गर्नुपर्ने सेबोनले व्यवस्था गर्ने भएको हो । साथै, जलविद्युत कम्पनीको परियोजनाको इन्टर्नल रेट अफ रिटर्न १२ प्रतिशतभन्दा बढी भएको कम्पनीले मात्रै आईपीओ निष्काशन अनुमति पाउने प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस्तै, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रही कारोबार भईरहेकोमा जलविद्युत कम्पनीहरुले निष्काशन गर्ने हकप्रद सेयर निष्काशनलाई व्यवस्थित गर्न धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा विभिन्न व्यवस्था थप गर्ने सहमति भएको उनले बताए । जलविद्युत कम्पनीले नयाँ परियोजनामा लगानी गर्ने गरी हकप्रद निष्काशन गर्ने भएमा कम्पनीको नेटवर्थ चुक्ता पूँजी भन्दा कम नरहेको हुनुपर्ने छ । तर, यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागू गर्ने श्रेष्ठले बताए । साथै बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीको हकमा लागू नहुने व्यवस्था गर्नेछ । त्यस्तै, सूचीकृत जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएमा आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन भईसकेको हुनुपर्ने, आईपीओ निष्काशनका बखत कै परियोजनामा थप लगानी गर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्नुपर्ने अवस्था भएमा हालको व्यवस्था लागू हुने, हकप्रद सेयर निष्काशन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुई पटकमा उठाउन सक्ने व्यवस्था गर्नेछ । सूचीकृत जलविद्युत कम्पनीहरुको संस्थापक सेयरको लकइन पछि बिक्री गर्ने व्यवस्था सम्बन्धमा लगानीकर्ताहरुबाट गुनासो प्राप्त भएको सन्र्दभमा उक्त कार्यलाई पारदर्शी बनाउन जलविद्युत कम्पनीको नियमावलीको व्यवस्था अनुरुपको लकइन अवधि सकिए पश्चात संस्थापकको रुपमा रहेका सेयरधनीले सेयर बिक्री गर्नका लागि कम्पनीले अनिवार्य रुपमा विद्युतको व्यापारिक उत्पादन गरेको हुनुपर्नेछ । सेयर बिक्री गरेपछि हुने संचालक समितिको परिर्वतन सम्बन्धमा जलविद्युत कम्पनीको संचालक समितिबाट निर्णय गरी कम्पनीको आगामी साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने र सोको जानकारी बोर्डमा समेत गराउनुपर्ने छ । जलविद्युत कम्पनीको संस्थापक समूह लगायतका आधारभूत शेयरधनीले ग्रहण गरेको शेयरको लकइन अवधि खुलेको सम्बन्धी जानकारी बोर्ड तथा धितोपत्र बजारलाई दिनुपर्ने तथा सो सम्बन्धी जानकारी सम्बन्धित कम्पनीको वेबसाईट तथा कम्तिमा एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी लगानीकर्ताहरुलाई समेत जानकारी दिनुपर्नेछ । साथै कम्पनीले सूचना प्रकाशन गरेको १५ दिन पछि मात्र सेयर कारोबार शुरु गर्न सकिनेछ । सूचीकृत कम्पनीहरुको संस्थागत सुशासनको अवस्थालाई थप सुदृढ बनाउन प्रचलित कानुनको व्यवस्थासँग सामञ्जस्यता कायम गरी स्वतन्त्र सञ्चालकको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन बोर्डबाट स्वतन्त्र सञ्चालकको योग्यता सहितको रोस्टर तयार गर्ने बोर्डले जनाएको छ । साथै स्वतन्त्र सञ्चालकबाट पालना गर्नुपर्ने व्यवस्था र प्रवाह गर्नुपर्ने विवरण लगायत आवश्यक कुराहरु तोकिदिने व्यवस्था पूर्णरुपमा पालना भएको हुनुपर्नेछ । बोर्डबाट तोकिएका स्वतन्त्र सञ्चालक सम्बन्धी व्यवस्था सूचीकृत कम्पनीहरुले पूर्णरुपमा पालना गर्नुपर्ने बोर्डको भनाइ छ ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरे । सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा छुट दिने छ । ग्रोसरीमा, लिक्वयर, हाउसहोल्ड, गार्मन्ट लगायका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।
सुजुकी दशैं तिहार अफर : मोटरसाईकल किन्दा १० हजार नगद छुट
काठमाडौं । मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पाइनेछ । कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकले १० हजार रुपैयाँ थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । ० प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।
बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले निर्मम साहुजी बनायो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरु खुला मिटरब्याजी भए, चर्को ब्याजमा व्यवसाय गरेपनि व्यवसायमा नाफा हुँदैन,’ उनले भने । त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउने उनको भनाई छ । यो विषयमा सरकार र राष्ट्र बैंक दुबैसँग छलफल गर्ने समेत ओलीले बताए । सबै कुरा बुझ्ने ल्याकत सरकारसँग नभएको बताउँदै अध्यक्ष ओलीले भने- ‘सरकारसँग तस्करीको लाइन छ, सुनको तस्करीको सेटिङ मिलाउन विदेशीलाई नागरिकता दिएको रहेछ, सरकारमा कमिसनको खेल मात्रै भइरहेको छ, सरकार कमिसनको जोडघटाउमा छ ।’ युवालाई देशमा बसाउने बतावरण नभएर युवाहरू विदेश गएका उनको भनाइ छ । ‘बेरोजगारी बढिरहेको छ, व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्, भुक्तानी दिनु पर्छ, रोकिएको ठाउँबाट पैसा लिएर चलायमान बनाउनु पर्छ,’ अध्यक्ष ओलीले भने ।
दशैं तिहारका लागि असोज २१ गतेदेखि सहुलियत पसल, ९८ स्थानमा राखिने, कति पाइन्छ छुट ?
फाइल फोटो काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सो दिनदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त पसल सञ्चालनमा आएसँगै उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले देशभरका ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको मन्त्रालयले जानकारी गराएको छ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । र, उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् । कम्पनीले थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल आवश्याकताका आधारमा सञ्चालन गर्ने बताएको छ । यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ । यता दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने मन्त्रालयले जानकारी गराएको छ ।
कैलाशले ५ वटा हेलिकप्टर उडाउने, पुँजी वृद्धि गर्न सर्वसाधारणमा सेयर निष्काशन गर्ने
काठमाडौं । कैलाश हेलिकप्टरले थप हेलिकप्टर किन्न पुँजी वृद्धि गर्ने भएको छ । हाल ३ वटा हेलिकप्टर उडान गर्दै आएको यस कम्पनीले थप २ वटा हेलिकप्टर किन्ने योजनासहित पुँजी वृद्धि गर्न लागेको छ । हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले १० प्रतिशत पुँजी वृद्धि गर्न लागेको छ । १० प्रतिशत सेयर सर्वसाधारणलाई बेचेर पुँजी वृद्धि गर्न लागेको कम्पनीले जनाएको छ । विगतमा प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको यो कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले असोज ८ गते पब्लिक लिमिटेडमा रुपान्तरित हुन स्वीकृति दिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पुँजी वृद्धिसँगै कम्पनीले हेलिकप्टर पनि थप्ने तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रताव जंग पाण्डेले बताए । हाल कम्पनीसँग ३ वटा हेलिकप्टर रहेको छ । दुई वर्षभित्र थप २ हेलिकप्टर किन्ने योजनासहित कम्पनी अगाडि बढेको उनले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वर्षमा ५ वटा हेलिकप्टर हुनु पर्ने नियम बनाएकोले त्यसको परिपालना गर्दै कम्पनीले पुँजी वृद्धि र हेलिकप्टर थप्ने योजना अगाडि सारेको समेत उनले बताए ।