विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, लकर शुल्कमा २५ प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्य बैंक रिकरिङ्ग मुद्धती निक्षेप र फूल डबल मुद्धती खातालाई २०७९ माघ १ गते देखि लागु हुने गरि बन्द गरिएको बैंकले जनाएको छ । उपभोक्ता समितिको चल्ती खाता शून्य मौज्दातमा खोल्न सकिने छ । यस्तै, २०७९ माघ १ गते देखि खोलिने सबै प्रकारको मुद्धती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले बताएको छ । बैंकका अनुसार महालक्ष्मी र कर्मयोगी बचत खाता खोल्दा लकर शुल्कमा २५ प्रतिशत छुट हुनेछ ।

गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् । अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए । ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैर आवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गरे । नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताएका हुन् । आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरु विदेशमा गएर सफलता प्राप्त गरेको बताए । ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११ प्रतिशत ब्याजदर पुर्याएको छ । बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।

१४ बैंकले ब्याज घटाउँदा २ बैंकले बढाए, ४ बैंकको स्थीर, कुनको कति ?

काठमाडौं । कात्तिक महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटेको हो । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार १४ वटा वाणिज्य बैंकहरुले कात्तिकमा ब्याजदर घटाएका छन् । साथै, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन् । एभरेष्ट बैंकले कात्तिकमा १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि असोजमा बैंकले ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गरिरहेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकले कात्तिकमा १.१० प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, नबिल बैंकले कात्तिकमा १.०५४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिकमा १.०२ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, प्रभु बैंकले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, सानिमा बैंकले कात्तिकमा ०.७२९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.९५३ प्रतिशत र संस्थागततर्फ ७.९५३ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, ग्लोबल आइमई बैंकले कात्तिकमा ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, कृषि विकास बैंकले कात्तिकमा ०.२५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०११ प्रतिशत र संस्थागततर्फ ८.०११ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, कुमारी बैंकले कात्तिकमा ०.१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, सिटिजन्स बैंकले कात्तिकमा ०.०९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ०.७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९ प्रतिशत र संस्थागततर्फ ६.२९ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, नेपाल बैंकले कात्तिकमा ०.०६९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, हिमालयन बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, एनआईसी एशिया बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो । कात्तिकमा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थीर राखेका छन् भने नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने सामान्य बढाएका छन् । यस्तै, माछापुच्छ्रे बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, नेपाल एसबिआई बैंकले कात्तिकमा ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २५ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आज असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नेत्रहिन युवा संघ नेपालको १५ बुँदे घोषणा पत्र जारी, सम्मानजनक व्यवहारको ग्यारेन्टी गर्न माग

काठमाडौं । नेत्रहिन युवा संघ नेपालले १५ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ । संघले सोमबार काठमाडौंमा पत्रकारहरुसँग अन्तर्किया कार्यक्रमको आयोजना गर्दै १५ बुँदे घोषणा पत्र जारी गरेको हो । संघले घोषणा पत्रमार्फत् अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै निति तथा योजना निर्माणमा आफुहरुको सार्थक सहभागीताको सुनिश्चितताको जोडदार माग गरेको छ । सार्वजनिक एवं निजी क्षेत्रका हरेक निकायमा अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरूको समेत पूर्ण र प्रभावकारी ढङ्गले सार्थक प्रतिनिधित्वको अधिकारलाई मुल प्रवाहिकरणको रुपमा स्थापित गर्न संघले जोडदार माग गरेको छ । संघका महासचिव अर्जुन रावलले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै निति तथा योजना निर्माणमा आफुहरुको सार्थक सहभागीताको सुनिश्चितता हुनु पर्ने बताए । उनले समाजमा उपाङ्ता भएका व्यक्तिहरुले भोग्नु परेको व्यवहारको विषयमा जानकारी गराउँदै सरकारले हरेक क्षेत्रमा आफुहरुको सम्मानजनक सहभागिता हुनु पर्ने उनकाे भनाइ छ । यस्तो छ संघको १५ बुँदे घोषणा पत्र ः १‍. सङ्घीय संसद्मा पेश भएको विध्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै विधेयकलाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागी अपाङ्गताको क्षेत्रमा कार्यरत् सङ्घसंस्थाहरूसँगको आपसी सहकार्य, कार्यगत एकता र समन्वयमा पैरवी तथा वकालतको कार्यलाई तिव्रताका साथ अगाडी बढाउन यो संस्था पुर्ण प्रतीबद्द छ। २. नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गिकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्धनको लागी प्रारम्भिक पहिचान, सहयोग प्रणाली, मुल्याङ्कण प्रणाली, समावेशी सिकाई वातावरण र पहुँचयुक्त शिक्षण सिकाई सामाग्री विकास, प्रवर्धनको लागी तिनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक सहकार्य, समन्वय र पैरवी र वकालतको कार्यलाई अगाडी बढाउन आवश्यक पहलकदमी चाल्न संस्था कटिबद्द छ। ३. विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागी छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता, पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामाग्री विकास र प्रवर्धनको लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग गंभीर छलफलमार्फत निर्णायक निश्कर्ष मा पुग्न वाञ्छनीय वकालत तथा पैरवी गर्न संस्था अग्रसर छ। ४. अपाङ्गता भएका विद्यार्थीको उच्चतम शैक्षिक उपलब्धी हासिल गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक संरचनागत एवं नीतिगत ब्यवस्थाका लागी सरोकारवाला निकायसंग निरन्तर संवाद, वकालत तथा पैरवी गर्नुलाई संस्थाले आफ्नो अपरिहार्य कार्यभार ठान्दछ। ५. दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्नका निम्ति संसदबाट तत्काल म्याराकस सन्धी Marrakesh Treaty  अनुमोदन गर्न सम्बन्धित जनप्रतिनिधिलगायत सरोकारवाला संग संस्था जोडदार माग गर्दछ। साथै श्रव्य दृश्य एवं डिजिटल माध्यमबाट उपयुक्त अनुकुलताको सिद्दान्तलाई आत्मसात गरी, थप अतिरिक्त बोझ बिना प्रचलीत परम्परागत किसिमको बौद्दिक सम्पती एवं प्रतिलिपी अधिकार सम्बन्धी कानुनी ब्यवस्थालाई सिमित अपवादहरू मार्फत दृष्टी सम्बन्धी अपाङ्गता भएका व्यक्तिको अध्ययनको हक सुनिश्चित गर्ने सन्दर्भमा तय भएको उक्त सन्धी तत्काल अनुमोदनको अपरिहार्यताबारे संस्थाले सबैको गंभीर ध्यानाकर्षण गराउन चहान्छ। ६. सर्वसाधरणका निम्ति खुला गरिएका सम्पुर्ण स्थलहरूमा बिना कुनै बिभेद , पुर्ण र प्रभावकारी ढङ्गले अपाङ्गता भएका व्यक्तिको सहभागीताको हकलाई अक्षुर्ण राख्न सम्बन्धित पक्षसंग संस्था अनुरोध गर्दछ। साथै उपयुक्त अनुकुलताको अस्विकारलाई समेत अपाङ्गता भएका व्यक्तिमाथी गरिने बिभेदको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले उल्लेख गरेको सन्दर्भ समेत संस्था सम्बन्धित निकायहरूलाई स्मरण गराउन चहान्छ। ७. अपाङ्गता भएका व्यक्तीहरूको आधारभूत स्वास्थ्य सेवा लगायत यौन तथा प्रजनन् स्वास्थ्य सेवा, शारीरिक, मानसिक र संवेगात्मक स्वस्थताको स्थिति सिर्जना गर्न आवश्यक पहुँचयुक्त सुचना तथा जानकारीको प्रत्याभुत हुने प्रणाली बिकास गर्न तथा अपाङ्गता भएका व्यक्तीहरूको स्वास्थ्यको अधिकार सुनिश्चितता का निम्ति पहुँचयुक्त स्वास्थ्य पूर्वाधार विकास र प्रवर्धन, समावेशी स्वास्थ्य सेवाको प्रवर्धन, पहुँचयुक्त औषधी र स्वास्थ्य उपकरणको विकास र प्रवर्धनलगायतका पक्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्न संस्था सम्बन्धित पक्षसंग आह्वान गर्दछ। ८. राजनीतिक सहभागिताबिना अधिकार प्राप्ती र कानुनको कढाइका साथ कार्यान्वयन गराउन सकिदैन भन्ने अवधारणालाई आत्मसात गर्दै पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत राजनैतिक प्रकृतिका हरेक चुनावमा चुन्ने, चुनिने, र निति तथा योजना निर्माण, कार्यन्वेयन एवं मुल्याङ्कन प्रक्रियामा हस्तक्षपकारी भुमिका निर्वाहसहित अपाङ्गता भएका व्यक्तीहरूको राजनीतिक सहभागिता सुनिश्चितता र अपाङ्गता समावेशी लोकतान्त्रिक अभ्यास प्रवर्धनको लागी क्षमता विकास, सचेतना प्रवर्धन, र सम्बन्धित निकायहरूमा पैरवी तथा वकालतका कार्यहरू स्थानीय तहदेखि नै तिव्रताको साथ अगाडी बढाउन संस्था अठोट गर्दछ। ९. दृष्टीसम्बन्धी अपाङ्गता भएका शिक्षकहरूको पेशागत् वृत्तीविकास तथा अन्य औपचारिक तथा अनौपचारिक क्षेत्रमा आवद्ध दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूको पेशागत् हक, हित र सुरक्षाको लागी क्षमता अभिवृद्धी, नमुना कार्यक्रम विकास र अभिमुखिकरणका गतिविधीहरूलाई आपसी सहकार्य र समन्वयका साथ अगाडी बढाउन आवश्यक कार्यनीति तयार पारी लागु गर्न संस्था सङ्कल्परत छ। १०. अपाङ्गता भएका व्यक्तिहरूले रोजगारीका क्षेत्रमा भोग्नुपरेको बिभेद, बहिष्करण र भिन्नकरणप्रति खेद प्रकट गर्दै, अन्य व्यक्ति सरह पुर्ण र प्रभावकारी ढङ्गमा, पहुँचयुक्त कार्यस्थल र अपाङ्गता समावेशी रोजगार वातावरण को सिर्जना, बिकास र प्रवर्धनमार्फत अपाङ्गता भएका व्यक्तिको रोजगारको अधिकारको सुनिश्चितताका निम्ति संस्था सम्बन्धित पक्षहरूसंग जोडदार माग गर्दछ। साथै, दृष्टीसम्बन्धी अपाङ्गता भएका युवाहरूको रोजगारी सुनिश्चितता तथा स्वरोजगार प्रवर्धनको लागी रोजगार तयारी तालिम ९इल(तजभ(वयद त्चबष्लष्लन०, व्यवसायिक तथा सिपमुलक तालिम, बजार व्यवस्थापन, समावेशी रोजगार सचेतना आदिजस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्न संस्था दृढतापुर्वक प्रयत्नशील छ। ११. अन्तराष्ट्रीयस्तरमा बिकास आविष्कार र प्रवर्धन भइरहेका विभिन्न किसिमका नविनतम पहुँचयुक्त प्रविधीहरूलाई सरल र सुलभ किसिमले नेपालका दृष्टीसम्बन्दी अपाङ्गता भएका युवाहरुले पहुँच हासिल गर्न सक्ने गरी प्रवर्धन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग आपसी सहकार्य, समन्वय र साझेदारी गरी आवश्यक कामकारवाहि अगाडी बढाउन संस्था सरोकारवालाहरूसंग आह्वान गर्दछ। १२. अपाङ्गता समावेशिकरणको पूर्वसर्तको रूपमा पहुँचयुक्ततालाई अनिवार्य रुपमा आत्मसात गर्दै भौतिक तथा डिजिटल दुनियाँलाई पहुँचयुक्त बनाउनको लागी सचेतना, अभिमुखिकरण, क्षमता विकास र पैरवी वकालतका कार्यलाई अभियानको रूपमा अगाडी बढाउनुलाई संस्थाले आफ्नो आधारभुत जिम्मेवारी ठानेको छ। १३. अपाङ्गता भएका खासगरी दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूले सर्वसाधरणका लागी खुला गरिएका बैंकिङ सेवा तथा सुविधा उपभोगका क्रममा खेप्नुपरेको बिभेदकारी अपाङ्गताद्वेषी ब्यबहारप्रति संस्था आपत्ति व्यक्त गर्दछ। अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्ति सरह समान र पुर्ण प्रभावकारी तवरले सहज र समान बैङ्किङ तथा वित्तीय सेवा तथा सुविधा उपयोगका निम्ति वित्तीय क्षेत्रको पहुँचयुक्तता सुनिश्चितताको लागी आवश्यकता अनुसार, बैंक तथा वित्तीय संघसंस्थाले उल्लङ्घन गरेका प्रावधानसंग सम्बन्धित प्रमाण सङ्कलन, पैरवी तथा वकालत र आवश्यक कानुनी उपचारजस्ता प्रकृयाहरूलाई सशक्त अभियानको रूपमा अगाडी बढाउन संस्था पुर्ण जिम्मेवारीका साथ लाग्न प्रतीबद्द छ। १४. सङ्घीय गणतान्त्रिक शासकीय स्वरूपअनुसार संवैधानिक अधिकार र दायित्वहरू विकेन्द्रिकरण भइरहेको वर्तमान अवस्थालाई हृदयाङ्गम गर्दै जिल्ला तथा प्रादेशिकस्तरमा कृयाशिल नेत्रहिन युवा सङ्घ नेपालका शाखाहरूलाई पालिकास्तरसम्म विस्तार गर्दै समग्र अपाङ्गता आन्दोलनलाई स्थानीय तहदेखि नै प्रभावकारी र सशक्त बनाउन संस्था दृढतापुर्वक अघी बढ्ने योजनामा प्रतीबद्द छ। साथै अपाङ्गता समावेशी विकासको लागी स्थानीयस्तरमा रहेका दृष्टीसम्बन्धी तथा अन्य अपाङ्गता भएका व्यक्तिको अधिकारको वकालत एवं पैरवीको क्षेत्रमा कार्यरत् बिभिन्न संघ संस्थाहरू, यस संस्थाका शाखाहरू एवं तिनका सदस्य तथा पदाधिकारीहरूको ज्ञान, सीप र दक्षताको बिकास , क्षमता अभिवृद्दी एवं नेतृत्व बिकास लगायत सशक्तिकरणका निम्ति आवश्यक वाञ्छनीय कार्यक्रमहरू बिकास तथा सञ्चालन गर्न संस्था प्रतिबद्द छ। १५. अपाङ्गता भएका बालबालिका तथा युवाहरुको खेलकुद तथा मनोरञ्जनको हक सुनिश्चितताका निम्ति विभिन्न किसिमका खेल तथा मनोरञ्जन क्षेत्रहरूमा पहुँचयुक्तता प्रवर्धन, सचेतनामुलक कार्यक्रमको प्रवर्धन्, समावेशी खेलहरूको पहिचान, बिकास र प्रवर्धन एवं मनोरञ्जन क्षेत्रलाई पहुँचयुक्त बनाउनको लागी अनुसन्धान, अभियान र सचेतिकरणका कृयाकलापहरूलाई स्थानीयस्तरदेखि नै अगाडि बढाउनका निम्ति आवश्यक वकालत तथा पैरवीको अगुवाइ गर्न संस्था हरदम तत्पर छ।

खाद्यले मंगलबारदेखि खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोकै ६८० रुपैयाँ

फाइल फाटो काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो छ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँमा बिक्री गर्नेछ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौं ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दशैंमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ । रासस

महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर अब कुपन्डोलमा

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप ( बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति कुपन्डोल, ललितपुरमा नया ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त २ एस सर्भिस सेन्टरको उद्घाटन असोज २९ गते क्षेत्रीय प्रबन्धक एपीएसी र समर्थन कार्यहरू अन्तर्राष्ट्रिय अपरेसन्स्, महिन्द्रा एण्ड महिन्द्रा जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले गरेका हुन् । यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वर्क्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई स्वागत गर्दछ । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ । साथै, ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००-१००-२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।