विकासन्युज

अब उच्च शिक्षा प्रोशेसिङ्ग पोखराबाटै

काठमाडौं । अब उच्च शिक्षा प्रोशेसिङ्ग पोखराबाटै हुने भएको छ । नेपालबाट उच्च शिक्षाको लागि बाहिरिने विद्यार्थीहरुको रोजाईलाई मध्यनजर गर्दै ईस्टडी डिस्टिनेसन सेन्टरले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको औपचारीक उध्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित खड्काले  गरेका थिए । उक्त कार्यक्रममा शिक्षासेवी कृष्ण केसी, तारानाथ पोखेल, भलकराज पौडेल, पूर्व जिल्ला न्यायधिश बासुदेव न्यौपाने, समाससेवी मिनराज रेग्मी, शिक्षा क्षेत्रका अग्रज व्यीक्तत्वहरु, विभिन्न बैक तथा वित्तीय क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतहरुको लगायत करिव १३० जनाको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा काउन्सीलर प्रल्हाद अधिकारी तथा सीईयो अमित खड्काले करीब ५० जना विद्माथीहरुलाई निःशुल्क परामर्श प्रदान गरेका थिए । यस कन्सल्टेन्सीवाट क्यानेडा, अस्टेलिया, लन्डन, न्यूजिलेण्ड लगायतका विभिन्न देशहरुमा उच्च शिक्षाको लागि विद्याथीहरु जान सकिने तथा यस शाखा स्थापनार्थले विषेशगरि कास्की, तनहू, स्याङ्जा, पर्वत लगायतका क्षेत्रलाई लक्ष्क्षिगरि सेवा शुभाराम्भ गरिएको तथा उध्धाटनको अवसरमा कार्तिक ३ गतेसम्म भर्ना हुने विद्याथीहरुलाई प्रोशेसिङ्ग शुल्कमा ५० प्रतिशत छुट रहेको एम डी माघुरी पौडेलले जानकारी दिइन् ।

सरकारले इजरायलबाट अनलाइन आवेदन दिएका १९ जनालाई गर्यो उद्धार (नामसहित)

फाइल फोटो काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका १९ जना नेपालीको उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ ।’ मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूताबासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । नयाँ दिल्लीस्थित दूताबासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । उनीहरु मंगलबार बेलुकी ६-७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ । यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु नन्दसिंह भुल सुजेन्द्र खड्का प्रतिभा रौनियार अनुमा डंगोल हिना खाँण आतिस गुरुङ जुनु गुरुङ मौसमी पाख्रिन प्रतिमा तिम्सिना राजकुमार मानन्धर संगीता दुलाल उर्मिला रावल ममता थापा दिलकुमारी अधिकारी कार्की निश्चल श्रेष्ठ समिता बस्नेत अम्बिका सुवेदी सिरता गुरुङ उर्मिला श्रेष्ठ

नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा २ सय रुपैयाँ क्यासब्याक

काठमाडौं  । यस दसैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अभियान १ कार्तिक २०८० देखि सुरु हुँदैछ । यात्रुहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्राप्त गर्न यात्रुहरूले नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्नुपर्नेछ। २०० रुपैयाँको क्यासब्याकका साथसाथै, प्रत्येक उडानकर्ताले ५०० एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा १ भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउनेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

राष्ट्रिय पारा खेलाडीहको साथमा एनसेल

काठमाडौं । यही कात्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको चौथौं पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरुलाई एनसेलले शुभकामना व्यक्त गरेको छ । पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे । एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ । देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो । हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन् । भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’ ‘देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरैै धन्यवाद दिन चाहन्छौँ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौषला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौँ,’ पारा ओलम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले भने ।

एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०।५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउने छन् ।

एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर हावी, यी हुन् ८ ठूला लगानीकर्ता

काठमाडौं । एभरेष्ट बैंकमा भारतीय बैंक सहित ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर स्वामित्व छ । प्रतिमा अध्यक्ष बिके श्रेष्ठकी छोरी हुन् । होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता र बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५११ कित्ता सेयर स्वामित्व रहेको छ । एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर स्वामित्व बढी छ । यस्तै, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता र अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात् १० लाख ११ हजार ७२ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सर्वसाधारण सेयरधनीहरुको ४०.८३ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ८१ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ । जसअनुसार बैंकमा ८ जना संस्थापक सेयरधनीहरुको ५९.१७ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ ।

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य तुल्याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न स्थानीय तहबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने मस्यौदा तयार भएको हो । मस्यौदामा कुनै स्थानीय तहले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौतिक स्रोत साधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुनेछ । कुनै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई उपयुक्त हुने मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदामा छ । यसरी दर्ता भएका व्यक्तिको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था छ ।

एकपछि अर्को दुर्घटना भएपछि पृथक रणनीतिका साथ आउँदै मनाङ एयर, नयाँ हेलिकप्टर किन्ने प्रक्रियामा

काठमाडौं । तीन महिनाको अवधिमा दुई ठूला दुर्घटना भएको मनाङ एयर यतिखेर ठूलो संकटमा छ । ठूलो आर्थिक र मानिवय क्षति व्यहोरेको मनाङ एयरको साख र छविमा पनि ठूलो ह्रास आएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पनि कम्पनीको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । गत शनिबार सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भयो । उक्त दुर्घटनापछि क्यानले तत्कालका लागि मनाङ एयरकोे लाइसेन्स नै निलम्बन छ । दुर्घटनामा परेको उक्त हेलिकप्टरमा आगो लाग्दा पूर्ण रुपमा नष्ट भएको छ भने जहाजका क्यापटेन प्रकाश कुमार सेढाईको काठमाडौंमा उपचार नभएपछि मुब्बईको नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ । तीन महिना अगाडि अर्थात् गत असारमा पनि मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्यापटेन सहित ६ जना विदेशी नागरिकको मृत्यु भयो । एकपछि अर्को ठूलो दुर्घटनाले कम्पनी संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ । मनाङ एयरलाई ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै तत्कालका लागि उसको इजाजतपत्र निलम्बन गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनका अनुसार दुर्घटनाको विस्तृत अध्ययन गरेर मात्रै मनाङ एयरको लाइसेन्स नै खारेज गर्ने वा निलम्बन फुकुवाको निर्णय हुनेछ । प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । कम्पनीले केही समयअघि नयाँ हेलिकप्टर ल्याउने तयारी गरेको थियो । पटक-पटक उडान बन्द उडानका क्रममा सुरक्षामा गम्भीर लापरकाही गरेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले मनाङ एयरलाई दिएको एयर अपरेशन सर्टिफिकेट (एनओसी) पटक/पटक निलम्बन गरेको पाइएको छ । सन् १९९७ मा सञ्चालनमा आएको मनाङ एयरको लाइसेन्स प्राधिकरणले सन् २००९ (वि स २०६६ साल) मा पहिलो पटक निलम्बन गरेको थियो । सन् २००९ सम्म कम्पनीले दुई थान ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले उडान गरिरहेको थियो । उडानका क्रममा एक वटा हेलिकप्टर दुर्घटनामा परेपछि बाँकी रहेको ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले श्री एयरलाई बिक्री गरेर उडान बन्द गरेको थियो । हेलिकोप्टर नभएर उडान नभए पनि मनाङले वर्षैपिच्छे नागरिक उड्डयन प्राधिकरणमा वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिरहेका थियो । प्राधिकरणले उडानमा रोक लगाएको ५ वर्षपछि सन् २०१४ अर्थात २०७१ को जेठबाट पुनः उडान सुरु गरेको थियो । ५ वर्षपछि उडान सुरु गर्दा कम्पनीले तीन थान एयरबस ३५० बिथ्री–ई सिरिजको हेलिकोप्टर ल्याएर उडान सुरु गरेको थियो । यस्तै, प्राधिकरणले २०७५ मा समेत मनाङ एयरको उडानमा रोक लगाएको थियो । २०७५ को साउन २९ गते हुम्लाको हिस्लास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको एउटा हेलिकोप्टरको पछाडिको पंखा लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । दुर्घटनास्थलको स्थलगत अवलोकन गत शनिबार भएको हेलिकप्टर दुर्घटनाको कारण बुझन क्यानका अधिकारीहरु आइतबार दुर्घटनास्थलमा पुगिसकेका छन् । उनीहरुले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाएपछि मनाङ एयरको लाइसन्स खारेजी वा निलम्बन पुकुवाको थप निर्णय हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अध्ययन प्रतिवेदनका आधारमा थप निर्णय हुने बताउँछन् । ‘अहिलेसम्म मनाङ एयरको ५ दुर्घटना भइसकेको छ, तीन महिनाको बीचमा दुई ठूला दुर्घटना भएपछि मनाङ एयरले सुरक्षामा गम्भीर गल्ती गरेको हाम्रो बुझाइ छ, यस विषयमा छलफल गरेर थप निर्णय लिइनेछ’, उनले भने । ‘कम्पनी बन्द हुँदैन’ यसरी एकपछि अर्को दुर्घटना भइरहेको मनाङ एयर अहिले ठूलो संकटबाट गुज्रिरहेको छ । अहिले कम्पनी हेलिकप्टरविहिन अवस्थामा छ । धेरैले अब कम्पनी सदाका लागि बन्द हुन्छ वा नयाँ रणनीति तथा योजनाका साथ अगाडि बढ्छ भन्ने विषय चासोका साथ हेरेका छन् । २६ वर्षअघि सन् १९९७ मा स्थापना भएको मनाङ एयरका अध्यक्ष सतिशप्रसाद प्रधान हुन् । हाल मनाङ एयरका अध्यक्ष सतिशप्रसाद प्रधान हुन् । कम्पनीको सञ्चालकमा नेपाल चेम्बर अर्फ कमर्शका अध्यक्ष समेत रहेका व्यवसायी राजेन्द्र मल्ल, कुष्ण ज्ञवाली, पुण्य पौडेल, जगन्नाथ ज्ञवाली, क्यापटेन प्रकाश कुमार सेढाई र खगेन्द्र श्रेष्ठ छन् । कम्पनीका सञ्चालक राजेन्द्र मल्लले अहिले प्राधिकरणले गरेको निलम्बनलाई सहयोग गर्ने र त्यसपछि हेलिकप्टर खरिद गरेर नयाँ योजनाका साथ अगाडि बढ्ने बताए । उनले कम्पनी भने बन्द नहुने धारणा राखे । यस्तै, कम्पनीका प्रबन्धक राजु न्यौपाने ब्रान्ड न्यू हेलिकप्टर ल्याउनका लागि फ्रान्सको कम्पनीसँग सम्झौता नै भैसकेको बताउँछन् । उनले पनि कम्पनी बन्द नहुने धारणा राखे । ‘अहिले मनाङ एयर बन्द हुन लाग्यो भनेर हल्ला चलेको रहेछ, २६ वर्ष पुरानो कम्पनी यतिकै बन्द हुँदैन, हामीले दुर्घटना अघि नै फ्रान्सबाट ब्रान्ड न्यू हेलिकप्टर ल्याउन सम्झौता नै गरिरहेका छौं, क्यानले एओसी निलम्बन गरेको छ, हामी प्रक्रिया पूरा गरेर छिट्टै ल्याउँछौं,’ उनले भने । उनले नयाँ हेलिकप्टर खरिदका लागि बैंकमा प्रतितपत्र (एलसी) खोल्ने क्रममा हेलिकप्टर दुर्घटना भएको समेत बताए ।