विकासन्युज

हिमालयन रिले कात्तिक २१ बाट आईपीओ निष्काशन गर्ने, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ जारी गर्ने प्रकृया शुरु गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ । उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकले आगामी मंसिर ५ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन् । यससँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस अन्तर्गत मोबाइल बैंकिङ्गबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

नेपाल प्रहरीमा ३ सय ५६ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले कर्मचारीको माग गरेको छ । नेपाल प्रहरीले ३५६ जना कर्मचारीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले आज एक सुचना प्रकाशित गरी ३ सय ५६ जना कर्मचारी माग गरेको जानकारी दिएको छ यसमध्ये प्रहरी निरिक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २६० जनालाई जागिर खुलाएको हो । कार्यालयकाअनुसार प्रहरी निरिक्षक पदमा ५२ जना खुल्ला, २ जना अमर वा अशक्त प्रहरी परिवार, महिला ९ जना, १२ जना आदिवासी जनजाती, १३ जना मधेशी, ६ जना दलित र २ जना पिडछिएको क्षेत्र गरि ९६ जनालाई जागिर खुलाईएको हो । त्यस्तै, प्रहरी सहायक निरिक्षकमा १४० जना खुल्ला, ५ जना अमर वा अशक्त प्रहरी परिवार, २३ जना महिला, ३६ जना आदिवासी जनजाति ३३ जना मधेशी, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्र गरि कुल २६० जनालाई रोजगारी खुलाईएको छ । प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ । कार्यालयकाअनुसार कात्तिक १९ गतेदेखि कात्तिक कात्तिक २९ गतेसम्म् प्रहरी निरिक्षक पदको हकमा अनलाईन प्रणालीमार्फत र प्रहरी सहायक निरिक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । नेपाल प्रहरीका विभिन्न कार्यालयबाट दरखास्त फारम लिन सकिने कार्यालयले जनाएको छ ।  

एभरेष्ट बैंकले सञ्चालन गर्यो रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट

काठमाडौं । एभरेष्ट बैंकले श्री रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालन गरेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकले बानेश्वर महादेवस्थान काठमाडौं स्थित श्री रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको छ । श्री रत्नराज्य माध्यामिक विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को सुखद उपलक्ष्यमा शुभकामना आदनप्रदान, भेटघाट एवं चियापान कार्यक्रममा २७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याईएको हो । पूर्व उप–प्रधानमन्त्री एवं संघीय सांसाद माननिय प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई चेक हस्तान्तरण गरे । सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

फाइल फाेटाे काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ । काठमाडौंको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको छ । यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

दसैँका यात्रु बोक्ने चालकले लागुपदार्थ सेवन गरेर गाडी चलाएको भेटियो, ४ जना पक्राउ

काठमाडौं । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो । तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैंका यात्रु बोक्ने बसका चालक रहेका छन् । विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौंको नागढुङ्गामा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज जानकारी दिए । उनका अनुसार ना७ख ५३२ नम्बरका ट्रकचालक धादिङको थाक्रे गाउँपालिका–२ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बसचालक काठमाडौँको तारकेश्वर नगरपालिका–१ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश३०१००६ख २५४६ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३१ वर्षीय रामकुमार गौतम र ना६ख ९६९३ नम्बरका बसचालक कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए । आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा र यात्राका क्रममा कुनै समस्या परेमा यात्रुले तत्काल नजिकैको यात्रु सहायताकक्ष, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ र प्रहरीको हटलाइन नं १०० मा खबर गर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ । नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठपर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ । चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सुरक्षा, सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकामा मापसे, लापसेलगायतका अन्य विशेष सवारीसाधन तथा चालकमाथि ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ । चाडपर्वको मौका छोपी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको अनुगमनका लागि सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको भट्टले बताए । प्रहरीले काठमाडौँ उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्षमार्फत यात्रुलाई परेका विभिन्न समस्या समाधानसमेत गरिँदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिए । रासस

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र, निगमले पहुँचवालालाई मात्र टिकट दिने

कोहलपुर । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए । ‘टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु’ जेठाराले भने, ‘बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।’ स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् । निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । ‘यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो’, उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।’ यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताइन् । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । ‘एउटा उडानमा १७ सिट हुन्छ’, उनले भनिन्, ‘यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।’ रासस

दशैँका लागि गाउँ जानेहरु बढ्दै, ४ लाखले काठमाडौं उपत्यका छोडे

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन् । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।