सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए । वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीयहाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन । पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८ माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ । तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनःसञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो । विद्युतीय हाजिरी ट्रयाकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ । नगरपालिकाले कुनै एउटा निजी कम्पनीको विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् । कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताए । ‘कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ’, उनले भने, ‘बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ ।’ निकै तामझामका साथ जडान गरिएको विद्युतीय हाजिरी केही विद्यालयमा छ/सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ । रासस
नेपालले यूएईलाई हरायो, पाँच विकेटले विजयी
काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे । नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किएको थियो । यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एकरएक विकेट लिए । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ । रासस
चीनको अन्तरबैंक ट्रेजरी बन्ड सूचकाङ्क सोमबार उच्च
चीन । चीनको अन्तरबैंक ट्रेजरी बन्ड इन्डेक्स सोमबार १,००२।८९ बिन्दुमा खोलिएको छ । जुन अघिल्लो बन्दको १,००३.२२ बिन्दुको तुलनामा बढिरहेको चीन विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ । सूचकाङ्कले चीनको अन्तरबैंक बन्ड बजारमा ट्रेजरी बण्डको वास्तविक समय व्यापारलाई प्रतिबिम्बित गर्दछ। यो अनुक्रमणिका हरेक कार्यालय सञ्चालनको दिनमा बिहान ९ बजे खुल्ने र बेलुका ५ बजे बन्द नभएसम्म हरेक पाँच मिनेटमा अपडेट हुन्छ । रासस
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।
नेपाललाई जीतका लागि १६५ रनको लक्ष्य
काठमाडौं । जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’, ८ गते स्वदेश फर्कने
काठमाडौं । जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भए । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ । अस्पतालबाट डिस्चार्ज हुने क्रममाउपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरे । उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
दशैंको फुर्सदमा हेर्नुपर्ने उद्यमशीलताको प्रेरणा जगाउन सहयोग पुर्याउने चलचित्रहरु
काठमाडौं । सबै मानिसहरुलाई आ–आफूलाई प्रभावित पारेका फरक–फरक चलचित्रहरु हुन्छन् । कुनै फिल्म दुःख पर्दा हेर्न मन लाग्ने हुन्छ, कुनै फिल्म खुसीको समयमा त कुनै फिल्म उत्प्रेरणाको लागि । यतिबेला हामीले धेरै नेपालीहरुले मनाउने महान चाड बिजयादशमी मनाइरहेका छौं । सरकारी, गैरसरकारी तथा निजी सम्पूर्ण क्षेत्रका उद्योग तथा व्यवसायमा एक प्रकारले छुट्टीको अवस्था छ । चाडबाडको रंगरमाइलो एवं फुर्सदको बेलामा उद्यम तथा व्यवसायमा रुची राख्नेहरुले केही चलचित्र हेरेर यो बेलामा उत्प्रेरणा लिन सकिन्छ । यहाँ केही चलचित्रको बारेमा चर्चा गर्न खोजिएको छ, जुन फिल्मले उद्यमशील सोच भएका व्यक्तिहरुलाई थप उत्प्रेरणा प्रदान गर्न सहयोग पुर्याउन सक्छन् । हामी सबैलाई थाहा छ की सफल उद्यमी तथा व्यवसायी बन्न कडा परिश्रम, दत्तचित्तता र उत्प्रेरणा चाहिन्छ । ९० प्रतिशत भन्दा धेरै स्टार्टअप उद्यम तथा व्यवसायहरु प्रतिस्पर्धा र सीमित अवसरको कारणले गर्दा असफल हुने गरेको अध्ययनले देखाएको छ । उद्यम तथा व्यवसायमा उत्कट चाहना हुनेहरुलाई कतिपय चलचित्रहरुले थप अध्ययन र ज्ञानको लागि सहयोग पुर्याउन सक्छन् । १. द सोसियल नेटवर्क ‘सोसियल नेटवर्क’ डेभिड फिन्चरद्वारा निर्देशित चलचित्र हो । सो चलचित्रले हावर्ड विश्वविद्यालयमा पढ्दा मार्क जुकरबर्गले कसरी फेसबुकलाई बनाए भन्ने विषयलाई देखाएको छ । चलचित्रमा जेसी आइजेनबर्गले मार्क जुकरबर्गको रुपमा जीवन्त तरिकाले भूमिका निभाएका छन् । मार्क जुकरबर्गलाई आर्थिक समस्या, अन्य मानिसहरुको वेवास्ता र कानुनी अड्चनका बाबजुद पनि धेरै इच्छाशक्ति भएको व्यक्तिको रुपमा चलचित्रमा हाइलाइट गरिएको छ । चलचित्रमा जुकरबर्गले दुई भाइहरुबाट मुद्दा र एकजना मिल्ने साथीबाट धोका पाएका थिए । विभिन्न चुनौतीहरुका बाबुजुद जुकरबर्गले फेसबुक स्थापना गरेका छन् । अहिले फेसबुक विश्वमा नै एउटा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । नयाँ उद्यमको स्थापना गरेर सफल हुन चाहने व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्छ । चलचित्रले सफल हुनको लागि धनी हुन आवश्यक नभएको र सही विचारको आधार निर्माण गर्नुपर्ने बताएको छ । सकारात्मक नतिजाको लागि नेतृत्वमा आत्मविश्वास र अनुशासन हुनुपनर्पे शन्देश दिएको छ । २. मनीबल यदि तपाईं बेसबलको प्रेमी हुनुहुन्छ र उद्यमी हुनुहुन्छ भने यो चलचित्रले उत्प्रेरणा दिन्छ । यद्यपी चलचित्र बेसबलमा कम र ओकल्यान्ड ए का महाप्रवन्धक बिली बीनको बेसबल जित्ने दृष्टिकोणमा बढी केन्द्रित भएको छ । बीनले आफ्नो टोलीलाई बेसबल लिगमा सफलता हासिल गर्नको लागि तयार गर्न अपनाइएको अलोकप्रिय सेबरमेटिक प्रकृयाको विषयमा चलचित्रमा देखाइएको छ । उनले आफ्नो टोलीमाथि आइपरेका आर्थिक लगायतका समस्याहरुलाई छिचोल्दै अगाडि बढ्न अभ्यास नयाँ प्रयोगहरुलाई अवलम्बन गर्छन् । चलचित्रले धेरै स्टार्टअपहरुले बीनले जस्तै समस्याहरुको सामना गर्छन् र बाँच्नको लागि अनुकुलुन हुन तयार हुनुपर्छ भन्ने शन्देश दिएको छ । साथै चलचित्रले प्रत्येक उद्यमीले उद्यमको लागि विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको छ । ३. द वल्फ अफ वाल स्ट्रीट चलचित्रमा सम्पूर्ण कथा वास्तविक संसारको अवस्थालाई सरलिकृत रुपमा प्रस्तुत गरिएको छ, जसले मानिसलाई अत्यन्तै धेरै प्रेरणा प्रदान गर्छ । चलचित्रमा जोर्डन बेलफोर्टको उद्यममा भएको उकाली ओरालीलाई हाइलाइट गरेर देखाइएको छ । पात्रमा भएको उर्जा र बिक्री प्रतिको मानसिकताले तपाईंलाई वास्तविक वालस्ट्रीट र भित्री इन्साइडर ट्रेडिङको बारेमा बताउँछ । साथै यसले अर्थतन्त्रलाई राम्रो र नराम्रो आकार दिन कसरी भूमिका निर्वाह गर्छ भन्ने बारेमा देखाउँछ । सफल व्यवसायीहरु सधैं नै बेच्नको लागि तयार हुनुपर्ने, साथै उद्यमी लोभी र सहानुभूति नभएको हुन नहुने विषयलाई पनि चलचित्रले देखाएको छ ।
प्रत्येक भारतीय सेनालाई यहाँबाट हटाउनुपर्छ : नवनिर्वाचित राष्ट्रपति मुइज्जु मालदिभ्स
एजेन्सी । मालदिभ्सका नवनिर्वाचित राष्ट्रपति मुहम्मद मुइज्जुले मालदिभ्सबाट भारतीय सेना हट्नुपर्ने बताएका छन् । बिबिसीसँग कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ढिलो नगरी भारतीय सेना मालदिभ्सबाट हट्नुपर्ने बताएका हुन् । नवनिर्वाचित राष्ट्रपति मुइज्जुले आगामी नोभेम्बरमा आफ्नो पदभार सम्हाल्दैछन् । लामो समयदेखि भारतको प्रभावमा रहेको मालदिभ्सका नवनिर्वाचित राष्ट्रपतिको भनाइले दुई देशका बीचमा तनाव उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ । मुइज्जुले चुनावमा विजय हासिल गर्दा नै भारतका लागि झट्का लागेको विश्लेषकहरुले बताएका थिए । मुइज्जुलाई समर्थन गर्ने गठबन्धनले ‘इन्डिया फस्र्ट’को नीति मालदिभ्सको सुरक्षा तथा सम्प्रभुताको लागि खतरा भएको बताएको थियो । मालदिभ्स हिन्द महासागरको ठूलो क्षेत्र निगरानीका लागि रणनीतिक महत्वपूर्ण देशको रुपमा लिइन्छ । मालदिभ्समा आफ्नो राणनीतिक एवं गहिरो सम्बन्ध विस्तार गर्नका लागि भारत र चीनको प्रतिस्पर्धा भइरहेको छ । बीबीसीबाट ।