एसईईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा छुट
काठमाडौं । एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट हुने भएको छ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न यही मिति २०८१ जेष्ठ मसान्तसम्मका लागि निम्न बमोजिमका बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । बैंकका अनुसार यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ । यस सम्बन्धी थप जानकारीका लागी कम्पनीको वेवसाइटमा हेर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बम्पर छुट सहितका योजनाहरु :
सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट
काठमाडौं । व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ । उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ । सिभिलमलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन् । विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको छ। नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ ।
सेयर बजार राताम्मे, दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक
काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने तीन अर्बको कारोबार भएको बजारमा मंगलबार भने २ अर्ब १० करोडमा सीमित भएको छ । ३१२ वटा स्क्रीप्स कारोबार भएको बजारमा सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर किनबेच भएको छ । फाइनान्सको मंगलबार मात्रै १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि करिब १० प्रतिशत अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ९०५ रुपैयाँ पुगेको छ । घटेको बजारमा गोर्खाज फाइनान्ससहित एसबिएलको ऋणपत्रमा सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिथान ११५५ रुपैयाँ पुगेको छ । बजारमा रुरु जलविद्युत परियोजनाको भने सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६०.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।
उद्योगपतिलाई मृत्युपछि सरकारको फोन, भन्यो-‘बाँकी कर तिर्न आउनू’
स्वः दिवाकर गोल्छा काठमाडौं । उद्योग दिवसका दिन चैत २८ गते अर्थमन्त्री वर्षमान पुन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थिए । अर्थमन्त्रालयले कर अधिकृतहरूलाई अत्याधिक कर असुली गर्न टार्गेट दिएपछि कर अधिकृतहरूले पनि करदातालाई अनावश्यक दुःख दिएको उनले बताए । ‘बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ३३ प्रतिशतले राजस्व वृद्धि भएको थियो, अहिलेसम्मको सबैभन्दा उच्चदरको वृद्धि त्यही हो, पहिला म अर्थमन्त्री हुँदा २४ प्रतिशत राजस्व वृद्धि भएको थियो, राजस्व वृद्धिदर उच्चतम दोस्रो रेकर्ड पनि त्यही हो, यस पटकको बजेटमा ४१ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिएको रहेछ, त्यो असम्भव लक्ष्य हो,’ उनले भने, ‘राजस्व वृद्धिमा असम्भव लक्ष्य राख्ने, कर कार्यालयहरूलाई अत्यधिक वृद्धिको टार्गेट दिने, कर अधिकृतहरूले पनि माथिको दबाब खेप्नुपर्ने समस्या छ, टार्गेट पूरा गर्न कर अधिकृतले करदातालाई अनावश्यक दुःख दिएको, करदाताले अनावश्यक झमेला सहनु परेको गुनासो आएका छन् ।’ अर्थमन्त्री पुनले कर अधिकृतहरूले करदातालाई दुःख दिने गरेको स्वीकारोक्ति सार्वजनिक रूपमा अभिव्यक्त गरेको साता नबित्दै आन्तरिक राजस्व विभागले पाँच वर्षअघि निधन भएका उद्योगपति दिवाकर गोल्छालाई कर तिर्न ताकेता गरेको छ । गोल्छाको २०७५ चैत २६ गते निधन भएको थियो । उनी २०६४ मा गठन भएकाे संविधान सभामा कांग्रेसबाट समानुपातिक सभासद थिए । गाेल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत थिए । बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयले मृतक गोल्छालाई पटक-पटक फोन सम्पर्क गरेको, एसएमएस गरेको, इमेल गरेको, पत्राचार गरी जानकारी गराएको तर बाँकी कर भुक्तानी नगरेको जनाएको छ । कार्यालयले एक सूचना सार्वजनिक गर्दै गोल्छालाई कर तिर्न आग्रह गरेको र कर नतिरे कानुनबमोजिम कारबाही गर्ने जनाएको छ । श्रीराम सुगर मिल्सले बुझाउन बाँकी कर तिर्न कर कार्यालयले मृत्यु पर्यन्त गोल्छालाई ताकेता गरेको हो । गोल्छाको निधन भएको २ वर्षपछि उक्त कम्पनी पनि बन्द भएको छ । २०७५ चैत २६ गते गोल्छाको निधन भएको थियो । २०७७ साउन १२ गतेदेखि श्रीराम सुगर मिल्स पूणर्रूपमा बन्द भएको छ । गोल्छा अर्गनाइजेसनले २०४९ साल साउन १३ मा श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याएको थियो । सवा २ अर्ब रुपैयाँ सञ्चित नोक्सान भएको भन्दै गोल्छा अर्गनाइजेसनले उद्योग बन्द गरेको थियो । मिल्सका मुख्य सञ्चालक दिवाकर गोल्छाको निधन भएपछि उनका छोराले अर्को व्यावसायिक घराना विशाल ग्रुपलाई मिल्सको नयाँ साझेदार बनाएका थिए । त्यो साझेदारीबाट पनि काम हुन नसकेपछि गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपले मिल्स लिलाम गरेको थियो । २०८० साउन पहिलो साता मिल्सको मेसिनरी उपकरण साढे ४३ करोड रुपैयाँमा शिवशक्ति ग्रुपले किनेको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले श्रीराम सुगर मिल्सको स्थलगत निरीक्षणपछि उक्त मिल्स पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । आन्तरिक राजस्व विभागले अन्य करिब डेढ दर्जन निजी कम्पनीलाई पनि कर बक्यौता चुक्ता गर्न सार्वजनिक सूचना जारी गरको छ । विभाग अन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले मंगलबार सूचना जारी गरी ती कम्पनीलाई कर बक्यौता चुक्ता गर्न भनेको हो । कार्यालयले चार सहकारीसहित १५ कम्पनीलाई बक्यौता कर चुक्ता गर्न १५ दिनको म्याद दिँदै सूचना जारी गरेको छ । बक्यौता कर तिर्न कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था र क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ गरी ४ वटा सहकारी छन् । यस्तै, करदाता कार्यालयका अनुसार कान्तिपुर कोअपरेटिभको आयकर, लालीगुराँसको आयकर/मूल्य अभिवृद्धि कर (भ्याट), शिखरदीपको आयकर/भ्याट र क्यापिटलको लामो अवधिदेखिको भ्याट बक्यौता छ । त्यसैगरी, डिभाइन स्ट्रिम नेटवर्क प्रालिको भ्याट, आयोकी फ्रेब्रिकोन नेपाल प्रालि, मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर, लोकेन्द्र इन्टरप्राइजेज, अरनिको सिमेन्ट इन्डस्ट्रिज प्रालि, श्री खानीखोला इन्टरप्राइजेज, त्रिपुरेधर कन्डक्टर उद्योग प्रालि र बराह डिपार्टमेन्ट स्टोरलाई आयकर/भ्याट बुझाउन ताकेता गरिएको छ ।
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी
तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड जम्मा भएको छ। करिब तीन वर्षसम्म समूहले एक, दुई, दश, बीस, पचास र एक सयका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, ‘सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।’ सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ । गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताइन्। वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन् । रासस
सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
अमेरिकी सहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द
तेहरान । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँहरूमा यात्रा बन्द गरेका छन् । आयोजकमध्येका एक रिफ्का फालानेले शिकागोमा प्रदर्शनकारीहरूले काँध मिलाएर एक सय ९० लेन अवरुद्ध पारेकोे बताए । उनले प्यालेस्टिनीलाई स्वतन्त्र गर्नका लागि यो विश्वव्यापी आर्थिक नाकाबन्दीको हिस्सा रहेको बताए। प्रदर्शनकारीहरूले गोल्डेन गेट ब्रिजमा सबै सवारी साधन, पैदल यात्री र बाइक ट्राफिकहरू बन्द गरेको र ओकल्यान्डको अन्तरराज्यीय ८८० मा सिमेन्टले भरिएका ५५ ग्यालेन ड्रममा बाँधेर राखेकाले सानफ्रान्सिस्को खाडी क्षेत्रमा ट्राफिक घन्टौँसम्म रोकिएको थियो ब्रुकलिनमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने यातायात अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले युजिन, ओरेगनका साथै पाँच अन्तरराज्यीय अवरुद्ध गरेर करिब ४५ मिनेटका लागि प्रमुख राजमार्गमा यातायात बन्द गरेका थिए । प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो ओहेर विमानस्थललाई छनोट गरेका थिए । इजराइल र हमासबीचको युद्धमा तत्काल युद्धविरामका लागि प्रदर्शनकारीहरूले आह्वान गरेका थिए । हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको हमलामा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएदेखि शिकागोमा दैनिकरूपमा युद्धविरोधी प्रदर्शन भइरहेका छन् । गाजा स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणमा ३३ हजार सात सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा नागरिक र लडाकुहरू बीचको भिन्नता नराखेको र मृतकमध्ये दुई तिहाइ महिला र बालबालिका रहेको बताएको छ । ओहेर विमानस्थलले सामाजिक सञ्जाल एक्समा यात्रीहरूलाई कार यात्राका साथै यातायातको वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । ट्राफिक जाममा फसेका केही यात्रु आफ्नो कार छाडेर सामान बोक्दै विमानस्थलतर्फ हिँडेका थिए । शिकागो उड्डयन विभागले १५ मिनेटभन्दा कमको ढिलाइका साथ विमानस्थल सञ्चालनमा आएको जनाएको छ । ओहेरतर्फको ट्राफिक बिहान करिब ९ बजे सञ्चालनमा आएको थियो । सिएटल नजिकै वासिङ्टन राज्य यातायात विभागले प्रदर्शनले सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सडक बन्द गरेको बताएको छ । सामाजिक सञ्जाल पोष्टहरूले राजमार्गमा उभिएर ब्यानर बोकेका र प्यालेस्टिनी झण्डा फहराएको देखाएका छन् । सडकहरू करिब तीन घण्टापछि खुला भएका थिए । क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार गोल्डेन गेट ब्रिज प्रदर्शनमा लगभग २० प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले अन्तरराज्यीयमा दुईवटा विन्दुमा उनीहरूलाई पक्राउ गरेका हुन् । रासस
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच दुई पक्षीय समझदारी भएको हो । सो समझदारी पत्रमा प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत , प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा उपभोग गर्न पाउने बैंकले जनाएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ । स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ । यस बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च व्याजदरमा सेवा दिदै आइरहेको बैंकले जनाएको छ ।