सेयर बजार राताम्मे, दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक

<p>काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम [&hellip;]</p>

काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ ।

मंगलबारको बजारमा परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने तीन अर्बको कारोबार भएको बजारमा मंगलबार भने २ अर्ब १० करोडमा सीमित भएको छ । ३१२ वटा स्क्रीप्स कारोबार भएको बजारमा सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर किनबेच भएको छ । फाइनान्सको मंगलबार मात्रै १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि करिब १० प्रतिशत अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ९०५ रुपैयाँ पुगेको छ ।

घटेको बजारमा गोर्खाज फाइनान्ससहित एसबिएलको ऋणपत्रमा सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिथान ११५५ रुपैयाँ पुगेको छ ।

बजारमा रुरु जलविद्युत परियोजनाको भने सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६०.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।

Share News