विकासन्युज

सिटिजन्स बैंकले घटायो खराब कर्जा, नाफा १ अर्ब २१ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकले खराब कर्जा घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा बैंकको खराब कर्जा सामान्य घटेर ३.७६ प्रतिशतमा झारेको हो । गत वर्षको चैतमा ३.९८ प्रतिशत खराब कर्जा थियो । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा बैंकको खुद नाफा २ प्रतिशत घटेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३९ करोड ९१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब २० करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा ४१ लख ५ हजार रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष ७ अर्ब ९ करोड रुपैयाँ छ । चैतसम्म बैंकले १ खर्ब ८२ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.३७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ रहेको छ

प्राइम बैंकको नाफामा १७ प्रतिशत छलाङ, प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३.३० प्रतिशत अर्थात् ३१ करोड ३३ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा २.०७ प्रतिशत अर्थात् ३० करोड १५ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १० अर्ब २८ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात ९.६० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.२९ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३.०६ प्रतिशत खराब कर्जा थियो ।

कुमारी बैंकको ब्याज आम्दानी १२.६७ प्रतिशत बढ्यो, नाफा कति कमायो ?

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १९.१२ प्रतिशत घटेर १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत बढेर ८ अर्ब ४२ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेर १० अर्ब ५५ करोड रुपैयाँ र सञ्चालन नाफा २१.६० प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.९७ प्रतिशत रहेकोमा यस वष बढेर ४.९५ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ६२ करोड रुपैयाँ छ । चैतसम्म बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.९० रुपेयाँ घटेर ५.३५ रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६.५२ रुपैयाँ रहेको छ ।

भारतीय आइटी कम्पनी इन्फोसिसको राजस्व वृद्धि अपेक्षाभन्दा कम

काठमाडौं । भारतको सूचना प्रविधि (आइटी) कम्पनी इन्फोसिसले बिहीबार मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको अपेक्षालाई प्रभावित गरेको जनाएको छ । बेङ्गलुरु प्रधान कार्यालय रहेको कम्पनी गत वर्ष कोभिड–प्रेरित वृद्धिपछि लडखडाएको छ । कम्पनीले आफ्नो आम्दानीको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ । उच्च ब्याजदर र मुद्रास्फीतिले विश्वव्यापी कम्पनीहरूको प्राविधिक खर्चमा असर पुर्याउँदा थोरै मात्र सम्झौता भएका छन् भने भारतीय सफ्टवेयर आउटसोर्सिङ क्षेत्रको विद्यमान करार पत्रहरू रद्द भएका छन् । इन्फोसिसले त्रैमासिकका लागि ४ अर्ब ५४ करोड अमेरिकी डलर आम्दानी भएको बताएको छ । यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा एक दशमलव तीन प्रतिशतले बढी हो । कम्पनीको खुद मुनाफा ३० प्रतिशतले बढेर ९५ करोड ४० लाख डलर पुगेको छ तर अन्य आम्दानीमा भएको वृद्धिले यसलाई सहयोग गरेको छ । इन्फोसिसका प्रमुख कार्यकारी सलिल पारेखले समष्टिगत परिदृश्यमा ‘मिश्रित दृष्टिकोण’ रहेको बताए । ‘तपाईंले देखेजस्तै अमेरिकामा हाम्रो दृष्टिकोण सुस्त थियो भन्ने मलाई लागेको छ,’ उनले भने । कम्पनीको सबैभन्दा ठूलो बजार उत्तरी अमेरिकी व्यापारबाट आम्दानीमा दुई दशमलव एक प्रतिशतले कमी आएको छ । ‘लागत, दक्षता र ठूला सम्झौताहरूको एकीकृत प्रकृतिसँग राम्रो प्रवृत्ति छ तर डिजिटल कार्यक्रम वा कुनै विवेकपूर्ण काम अझै पनि हामीले देखिरहेका कामहरूमा देखिरहेका छैनौँ ।’ इन्फोसिसले आगामी १२ महिनाका लागि सुस्त बिक्री वृद्धिको अनुमान गरेको छ । कम्पनीले स्थिर मुद्राका आधारमा आम्दानी एकदेखि तीन प्रतिशतको बीचमा बढ्ने अनुमान गरेको छ । बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव शून्य छ प्रतिशतले बढेर बन्द भएको छ । एजेन्सी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.२१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १७२.५७ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खरा कर्जा बढेर ४.६६ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३.९४ प्रतिशत खराब कर्जा थियो । साथै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ ।

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ । आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भारतबाट आएको जहाजमा एक किलो सुन बेवारिसे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट टभ्ज्ञज्ञछज्ञको इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू दुई, सिक्री जोड्ने स-साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल १ किलो ७० ग्राम रहेको छ ।’

सानिमा बैंकको वितरणयोग्य नाफा ७.९५ प्रतिशत, खराब कर्जा घटायो

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा वितरणयोग्य नाफा ७.९५ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म वितरणयोग्य नाफा ७५ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको खुद नाफा १६.१७ प्रतिशत बढेर १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड रुपैयाँ छ । साथै, बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ । बैंकले यस अवधिमा खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैतमा २.२७ प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष घटाएर १.८९ प्रतिशतमा झारेको छ ।