विकासन्युज

गिरीबन्धु जग्गा प्रकरणबारे बालेनले भने- ओलीलाई कारबाही गर्नुपर्छ

काठमाडौं । झापास्थित गिरीबन्धु टि-इस्टेटको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी शर्मा ओली सरकारलाई कारबाही गर्नुपर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बालेनले गिरीबन्धु टि–इस्टेट अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको भन्दै वर्तमान सरकारले तत्कालीन सरकारलाई कारबाहीको भागीदार बनाउनुपर्ने बताएका हुन् । अहिलेको अवस्थामा त्यहाँको जग्गाको मूल्य १० अर्ब रुपैयाँभन्दा धेरैको रहेको उनको भनाइ छ । ‘जस–जसले बैना गर्नुभएको छ, यो जग्गाको लागि अब कानुनी प्रक्रियाबाट बैना फिर्तामा जानुहोला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ’ उनले समाजिक सञ्जालमा लेखेका छन् । महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालको इमान्दारीताले सरकारी सम्पत्ति जोगिएको पनि उनले उल्लेख गरेका छन् । सर्वोच्चको संवैधानिक इजलासले २०८० साल माघ २४ गते तत्कालीन ओली नेतृत्वको सरकारले गरेको जग्गा साटफेर गर्न पाउने निर्णय बदर गरिदिएको थियो । सर्वोच्चले गिरीबन्धु टि-इस्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न आदेश दिएको छ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आईतबारका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आईतबारका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।

४९ देशका विद्यार्थीलाई नेपाली भाषा सिकाउने पण्डित

काठमाडौं । बझाङमा जन्मे । उतै लेखपढ गरे । कक्षा १० मा हुने टेस्ट परीक्षामा फेल हुँदा पढाइ छोडेर भारत लागे । पढ्ने इच्छा भएकालाई कहाँ बाध्यताले रोक्दो रहेछ र उनी भारतमा काम गर्दै पढे । तीन वर्षपछि काठमाडौं हेर्न आएका उनी अहिलेसम्म काठमाडौंमै छन् । उनी अर्थात् प्राध्यापक धनप्रसाद पण्डित । उनी ४० वर्षदेखि नेपाली शिक्षा क्षेत्रमा काम गरिरहेका छन् । पेशा शिक्षण तर उनको यात्रा भाषा सिकाउने शिक्षकबाट सुरु भयो । जेलभित्र विदेशीलाई नेपाली भाषा सिकाउन सुरु गरेका उनले अहिलेसम्म ४९ देशका नागरिकलाई नेपाली भाषा सिकाएका छन् । उनी अहिले पनि काठमाडौं विश्व विद्यालयमा विदेशीलाई नेपाली भाषा सिकाउनमा व्यस्त छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा ३४ वर्षदेखि अध्ययपन गराउँदै आएका उनले ८ वर्षसम्म काठमाडौंका दुइटा क्याम्पसको प्रमुखको रूपमा काम गरिसकेका छन् । विभिन्न आरोह अवरोहको सामना गर्दै बझाङदेखि भारत हुँदै काठमाडौंमा पुगेर शिक्षण पेशामा जमेका छन् । उनको घर बझाङ हो । उनी कक्षा १० सम्म बझाङमै पढे । तर, कक्षा १० मा हुने टेस्ट परीक्षामा फेल भएपछि उनी पढाइ छोडेर भारत लागे । उनी भारतको अहमदावाद गए । त्यहाँ उनले पण्डितको कामको काम सुरु गरे । कहिले मन्दिरमा लाग्ने पुजा, कहिले घरमा हुने विवाह बर्तबन्ध, त कहिले महायज्ञमा उनको काम हुन्थ्यो । यसरी काम गर्दा उनी महिनामा तीन सय रुपैयाँ कमाउँथे । एकातिर पढाइ खर्च अर्कोतिर, बस्न खान उनले त्यही पैसा पु¥याउनु पथ्र्यो । धनप्रसादले भारतको अहमदाबादमा तीन वर्ष काम गर्दै पढे । त्यसपछि उनलाई काठमाडौं आउन मन लाग्यो । उनलाई भारतको मुम्बई, अहमदावादभन्दा काठमाडौं राम्रो होला लाग्थ्यो । किनकि बझाङबाट जति सहज भारत जान थियो उती काठमाडौँ आउन थिएन । उनी भारतबाट एक्लै काठमाडौं आए । भारत हुँदै काठमाडौं उनी बनारसबाट बिरगञ्ज हुँदै सिबभज्याङको बाटो भएर काठमाडौं आए । त्यो बेला काठमाडौं आइपुग्न एक साता बढी बढी लाग्यो । उनीसँग अर्को साथी कोही थिएन । काठमाडौँमा आफन्त त थिए तर को कहाँ बस्छन् भन्ने थाहा थिएन । शरिरमा कुर्ता सुरुवाल हातमा टीनको बाकस, मनमा अनेक डर बोक्दै उनी काठमाडांै आए । काठमाडौं पुगुञ्जेल शरीरका लुगा सबै फोहोर भइसकेका थिए । उनी काठमाडौंको नारायणहिटी राजदरबार नजिक झरे । वरिपरी पर्खाल त्यसैमाथि काँडेतार बेरेको र आर्मी बसेको देख्दा उनलाई चिडियाखाना यही हो जस्तो लाग्यो । उनले कौतुहलताका साथ आर्मीलाई यो चिडियाखाना हो ? भन्दै सोधे । उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘आर्मीले त ठूला आँखा तरेर मलाई हे¥यो, मलाई घेरबार देख्दा यहाँ बाघ होला जस्तो लागेको थियो, पाँच दिनपछि थाहा पाएँ, त्यो त राजा बस्ने दरवार पो रहेछ ।’ पहिलो पटक काठमाडौं आउँदाका यस्ता अनेक किस्सा उनीसँग छन् । काठमाडौं आइपुगेपछि उनलाई कहाँ बस्ने पत्तो थिएन । अध्यारो हुँदै गयो उनी बासको खोजीमा लागे । साथमा पैसा पनि थियो । उनले खिचापोखरी नजिक एउटा होटेल भेटाए । त्यो रात त्यहीँ बसे । उनलाई मामाको छोरा काठमाडौँ छन्, ल क्याम्पसमा पढदैछन् भन्ने थाहा थियो । उनी भोलिपल्ट क्याम्पस खोज्दै गए । ठ्याक्कै क्याम्पसको गेटमै मामाको छोरालाई देखे । तर, उनले नदेखे जस्तै ग¥यो । ‘उ क्याम्पसमा चिटिक्क परेर गएको थियो,म एक एक सातादेखिको फोहोर कुर्ता सुरुवालमा थिएँ, मलाई फोहोरी देखेर होला उ बोलेन,’ उनी भन्छन्, ‘म पनि गेटमै बसेँ बाहिर निस्केको बेला दाई भन्दै बोलाई हाले,ँ दाईले साथीले नदेख्ने गरी मलाई ट्याक्सीमा राखेर आफ्नो कोठा लग्यो ।’ उनका फुपूका छोरा पनि काठमाडौं मै बस्थे । उनको भेट मामाको छोरासँग भएपछि उनी दाईसँग बस्न थाले । ५/६ महिना दाईसँग बसेपछि उनी प्रर्दशनीमार्गमा रहेको संस्कृत विद्यालयमा भर्ना भए । त्यहाँ छात्रावासको पनि व्यस्था थियो । त्यसपछि उनी छात्रावासमै बसे । जेलमा बसेर विदेशीलाई सिकाउँदा काँग्रेसले २०४२ सालमा बहुदलिय व्यवस्थाका लागि सत्याग्रह सुरु गरेको थियो । उनी त्यो बेला विद्यार्थी थिए । काँग्रेसले सुरु गरेको सत्याग्रहमा अवरुद्ध हुँदै सडकमा बसे । ‘सत्याग्रह सबैका लागि, सबै सत्यग्रहका लागि’ भन्दै सडकमा सुतेपछि प्रहरीले पक्राउ गरेर लग्यो । सरकारको नियमको उल्लंघन गरेको भन्दै उनलाई ९ महिना जेलमा राख्यो । उनी बसेको जेलमा विदेशीहरूपनि थिए । विभिन्न मुद्दामा पक्राउ परेका विदेशीलाई उनले नेपाली भाषा सिकाउन लागे । संस्कृत लिएर पढेका उनले राजनीतिशास्त्र लिएर एमए पास गरे । तर, जेल राखिसकेको मान्छेलाई आयोगमा नाम निकाले पनि अन्र्राष्ट्रिय तत्व भन्ने ट्याग लागेको हुन्थ्यो । जागिर पाउन समस्या थियो । तर, बाँच्नलाई काम गर्नेपथ्र्यो । त्यसपछि उनले भाषा शिक्षकको रूपमा काम गरे । धनप्रसादले सन् १९८६ देखि अमेरिकी पिस्करलाई पूर्णकालीन रुपमा भाषा सिकाउन सुरु गरेका थिए । त्रिविमा प्रवेश गर्नुभन्दा पहिले उनी विदेशीलाई नेपाली भाषा सिकाउने काम गर्थे । स्वदेश विदेशमा लिएको तालिमको अवसरले विदेशीलाई भाषा सिकाउने ४० वर्ष अनुभव अहिले पनि जारी राखेको उनले बताए । ‘मेरो शिक्षण पेशाको सुरुवात विदेशीलाई नेपाली भाषा सिकाउनेबाट सुरु भएको थियो,’ उनी भन्छन्, ‘म अहिलेपनि भाषा सिकाइरहेको छु, ज्ञान दिने र लिने काम कहिल्यै सकिँदैन ।’ उनले अमेरिकन पिस्कोर, ब्रिटीस भोलेन्टर, डेनिस भोलेन्टर,स्विस भोलेन्टर, लगायत विभिन्न एमबीसीमा काम गर्नेहरूलाई भाषा सिकाए । कोरियन भोलेन्टरलाई पढाउन तीन महिना कोरिया पनि गए । उनी विदेशीलाई भाषा सिकाउँदा भाषामात्र नभई नेपालको संस्कृति, परम्परा, नेपालको रहनसहन पनि सिकाउने गरेको बताउँछन् । राजनीतिले गिजोलेको शिक्षा क्षेत्र त्रिभुवन विश्वविद्यालयमा ३४ वर्ष पढाएर सेवा निवृत्त भएका धनप्रसाद नेपालको शैक्षिक अवस्था जरजर रहेको बताउँछन् । यसको पछाडिको कारण राजनीतिक रहेको उनको दाबी छ । नेपालका राजनीतिक दलले विश्वविद्यालयबाट निःशुल्क रुपमा कार्यकर्ता प्राप्त गर्छन् । विश्वविद्यालयमा भर्ना हुने तर, पढाइतिर ध्यान नदिने संस्थाको रुपमा विश्वविद्यालय चिनिएको छ । नेपालमा करिब १७ वटा विश्वविद्यालय छन् । तर, कुनैपनि विश्वविद्यालय राम्रोसँग विश्वविद्यालय जसरी नचलेको उनको भनाइ छ । विश्वविद्यालय भनेको ज्ञान आर्जन गर्ने, नया-नयाँ अनुसन्धान गर्ने, त्यसको प्रयोग गर्ने, देश र विश्वको हितको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने संस्था हो । यो चल्न पहिले स्वतन्त्र हुनुपर्छ । तर, यहाँ राजनीतिबाट जकडिएका छन् । विश्वविद्यालयको नियुक्तिदेखि नियन्त्रणसम्म सरकारले हस्तक्षेप गर्ने गरेको उनको अनुभव छ । यहाँ उपयुक्त बहस चर्चा, अनुसन्धान तथा अध्ययन हुनुपर्छ । ‘अहिले सेमेस्टर प्रणाली हुँदा पनि विद्यार्थी छैनन्,’ उनी भन्छन्,‘ प्राविधिक विषय बाहेक अन्य विषयमा विद्यार्थी, वर्षमा चार/पाँच लाख मान्छे मार्केटको रोजगारीका लागि तयार पार्छौं । तर, ३० हजारले पनि रोजगारी पाउँदैन ।’ नेपालबाट पढेर गएको विद्यार्थीहरू अमेरिका, अस्ट्रेलियामा गएर अब्बल दर्जामा गएर राम्रो गरेका छन् । तर, नेपालमा राम्रो वातावरण छैन । ‘स्कुलमा राम्रो शिक्षा भएपनि राम्रो शिक्षक छैनन्,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा शिक्षक छन्, विद्यार्थी छैनन्, कतिपय ठाउँमा विद्यार्थी छैनन्, कतिपय ठाउँमा झोलामा छ । ’ कुनैपनि देशलाई अगाडि बढाउन शिक्षा पहिलो माध्यम हो । तर, नेपालमा राम्रो शिक्षा नै छैन । काठमाडौंमा पनि अहिले थुप्रै निजी कलेज मर्जरमा गएका छन् । विद्यार्थी नहुँदा त्रिविबाट मान्यता लिएका तीन सय कलेज अहिले छैनन् । उनी धेरैजसो कलेज होडबाजीमा स्थापना गर्दा यस्तो अवस्था आएको बताउँछन् । ८ वर्ष क्याम्पस प्रमुख धनप्रसाद ३४ वर्ष त्रिविमा रहेर शिक्षण पेशामा रहँदा ८ वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरे । उनी सन् १९९९ मा विश्व भाषा क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भए । त्यो बेला माओवादी द्धन्द्ध चलेको थियो । माओबादी चन्दा उठाउन आउँथे । दिनहुँ चन्दा माग्ने र नदिए कारवाही गर्ने चेतावनी दिन्थे । अर्कोतिर कलेजमा रहेको विभिन्न संघसंगठनमा आवद्ध विद्यार्थीको थ्रेट हुन्थ्यो । उनी विश्वभाषा क्याम्पस प्रमुख हुँदा विदेशी विद्यार्थीको शुल्क बढाएर साढे २ करोडको भवन निर्माण गरे । महिनाको ६०/७० हजार रुपैयाँ भाडा दिने गरी एउटा भवन साझा पुस्तक भण्डारणलाई दिए । त्यो बेला अरूलाई दिँदा विद्यार्थीले पैसा उठाएर खान्थे । ४ वर्ष क्याम्पस प्रमुख भइसकेपछि फेरि दोस्रो कार्यकालका लागि उनलाई पत्र आयो । तर, उनले अस्वीकार गरे । ‘विभिन्न संघ संगठनको डर त्रास एकातिर, कसरी भौतिक संरचना बनाउने, शिक्षक कसरी खोज्ने, विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिने भन्ने तनाव अर्कोतिर, यस्ता चुनौतीसँग जुध्न गाह्रो हुँदो रहेछ, उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘क्याम्पसमा बस्दा कतिखेर को आएर थर्काउने हो भन्ने थाहा हुँदैन, क्याम्पस सञ्चालनमा विद्यार्थी संगठनको ठूलो दुश्प्रभाव रहन्छ । ’ उनी यस्ता विद्यार्थीलाई राजनीतिक दलको ठूलो साथ हुने बताउँछन् । उनका अनुसार क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनको राज चल्छ । उनीहरूले जे गरेपनि करवाही हुँदैन । उनी जबसम्म विश्वविद्यालय, क्याम्पसमा विद्यार्थीले राजनीति गर्छन, तबसम्म गुणस्तरीय शिक्षा नहुने बताउँछन् । विश्वभाषा क्याम्पसपछि उनी पद्मकन्या क्याम्पसको प्रमुख भए । उनले व्यक्तिगत डोनर खोजेर भवन निर्माण गरे । उनी विश्वका २९ बढी देश गइसकेका छन् । कहिले भाषा सिकाउन त कहिले विद्यार्थीलाई लिएर विभिन्न देश पुगेका छन् । यति देश घुम्दा उतै बस्न मन लागेन भन्ने प्रश्नमा उनले भने, ‘मैले कहिल्यै त्यस्तो सोचिनँ ।’ उनी जति देश घुमे पनि नेपाल जस्तो सुन्दर देश कहीँ पनि नभएको बताउँछन् । उनले नेपाली भाषा सिकाएका धेरै विदेशी नेपालमै काम गरिरहेका छन् । कति आफ्नो देश फर्किसके । उनीहरू बेलाबेला धनप्रसादलाई आफ्नो देश आउन आग्रह गर्छन् । उनी आफ्नो जिल्लाको लागि केही नगरे पनि देशका लागि केही गरेको बताउँछन् । धनप्रसादको परिवार अहिले सुकेधारमा बस्छ । उनका चारजना छोराछोरी छन् । सबै नेपालमे बसेर काम गरिरहेका छन् । उनी भन्छन्, ‘जे गर्ने हो, स्वदेशमै गर्ने हो ।’

अपांगता भएका व्यक्तिको र्‍याली (तस्बिरहरू)

काठमाडौं । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले आईतबार काठमाडौंमा १५ मिनेट चक्काजाम गरी दवावपूर्ण र्‍याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा आमरण अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि आमरण अनसन थालेका हुन् ।    

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २९औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन् । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट प्रालिले जनाएको छ । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु-५ थामेका ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका हुन् । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रूपमा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ ।  उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् । पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् । रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहेका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए। रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताइन् । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनले बताइन्। आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताइन् । आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उनले सुनाइन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताए । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनले जानकारी दिए । हाल सडक कच्ची भए पनि किसानलाई  बजारसम्म आलु पुर्याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गरे । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उनले सुनाए । प्रवक्ता भण्डारीले भने, ‘रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी  उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन, उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिङ्गो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।’ रासस

नेपाल मोबिलिटीको जुमजुम सञ्चालन, ईसेवाबाट सहजै भुक्तानी हुने

काठमाडौं । नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ ‘जुमजुम’, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताकासाथ् प्रस्तुत भएको छ । नेपाली कम्पनी, एफवान सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मिद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको कम्पनीले जनाएको छ । । एफवान सफ्ट ग्रुपका सिइओ शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘एफवान सफ्टले सधैँ डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौँ ।’ प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट-रहित यात्राको अनुभव सुनिश्चित गर्दछ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सुविधाहरू इसेवामार्फत सजिलो भुक्तनी : जुमजुममा इसेवा डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले इसेवार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् । मलटिपल बुकिङ : जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नेछन् । गुगल म्याप : जुमजुमसँग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्छ । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नेछन् । बुक फर ए फ्रेन्ड : जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन् । बीमा कभरेज : बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाख रुपैयाँसम्मको बीमा प्रदान गर्दछ । साथै, जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरूमार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्दछ । जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले एक हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन् । प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरू दैनिक बोनस २ हजार रुपैयाँसम्म काउमान सक्छन् । पिक मि श्रीलंकाका सिइओ जिफ्री जुल्फरले भने, ‘हामी एफवान सफ्ट इन्टरनेसनलसँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ । यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ । जुमजुमले नेपालमा यातायातमा नयाँ रूप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ अन्तमा, एफवानसफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले, जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी हाम्रो अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, ‘यात्रुहरू र चालकहरू बीचको पारस्परिक रूपमा लाभदायक सम्बन्धलाई बढावा दिने हाम्रो प्रतिबद्धताले जीवन र समुदायहरूको उत्थान गर्ने हाम्रो समर्पणलाई जोड दिन्छ । सँगै, हामी नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्दै यातायात उद्योगको मापदण्डलाई पुनर्संरचना गर्दै अगाडि बढिरहेका छौँ ।’

राइटपाथको एजुकेसन कन्क्लेभमा विद्यार्थीको घुइँचो

काठमाडौं । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार संस्थाको पुतलीसडक स्थित प्रधान कार्यालयमा आयोजित पहिलो कार्यक्रम दुई हजार भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजे देखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दा सम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन् । अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथ बाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको छ । यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा पनि सहभागीहरूले प्राप्त गरेका छन् राइटपाथकी ब्राण्ड एम्बेसडर समेत रहेकी पुर्व मिस नेपाल अस्मि श्रेष्ठ तथा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरु संग फोटो खिच्न सहभागी विद्यार्थीहरु झुम्मिएका थिए । अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले क्यानडा अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु। आफ्नो सोच क्यानडा नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो । आज युनिभर्सिटीकै सररम्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो। अब थप रिसर्च गरेर प्रोसेसिङ गर्नेछु।’ आफूलाई कन्क्लेभ एकदमै लाभदायक भएको उनको भनाई थियो । अमेरिकाका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन् । कुन ठाउँ जाने ?, कस्ता शैक्षिक संस्था छान्ने रु डकुमेन्ट बनाउँदा देखि अन्य आवेदन प्रक्रिया सम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन् । उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउन सक्ने समस्याबाट बचाउने प्रतिक्रिया दिइन् । कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए । भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेका देखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेका सम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिन पुगेका थिए । सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए। केही प्रतिनिधिहरूलाई आफू सँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्ने मुस्किल परेको थियो । ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको भव्य सफलता पछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरे भन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै उपत्यका बाहिर गर्न लागिएका कार्यक्रमहरूमा पनि त्यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रम बाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाई थियो । कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्याउने राइटपाथको तयारी छ । शनिबार काठमाडौंबाट सुरु भएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ । यसबीचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुनेछ । यी प्रत्येक सहरका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन् ।