स्थायी निक्षेप सुविधामा पुनरावलोकन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी बनाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने जनाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले चाँदीको आयात पुनरावलोकन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको आयात तथा बिक्री वितरणको विद्यमान व्यवस्थालाई परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै सो व्यवस्था गर्ने बताएको हो । ‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’ समीक्षामा उल्लेख छ । राष्ट्र बैंक स्रोतकाअनुसार चाँदीको आयातको सीमा घटाउन लागिएको हो ।
मौद्रिक नीतिको समीक्षामार्फत् घरजग्गा व्यवसायीलाई राहत, अब ७० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीका लागि राहत प्रदान गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ । यसले समस्यामा परेका घरजग्गा व्यवसायीलाई राहत हुने विश्वास गरिएको छ ।
अब बैंकहरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने
काठमाडौं । अब बैंककरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा उल्लेख छ ।
सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
अब सवारी साधनमा १०० मात्रै जोखिमभार, अटो व्यवसायीलाई सहज
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान हायर पर्चेजका सवारी साधनमा जोखिमभार घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै सो व्यवस्था गरेको हो राष्ट्र बैंकले हाल विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको हो । यसले अटो व्यवसायीलाई सहज हुनेछ ।
यस्तो आयो मौद्रिक नीतिको तेस्रो समीक्षा (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार समीक्षा सार्वजनिक गरेको हो । यस्तै, विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । यता, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ । [pdf id=484193]
‘बैंक धितो लिएर मात्रै ऋण दिन्छन् भन्ने भाष्य गलत छ, उर्जामा १५ प्रतिशत कर्जा दिन तयार छौं’
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरू बिनाधितो उर्जामा लगानी गर्न तयार भएको बताएका छन् । शुक्रबार उर्जा उत्पादकहरुको संस्था (ईप्पान)को २२औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिले पनि बैंकहरुले बिनोधितो कर्जा दिइरहेको र आगामी दिनमा पनि दिन तयार भएको बताएका हुन् । उनले उर्जा क्षेत्रसँग बैंकिङ क्षेत्र पनि सहकार्य गरिरहेको बताउँदै बैंकहरुले ३ सय अर्ब उर्जा क्षेत्रमा लगानी गरिसकेको जानकारी गराए । ‘बैंकहरू धितो लिएर मात्रै कर्जा दिन्छन् भन्ने भाष्य छ । तर, उर्जामा गरेको लगानीबाट पनि बैंक्हरु बिनाधितो कर्जा दिइहरेका छन् भनेर बुझ्नुपर्छ, हामी उर्जामा १५ प्रतिशत कर्जा दिन तयार छौं,’ उनले भने ।