उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । बुधबार प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने १ लाख ४८ हजार ८ सय रुैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ८ सय ६० रुपैेयाँमा कारोबार भइरहेको छ ।
महानगर आफैँ डुबानमा, राष्ट्रिय सभागृह जलमग्न
काठमाडौं । जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुबानमा परेको छ । बुधबार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुबानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ।एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो । केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको वागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यसबेला मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन । काठमाडौं महानगरपालिकाका प्रमुृख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि ग¥यो । तर काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुनगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो । हरेक वर्षा याममा घण्टाघर, रन्तपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला बिस्थापित गरी ह्युम पाईप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ । त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लव तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुबानमा परेको हो । सभागृह डुवानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही विहानैदेखि डुबानमै लाईन बसिरहेको देख्न सकिन्छ ।
ढिलो विवाह र बदलिँदो जीवनशैलीले बढ्दै बाँझोपन
तपाईं महिला हुनुहुन्छ, अनि तपाईंलाई कुनै पनि जटिल खालको रोग लागेको छैन र तपाईंसँग पाठेघर छ भने अब सन्तान हुँदैन भन्ने पीर लिनुपर्दैन । स्वास्थ्य क्षेत्रमा प्रविधिले निकै फड्को मारिसकेको छ । अब भाग्यलाई सराप्दै रोएर बस्ने दिन गए । बरु तपाईं दम्पतीसँगै हुनुहुन्छ, कुनै पनि परिवार नियोजनका साधान प्रयोग नगरी सम्पर्क राखिराख्नुभएको छ, तर गर्भ रहेन भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । उमेर पुगेका मात्र हैन बिहे गरिसकेका दम्पतीले एकपटक चिकित्सकको सल्लाह लिन उपयुक्त हुन्छ । अहिले हरेक अस्पतालमा स्त्री रोग विशेषज्ञहरू उपलब्ध छन् । कहिलेकाहीँ सामान्य समस्याले पनि गर्भ नरहने समस्या हुन्छ भने कुनै समस्या जटिल पनि हुन सक्छ । यस्तो अवस्थामा जाँच गरेर उपचार गराउनुपर्छ । धेरैजसो समस्या सामान्य उपचारमा निको हुन्छ । बाँकी दुई/तीन प्रतिशत दम्पतीको हकमा भने फर्टिलिटी अथवा प्रविधिको प्रयोग गरी बच्चा जन्माउनुपर्ने अवस्था हुन्छ । आजभोलि नेपाली महिला र पुरुषमा बाँझोपनको समस्या बढ्न थालेको छ । मैले बााझोपन क्षेत्रमा काम सुरु गरेको १५ वर्ष बढी भयो । आजभन्दा १५ वर्ष पहिले र अहिलेको अवस्थालाई मात्र हेर्ने हो भने पनि बाँझोपनको समस्या बढ्दै गएको पाइन्छ । यस्तै संक्रमण दर पनि बढेको छ । अहिले ओपीडिमा आउने बिरामीहरू संक्रमण र बाँझोपनको समस्या लिएर आउँछन् । यसमा दुइटा कारण हुन सक्छ । पहिलो कुरा हामी पहिले डाइनोज धेरै गर्दैनौँ , अर्काे धेरै बिरामीहरूमा जनचेतना छैन । जीवनशैली (लायफस्टायल) परिवर्तनले पनि समस्या आउँछ, अर्को वातावरण, खानपानको कारण पनि बाँझोपन बढेको छ । महिलामा मात्र हैन पछिल्लो १० वर्षमा बाझोपन हुने पुरुषको संख्यामा पनि बढेको छ । महिलामा बाँझोपन हुनुको कारण सबभन्दा बढ्दो उमेरले भइरहेको मैले पाएको छु। पहिले पहिले केटी मान्छेले कम उमेरमै बिहे गर्थे । मान्छेको जीवनशैली फरक थियो , अभिमुखिकरण पनि कम थियो । अहिले समय परिवर्तन भएकाे छ । मैले उमेर नपुग्दै बिहे गर्नुपर्छ भनेको होइन । तर, धेरै उमेरपछि बिहे गर्नु पनि राम्रो मानिँदैन । अहिले मान्छेलाई पहिले पढाइ त्यसपछि जागिर र पछिमात्र विवाह अर्थात विवाहलाई तेस्रो प्राथमिकतामा राखेका छन् । विवाह गरिहाले पनि बच्चा ढिला जन्माउने निर्णयले महिलाको हकमा अण्डा घटाउँदै जान्छ । महिलाको उमेर ३० भन्दा उकालो लागेपछि अण्डाको मात्रा तीव्र रूपमा घट्दै जान्छ र जसका कारण बाँझोपन हुन्छ । त्यसैगरी संक्रमणका कारण पनि यो समस्या आउँछ । समयमै अथवा ३० वर्षभन्दा कम उमेरमा विवाह भयो र बच्चा जन्मियो भने संक्रमण हुन पाउँदैन । अहिले ढिलो विवाह गरे पनि कतिपय सेक्सुअल्लीरूपमा एक्टिभ भइरहेका हुन्छन् र संक्रमण भएको हुन्छ । सम्पर्क गरिरहने तर धेरै लामो समयसम्म बच्चा नपाउने हँदा संक्रमण पाठेघरमा गएर ट्युब्सलाई ब्लक गर्छ र इन्फर्टलिटी हुन्छ । त्यस्तै आजभोलि जाँड, रक्सी, चुरोट सेवनले गर्दा पनि यो समस्या भएको हुन्छ भने अर्का कारण तनाव पनि हाे । त्यस्तै मान्छेको खानपान जीवनशैलीले पनि यसमा धेरै भूमिका खेल्छ । ५८ वर्षको महिला पनि आमा बन्छन् अहिले मसँग उपचारका लागि आउने महिलाहरू बढ्दो उमेरले बच्चा जन्माउन नसकेकाहरू बढी छन् । ४० देखि ४५ वर्ष उमेरका बढी महिलाहरू आउँछन् । तर, उमेर बढ्दैमा बच्चा जन्माउन मिल्दैन भन्ने होइन । म ४० पुगिसके अब मेरो बच्चा हुँदैन, बच्चा भए पनि त्यति स्वस्थ हुँदैन भन्ने गुनासो धेरैको सुनिन्छ । तर, त्यस्तो हुँदैन । हामीले कुनै पनि प्रेगनेन्सी प्लान गर्दा स्किृनिङ गर्छौँ त्यसपछि बच्चा पेटमा आइसकेपछि पनि केही जाँच गर्छौँ । यसो गर्दा बच्चा स्वस्थ भएको थाहा हुन्छ । ४० वर्ष पुगे पनि बच्चा जन्माउन सकिन्छ । मैले आफै ५७–५८ वर्ष पुगेका महिलाहरूको पनि बच्चा जन्माइदिन गरेको प्रयास सफल भएको छ । जसको महिनावारी सुकिसकेको थियो । यस्तो अवस्थामा जवान महिलाको अण्डा लिएर उनको श्रीमानको स्पोम लिएर गर्भवती बनाइदिन्छौँ । तर, उमेर बढी हुनेबित्तिकै डाउनसिन्ड्राेम हुने जोखिम बढी हुन्छ । यस्तोमा पनि हामीले पटक पटक जाँच गरेर जोखिम कम गर्न सक्छौँ । ३०– ३५ वर्षको हुने बित्तिकै डाउनसिन्ड्रोमका लागि स्किृनिङ गर्छाैं यसको मतलब जुनसुकै उमेरको महिलाले बच्चा जन्माउँदा ठिक हुन्छ तर सबैकुरा ट्याकलक गर्न सकिन्छ । कुनै पनि महिला अथवा दम्पती अब बच्चा जन्माउन सकिदैन भनेर त्यत्तिकै बस्नुपर्ने अवस्था छैन । तर, यसका लागि स्वस्थ हुुनुपर्यो । महिनावारी रोकिएका पनि आमा बन्न सक्छन् महिनावारी रोकिएका महिलाहरूलाई पनि प्रविधिको सहयोगले आमा बनाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिले महिलालाई हर्मोन थेरापी दिएर महिनावारी गराउनुपर्छ । जवान केटीको अण्डा लिएर श्रीमानको स्पोम लिएर बच्चा बनाएर पाठेघरमा हाल्नुपर्छ । पुरुषको हकमा महिलाको जस्तै अण्डा घट्ने समस्या ३०–३५ वर्षको उमेरमै हुँदैन । महिलाको ३० वर्षपछि अण्डाको मात्रा सवाट्ट घट्छ भने पुरुषको ४०–४५ पछि कम हुँदै जान्छ । यसमा पनि कुनै समस्या देखियो भने डोनरको स्पोम प्रयोग गर्न पनि सकिन्छ । १५ वर्षमा यस्ता धेरै दम्पतीहरूलाई सेवा दिएर हजारौं बच्चा जन्माउन सफल पनि भएको छु । यस्ता धेरै दम्पती बच्चा लिएर फ्लोअपमा आउँछन् । १५–२० वर्ष हुँदा पनि बच्चा नबसेकाहरू लामो समयपछि हामी कहाँ आएर बच्चा जन्माउँछन्, उनीहरूमा खुसी कति हुन्छ हामीले भन्न सकिँदैन । उनीहरू खुसी भएको देख्दा खुसी लाग्छ । पहिलेभन्दा अहिले धेरै कुरामा परिवर्तन हुँदै आएको छ । १५ वर्षअघि आइभिएफ सुरु गर्दा धेरै फरक थियो । अहिले मेसिनरी राम्रो भइसक्यो । सक्सेस रेट पनि राम्रो भइरहेको छ । प्रोटोकल पनि राम्रो छ । याे वर्षैपिच्छे राम्रो हुँदै जान्छ । आजभोलि मान्छे खुल्न थालेका छन् । सबैजना सुरक्षित छन् । अण्डा निकालेर फ्रिज गर्नेहरू पनि आउँछन् । प्रविधिले सबैकुरा सम्भव बनाएको छ । तर, म उमेर ढल्कन नदिनुहोस् भन्छु । समयमै बच्चाको योजना बनाउनुहोस र बच्चा जन्माउने योजना बनाउनुअघि चेकजाँच अनिवार्य गराउनुहोस् । यति गर्नुभयो भने तपाईंको खुसी दुःखमा परिणत हुन सक्दैन । (स्त्री रोग एवं टेस्ट्युब बेबी विशेषज्ञ डा.नुतन शर्मासँग गरिएकाे कुराकानीका आधारमा)
उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
बलेवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । ‘स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भए पनि विज्ञ केन्द्रसँग किसान जोडिनुभएको छ’, सापकोटाले भने, ‘संस्थागत बिक्रीका आधारमा मात्र अनुदान दिने मापदण्ड भएकाले संस्थागत बिक्री नगर्ने किसान अझै छुट्नुभएको छ ।’ कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्ध छ । ‘दूध र मासु निर्यात हुन्छ, यो सङ्गठित किसानको तथ्यांक हो, किसान आफैँले बजार पुर्याएर बिक्री गरेको अझै धेरै परिमाणमा निर्यात हुन्छ’, विज्ञ केन्द्रका वरिष्ठ पशु प्राविधिक केशव शर्माले भने, ‘हामी पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने चरणमा छौँ ।’ विज्ञ केन्द्रले अघिल्लो आवमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई अनुदान उपलब्ध गराएको थियो । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो ।
नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच व्यवसायिक सम्झौता
काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । बुधबार हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ । एनएसएमबीएल एक्सक्लुसीप हेल्थ चेकअप प्याकेज अन्र्तगत ४० वर्ष भन्दा माथिका पुरुष तथा महिला, ४० वर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुलाई औषतमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटाले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मिस युनिभर्स नेपालको आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक
काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ । प्रारम्भिक चरणको आवेदन छनोट प्रकृयामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ । यस सहकार्यबारे बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीज्युले भने, ‘ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । यस सहकार्यले विविधतालाई प्रवद्र्घन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको छ । यो साझेदारी प्रायोजन मात्र नभएर महिला सशक्तिकरणमा समर्पित दुई संस्थाहरूको सहकार्य हो ।’ त्यस्तै ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलिप पोखरेलले भने, ‘मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । ग्लोबल आईएमई बैंक समाजको प्रगति र महिला सशक्तिकरण गर्ने पहलहरूलाई सदैव समर्थन गर्दछ । हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ नारी पहल, मेरी उनीलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमहरु गरेर महिलाहरुको आर्थिक शैक्षिक लगायत समग्र सशक्तिकरणमा पहल गर्दै आईरहेका छौं ।’ यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरु राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।
एसबिआई बैंकको भन्सार कार्यालयस्थित एक्सटेन्सन काउन्टर र महेन्द्रनगर शाखा स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।
नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को वोनस सेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासनको माध्यमबाट सेयर जारी गर्न लागेको छ । सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।