एक वर्षमा पाथीभरामा करिब ४ करोड भेटी संकलन
फुङ्लिङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड छ लाख ४३ हजार एक सय ७२ रुपैयाँ भेटी संकलन भएको थियो । पुसमा ३५ लाख २९ हजार रुपैयाँ, माघमा २४ लाख एक हजार पाँच सय रुपैयाँ र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी संकलन भएको उनले जानकारी दिए । पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ रुपैयाँ र असारमा १६ लाख ८८ हजार नौ सय रुपैयाँ भेटी संकलन भएको उल्लेख गरिएको छ । गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।
जहाज दुर्घटना : अग्नी नियन्त्रक भन्छन्- १८ जनाको शव निकालिसक्यौं
काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयर दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म १८ जनाको शव निकालिसकको छ । अग्नी नियन्त्रकहरुले सञ्चारकर्मीहरुसँग १८ जनाको शव निकालिसकेको प्रतक्रिया दिएका छन् । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताइएको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
विमान दुर्घटनाबारे बुझ्न गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरू घटनास्थलमा
काठमाडौं । सौर्य एयरको विमान दुर्घटनापछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरू विमानस्थल पुगेका छन् । गृहमन्त्री लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत विमानस्थल पुगेका हुन् । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द हुँदा दर्जनौं उडान प्रभावित भएका छन् । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने बुझिएको छ । विमानस्थल बन्द हुँदा आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू अन्य ठाउँ डाइभर्ट गरिएको छ ।
सम्पदा लघुवित्तद्वारा बीमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ । मृतक विश्वकर्माले कम्पनीबाट व्यवसायको लागि बिना धितो कर्जा ५ लाख रुपैयाँ लिएकोमा मृत्यु भएपछि नियम अनुसार कर्जाको साँवा र ब्याजससहित ४ लाख १० हजार रुपैयाँ मिनाहागरी ६ लाख ८४ हजार रुपैयाँ कम्पनीका अध्यक्ष कृष्ण बहादुर थापासहितका पदाधिकारीले उनको श्रीमति सिता विश्वकर्मालाई प्रदान गरेका हुन् ।
जहाज दुर्घटना : चालक दलसहित १९ जना थिए यात्रु, १३ जनालाई आगोको मुस्लोबाट निकालियो
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको बुझिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन् । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । जहाजमा चालक दलसहित १९ जना यात्रु रहेको बुझिएको छ । प्रत्यक्षदर्शीले १३ जनलाइ आगोको मुस्लोबाट निकालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा आगलागी भएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले नियन्त्रणको प्रयासमा गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासको घटनापछि गोप्य सेवाका निर्देशकले दिइन् राजीनामा
काठमाडौं । पेन्सिल्भेनियामा भएको चुनावी र्यालीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालै भएको हत्याको प्रयासलाई रोक्न एजेन्सी असफल भएकोमा व्यापक आक्रोशपछि गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले मंगलबार राजीनामा दिएकी हुन् । चीटलको राजीनामा एक दिनपछि आएको थियो । निरीक्षण र उत्तरदायित्व सम्बन्धी सदन समितिले गरेको सुनुवाईमा चीटलले यो दशकहरूमा गोप्य सेवामा सबैभन्दा महत्वपूर्ण परिचालन असफल भएको स्वीकार गरिन् ।