विकासन्युज

सर्वोत्तम सिमेन्टको लकइन सकिँदै, एकैपटक साढे २५ लाख कित्ता कारोबारमा आउने

काठमाडौं । सर्वोत्तम सिमेन्टको लकइन अवधि भदौ २५ गते सकिने भएको हो । कम्पनीको संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरू (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको सेयरको लकइन अवधि सकिन लागेको हो । संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ । सर्वोतम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशतले हुन आउने कूल ६० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख किता योग्य संस्थागत लगानीकर्तालाई र सर्वसाधारणलाई छुट्टयाईएको सेयर मध्येको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ किता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरेको थियो । नेपाल धितोपत्र बोर्डले वि.सं २०८० कात्तिक २५ गत संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषलाई वितरण गरेको सेयर ६ महिनासम्ममा लकईन राख्नुपर्ने व्यवस्था बमोजिम लकईन राख्न निर्देशन दिएको थियो । सोही बमोजिम २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन अवधि भदौ २५ गते सकिने कम्पनीले जनाएको छ ।

बागमतीसहित यी ४ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ । त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

‘मिस एप्रोच’ भएपछि टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य भने सार्वजनिक गरेको छैन । यदि ३५ दिनभित्र संस्थापकहरूले खरिद नगनरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

नेशनल लाइफको ४% र सूर्योदय वोमी लघुवित्तको १४% बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शसयरमूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यी दुवै कम्पनस्ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेशनल लाइफको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात नेशनल लाइफको सेयर मूल्य ७०५.७७ रुपैयाँ र सूर्योदय वोमीको सेयरमूल्य १ हजार १३.११ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको सेयर प्रतिकित्ता ७३४ रुपैयाँ र सूर्योदय वोमी लघुवित्त १ हजार ११५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आज बिहीबार सोही समायोजित मूल्यका आधारमा सेयर कारोबार खुल्नेछ ।

हिमालय उर्जाको हकप्रद सेयर बिक्री बिक्री खुला

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज साउन २४ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत असार २० गते बुकक्लोज गरेको थियो । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन् ।

बिहीबार पनि अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यूरोको कति पुग्यो ?

काठमाडौं । बिहीबार (साउन २४ गते) पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ चुमेको छ । डलरको मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएकको हो । नेपाल राष्ट्र बैंकले आज साउन २४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । यसअघि हिजो बुधबार डलरको बिक्रीदर १३४.६३ रुपैयाँ र खरिददर १३४.०३ रुपैयाँ थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । आज युरोपियन युरो एकको खरिददर १४६.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६८ रुपैयाँ र बिक्रीदर १७१.४४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५३ रुपैयाँ र बिक्रीदर ९७.९७ रुपैयाँ तोकिएको छ । यसअघि हिजो बुधबार युरोपियन युरो एकको खरिददर १४६.१९ रुपैयाँ र बिक्रीदर १४६.८५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१.०० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.८६ रुपैयाँ र बिक्रीदर ९७.२९ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.८१ रुपैयाँ र बिक्रीदर ३०.९४ रुपैयाँ तोकिएको छ ।

इयुले युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्ने

ब्रसेल्स । युरोपेली संघ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ । परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ । परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् । कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ ।