घटाएर सार्वजनिक गर्याे नेपाल बैंकले ब्याजदर
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले भदौमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत, व्यक्तिगततर्फ ६.२५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.८८ प्रतिशत रहेकोमा घटेर ७.८७ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ । बैंकको स्प्रेडदर भने ३.९५ प्रतिशत रहेको छ ।
सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो
काठमाडौं । सानिमा बैंकले भदौ महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याजदर तोकेको थियो भने रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ८.०६ प्रतिशत रहेकोमा घटेर ८.०३ प्रतिशतमा झरेको छ ।
एनआईसी एशिया बैंकले घटायो ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधारदर ९.२४ प्रतिशत छ ।
२७५ रुपैयाँमा एशियन लाइफले सेयर बेच्दै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता सेयर आज साउन ३२ गतेदेखि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ ११ गतेभित्र केन्द्रीय कार्यालय मैतीदेवी काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकेको छ । बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
युरोपियन युरोको मूल्य आकासिँदै, यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ३२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६२ रुपैयाँ र खरिददर १३४.०२ रुपैयाँ तोकेको छ । पछिल्लो समय अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा युरोपियन युरो लगायतका मुद्राको भाउ पनि उच्च बिन्दुमा पुगेको देखिन्छ । आज युरोपियन युरो एकको खरिददर १४७.५८ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.३४ रुपैयाँ र बिक्रीदर १७३.११ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.८६ रुपैयाँ र बिक्रीदर ८९.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.७९ रुपैयाँ र बिक्रीदर ९८.२२ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२२ रुपैयाँ र बिक्रीदर ३०.३५ रुपैयाँ तोकिएको छ ।
पेट्रोल/डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको ५ रुपैयाँ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो । । घटाइएको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर १६५ र डिजेल १५५ रुपैयाँ कायम भएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमको भनाइ छ । एलपीजी सिलिण्डरको मूल्य भने यथावत छ ।
लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरे : कुलमान घिसिङ
काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमात धेरै रहेको बताए । उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमातले पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको दाबी गरे । उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए । उनले महालेखा परीक्षकका तीनवटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने दाबी पनि गरे । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत् महसुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद भएको उल्लेख गरे । उनले २५ अर्बको विद्युत् महसुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । उनले विद्युत् महसुल बढाएर नभई घटाएर नाफामा गएको पनि बताए । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्नासमेत नगरेको बताए । उनले यो वर्ष २५ अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत् आयातभन्दा विद्युत् निर्यात बढी गरेको बताए ।
महालेखा परीक्षकको ६१औं प्रतिवेदन राष्ट्रियसभामा पेस
काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकमा महालेखा परीक्षकको ६१औं प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औं वार्षिक प्रतिवेदन–२०८१’ सभासमक्ष पेस गरेका हुन् । सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका हुन् । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका छन । त्यसैगरी, सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्पप्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन–२०८१’ सभा समक्ष पेस गरेकी छन् । स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट पुनःनिर्माण, राहत तथा पुनःस्थापनाको काम लक्षितरूपमा अघि बढ्न नसकेको र प्रभावकारी नदेखिएको शर्माले बताइन् । बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरेका छन् । राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।