विकासन्युज

भदौमा पनि घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरू ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भदौमा मुद्दति निक्षेपमा औसत ०.२५ प्रतिशत ब्याज घटाएका हुन् । सार्वजनिक तथ्याङ्क अनुसार भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ ५.३१ प्रतिशतमा झरेको छ । यसअघि साउनमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ६.६७ प्रतिशत थियो भने संस्थागततर्फ ५.४३ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौमा औसत व्यत्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.४६ प्रतिशत घटेको हो । भदौमा विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् भने विभिन्न ५ बैंकको ब्याजदर स्थिर रहेको छ । कुमारी बैंक र प्राइम बैंकले भने भदौमा ब्याजदर बढाएका छन् । भदौमा एनआईसी एशिया र एनएमबि बैंकको ब्याजदर सबैभन्दा धेरै रहेको छ । यी बैंकले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका हुन् । सबैभन्दा कम ब्याज भने नेपाल बैंकको ५.२५ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर घट्यो, आधारदर ६.३८ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागतको ब्याजदर घटाएको छ भने व्यक्तिगततर्फको स्थिर राखेको छ । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गरेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३.१० प्रतिशतदेखि ४.१५ प्रतिशत र रेमिट्यान्समा ५.१५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकको तीन महिनाको औसत आधारदर ६.३८ प्रतिशत रहेको छ । सो आधार दर बैंकले ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

सिद्धार्थ बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत, व्यक्तिगततर्फ ६.७५ प्रतिशत र रेमिट्यान्समा ७.७५ प्रतिशत ब्याज तोकेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५० प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३ प्रतिशतदेखि ५ प्रतिशत र रेमिट्यान्समा ६ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकको आधारदर ८.२० प्रतिशत रहेको छ । सो आधार दर बैंकले ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

माछापुच्छ्रे बैंकले साउनकै ब्याजदर भदौमा तोक्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेको बैंकले साउन महिनाकै ब्याजदर भदौमा कायम राखेको हो । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी साउनकै ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा पनि सोही ब्याजदर कायम थियो ।

लक्ष्मी सनराइज बैंकको ब्याजदर तीन महिनादेखि स्थिर, कर्जाको ब्याज घटायो

काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा तीन महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको नै कायम राखिएको छ । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत बढी ब्याज दिनेछ । यसअघि असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत र रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकको आधार ८.७० प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि साउनमा ८.९० प्रतिशत आधारदर थियो । बैंकको आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।

हिमालयन बैंकले ०.५० प्रतिशत घटायो ब्याजदर

काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.२५० प्रतिशतदेखि ५.२५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा सोही ब्याजदर तोकेको थियो ।

मुद्दतिमा स्थिर राखेको ग्लोबल आइएमई बैंकले बचत खाताको ब्याजदर घटायो

काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो । साथै बैंकले साधारण बचततर्फ भने ब्याजदर सामान्य घटाएको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

तीन महिनादेखि स्थिर राख्यो नबिल बैंकले ब्याजदर

काठमाडौं । नबिल बैंकले तीन महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले असारदेखि हालसम्म ब्याजदर स्थिर राखेको हो । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर पनि स्थिर राखेको हो । बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि जेठमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो । जेठयता बैंकले मुद्दति निक्षेपमा ब्याजदर परिमार्जन गरेको छैन । साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले साउनमा पनि सोही ब्याजदर तोकेको थियो । बैंकको आधारदर ७.६३ प्रतिशत छ भने प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ । पछिल्लो तीन महिनको औसत आधार दरमा परिवर्तनको आधारमा प्रत्येक महिनाको पहिलो दिनदेखि लागू हुने कर्जाको ब्याजदर स्वतः परिमार्जन हुने बैंकको भनाइ छ । साथै कन्सोर्टियम ऋणको ब्याज दरहरू कन्सोर्टियम बैठकहरूले निर्णय गरेबमोजिम हुनेछ । बैंकले पेनाल ब्याज २ प्रतिशत तोकेको छ ।